कांग्रेस महाधिवेशन : नुवाकोटको सभापतिमा महत विजयी

कांग्रेस महाधिवेशन : नुवाकोटको सभापतिमा महत विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेसको आसन्न १०औँ महाधिवेशनअन्तर्गत नुवाकोटको जिल्ला सभापतिका लागि भएको निर्वाचनमा रमेशकुमार महत विजयी हुनुभएको छ । सभापतिसहित सात पदाधिकारीमा महत प्यानल नै विजयी भएको छ । सभापतिमा निर्वाचित महतले ८३३ तथा उहाँका निकटतम प्रतिद्वन्द्वी डा केदारनरसिंह केसीले ८२३ मत प्राप्त गर्नुभयो । उपसभापतिमा महत प्यानलकै सन्तमान तामाङ र राजु थापा, सचिवमा बैकुण्ठ मिश्र र श्रीराम श्रेष्ठ तथा सहसचिवमा उत्तम पाठक र यादवप्रसाद नेपाल विजयी हुनुभएको छ । शुक्रबार भएको मतदानको आज परिणाम घोषणा भएको हो । जिल्ला सदस्यको मतगणाना भने जारी छ । सभापतिमा विजयी महत डा रामशरण महतका भतिजा हुनुहुन्छ भने उहाँका प्रतिस्पर्धी डा केसी अर्जुननरसिंह केसीका भाइ हुनुहुन्छ ।

यो पनि – कांग्रेस महाधिवेशनको प्रचारप्रसार समितिलाई पूर्णता

नेपाली कांग्रेसको महाधिवेशन प्रचार–प्रसार समितिलाई पूर्णता दिइएको छ । पार्टीका प्रवक्ता एवं प्रचार–प्रसार समितिका संयोजक विश्वप्रकाश शर्माले आज १४औँ महाधिवेशन सम्पन्न गर्नका लागि प्रचार–प्रसार समितिलाई पूर्णता दिनुभएको हो । समितिको सदस्यमा कांग्रेसका केन्द्रीय सदस्य जीवन परियार, किरण गिरी, किरण यादव, आमन्त्रित केन्द्रीय सदस्य अभिषेकप्रताप शाह, जनकराज कलौनी र दिलीप राईलाई चयन गरिएको छ ।

यस्तै सूचना, सञ्चार तथा प्रचार विभागका पदाधिकारी, भ्रातृ तथा शुभेच्छुक संस्थाका अध्यक्ष, जनसम्पर्क समितिका अध्यक्ष, प्रेस युनियन, केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरू समितिका सदस्यका रूपमा राखिएको छ । यसैगरी प्रेस युनियनका पूर्व केन्द्रीय अध्यक्ष, केन्द्रीय समितिका सल्लाहकार, प्रतिष्ठान शाखाका सभापति र जिल्ला सम्पर्क समितिका सभापति सदस्य रहेका छन् । कांग्रेसको कात्तिक २८ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले प्रवक्ता शर्मालाई महाधिवेशन प्रचार–प्रसार समितिको जिम्मेवारी तोकेको थियो ।

प्रधानद्वारा प्रदेश सभापतिमा उम्मेद्वारी घोषणा

नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले पार्टीको १४औँ महाधिवेशनमा बागमती प्रदेशको सभापतिमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ । नेता प्रधानले आज शान्तिबाटिका रत्नापार्कमा एक कार्यक्रमको आयोजना गरी बागमती प्रदेशको सभापतिमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको हो । घोषणासभामा उहाँले संविधानको मर्म र भावनाअनुरुप सङ्घीयताको संस्थागत विकास गराउनका लागि आफूले सभापतिमा उम्मेद्वारी दिन लागेको बताउनुभयो ।

नेता प्रधानले सङ्घीयता कार्यान्वयन फितलो रहेको बताउँदै आफू बागमती प्रदेश सभापति भएमा सङ्घीयताको संस्थागत विकासका लागि काम गर्ने उल्लेख गर्नुभयो । “सङ्घीय संरचनाअन्तर्गत संविधानमा तीन तहको व्यवस्था गरेको छ, पार्टीको तीन तहको संरचना बनेको छ, त्यसलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न सक्यो भने एउटा पहिचान बन्छ”, उहाँले भन्नुभयो । उहाँले प्रदेशभित्रका सबै जिल्लासँग समन्वय गरी बागमती प्रदेशलाई नमूना प्रदेश बनाउने आफ्नो आशय रहेको बताउनुभयो ।