माओवादी केन्द्रको तीन नगरपालिकामा नगर सम्मेलन

माओवादी केन्द्रको तीन नगरपालिकामा नगर सम्मेलन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलनअन्तर्गत आज कञ्चनपुरका तीन नगरपालिकामा नयाँ नेतृत्व चयनका लागि सम्मेलन सुरु भएको छ । शुक्लाफाँटा, कृष्णपुर र भीमदत्त नगरपालिकामा सम्मेलन सुरु भएको हो । माओवादी केन्द्रका नेता टेकेन्द्रप्रसाद भट्टका अनुसार बन्द सत्रपछि नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने छ । सहमतिकै आधारमा पार्टीको नयाँ नगर नेतृत्व चयन हुने उहाँले बताउनुभयो । नगर सम्मेलन सुरु भएका सबै नगरपालिकामा नयाँ नेतृत्वका लागि सहमतिको प्रयास भइरहेको नेता भट्टको भनाइ छ । बाँकी नगरपालिका र गाउँपालिकामा केही दिनमा सम्मेलन सुरु हुने बताइएको छ ।

तीनवटै नगर सम्मेलनमा पार्टीका सुदूरपश्चिम प्रदेश प्रमुख खगराज भट्ट, सचिव देवीलाल चौधरी, प्रदेश सदस्य टेकेन्द्रप्रसाद भट्ट र ओमबिक्रम भाट सहभागी थिए । हालसम्म जिल्लामा नौ स्थानीय तहका ९२ वडा सम्मेलन सम्पन्न भइसकेका छन् ।

यो पनि – माओवादीका एजेण्डमा देश चलिरहेको छ : नेता पाण्डे

नेकपा (माओवादी केन्द्र)का गण्डकी प्रदेश इञ्चार्ज हितराज पाण्डेले आफ्नो पार्टीको एजेण्डामा देश चलिरहेको बताउनुभएको छ । माओवादी केन्द्र, ताराखोला गाउँपालिकाको अधिवेशनमा आज उहाँले परिवर्तनका एजेण्डा र उपलब्धिलाई गुम्न नदिन पार्टी पुनःनिर्माणको महाअभियान थालिएको उल्लेख गर्नुभयो ।

“जनयुद्ध र जनआन्दोलनका बलमा प्राप्त उपलब्धिको रक्षा माओवादी केन्द्रबाट मात्र सम्भव छ”, नेता पाण्डेले भन्नुभयो, “माओवादी आन्दोलन कमजोर हुँदा परिवर्तन उल्टने, देश कमजोर हुने खतरा छ ।” गणतन्त्र, सङ्घीयता, धर्म निरेपक्षता, समावेशी, समानुपातिक प्रतिनिधित्वजस्ता उपलब्धिको सच्चा हकदार माओवादी केन्द्र रहेको उहाँको भनाइ छ ।

नेता पाण्डेले सङ्गठन, विचार र राजनीतिमा पार्टीलाई थप सुदृढ गर्न तहगतरूपमा कमिटीका अधिवेशन भइरहेको बताउनुभयो । उहाँले ताराखोला गाउँपालिका गण्डकी प्रदेशमै नमूनायोग्य स्थानीय तहका रूपमा स्थापित भइरहेको भन्दै जनभावनाअनुरुप काम गर्न जनप्रतिनिधिहरूमा आग्रह गर्नुभयो । जनयुद्धताका ताराखोलाका नेता, कार्यकर्ता र जनताले पु¥याएको योगदानको उहाँले स्मरण गर्नुभयो । विगतमा पार्टीले गरेका कमीकमजोरीप्रति पनि आत्मसमीक्षा गर्दै अघि बढ्नुपर्ने नेता पाण्डेको भनाइ छ । उहाँले छिट्टै माओवादी केन्द्र देशको नेतृत्व गर्ने हैसियतमा आउने दाबी गर्नुभयो ।

आज माओवादी केन्द्रले जिल्लाका १०वटै स्थानीय तहमा एकसाथ अधिवेशन गरिरहेको छ । अधिवेशनबाट नगरपालिकामा ६५ सदस्यीय र गाउँपालिकामा ५५ सदस्यीय कमिटी निर्वाचित हुने माओवादी केन्द्र, बागलुङले जनाएको छ ।