रत्नपार्कका चर्चित मुकुन्दले गरे ‘ईन्दिरा’ सँग सरप्राईज इंगेजमेन्ट, कहिले हुदैछ त विवाह

रत्नपार्कका चर्चित मुकुन्दले गरे ‘ईन्दिरा’ सँग सरप्राईज इंगेजमेन्ट, कहिले हुदैछ त विवाह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ मङ्सिर । काठमाडौँस्थित रत्नपार्क हुदै सामाजिक संजालमा चर्चित बनेका मुकुन्दे अर्थात् मुकुन्द घिमिरेले झापाको सुरुङ्गाकी इन्दिरा संग्रौलासँग इंगेजमेन्ट गरेका छन् । यस कुराको शनिवार सामाजिक सञ्जाल फेसवकुमा फोटो शेयर गर्दै मुकुन्दे स्वयम्ले इन्गेजमेन्टको पुष्टि गरेका हुन् ।

लगभग दशक बढी रत्नपार्कको रुखमा चढेर भाषण गरेका मुकुन्दे सामाजिक संजालको बिकाशसंगै थप चर्चाको शिखरमा पुगेका पात्र हुन् । उनले आफ्नै मुकुन्दल्याण्ड स्थापना गर्ने र इन्दिराको खोजीमा रहेको बाउदै आएका थिए । निक्कै निडर र प्रखर वक्ताका रुपमा चिनिएका मुकुन्द घिमिरेले कुनै पनि विषयवस्तुलाई आफ्नै ढंगमा बोल्न सक्ने व्यक्तिका रुपमा चिनिदै आएको छ ।

आजको राशिफल – वि.सं.२०७८ साल मंसिर १२ गते । आईतबार । ईश्वी सन् २०२१ नोभेम्बर २८ तारिख ।

नेपाल संवत् ११४२ । राक्षस संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर कृष्णपक्ष । तिथि–नवमी, रातको १२ बजेर १८ मिनेट उप्रान्त दशमी । नक्षत्र–पूर्वाफाल्गुनी, बेलुकी ०६ बजेर ०३ मिनेट उप्रान्त उत्तराफाल्गुनी । योग–विश्कुम्भ । करण–तैतिल, दिउसो १२ बजेर ३६ मिनेट उप्रान्त गर, रातको १२ बजेर १८ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–छत्र योग । चन्द्रराशि–सिंह । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३५ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०६ मिनेट । दिनमान २६ घडी १७ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि लामो समय सँगै बसेर भावना तथा मनका कुरा साटासाट गर्ने अवसर प्राप्त हुनेछ । आकस्मिक लाभ हुँने तथा बाधा अवरोधहरु स्वत हटेर जानेछन् भने भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ भने पढाई लेखाईमा राम्रो प्रगति हुनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आम्दानिका स्रोतहरु एक्कासि बन्द हुँदा महत्वपुर्ण कामहरु थाति रहन सक्छन् ध्यान दिनुहोला । समाजसेवामा समय दिएपनि जनतासँग भिज्न नसक्दा प्राप्त हुने मान सम्मान टरेर जानेछ । आमा वा आमा सरहका मानिसको आशिर्वाद प्राप्त गरि कुनै काम शुरु गर्दा कामहरु बन्नेछन् । अध्ययन अध्यापनको समय दिए अनुशार उपलब्धि नहुँने हुनाले मन खिन्न हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) दाजुभाई तथा छिमेकिसँग कुनैपनि कारोबार गर्दा ध्यान दिनुहोला बिवाद बढ्ने योग रहेकोछ । व्यापार व्यावसायमा लगानि गर्नको लागि केहि समय पर्खनुनै उचित हुनेछ । अन्धबिश्वासले मनमा गतिलो डेरा जमाउँने हुँदा मनोबल कमजोर रहनेछ । लेखन तथा साहित्यमा सुरु गरिएका कामहरु थाति रहनेछन् । प्रेममा रमाउँन चाहनेहरुका लागि समय उत्तम नहुन सक्छ । यात्रा हुने भएपनि यात्राका क्रममा दुख हुन सक्छ ध्यान दिनुहोला ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) थोरै समय र सानो लगानि गरी शुरु गरिने व्यावसायबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । आफन्त तथा कुटुम्ब सँग भेटि नया कामको योजना बुन्न सकिनेछ । पारिवारिक सभा समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ रम्न सकिनेछ । प्रणय सम्बन्धमा सुधार आउनुको साथै नया ठाउबाट प्रेम प्रस्ताब आउने प्रवल सम्भावना रहेकोछ । राजनिति तथा समाजसेवामा समय खर्चिनेहरुले अलि बढि मेहनेत गरे जनताको मन जित्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिभिन्न अवसरहरु आउँने भएपनि ति अवसरहरुलाई सहि रुपमा प्रयोग गर्न नसक्दा समयले तपाईलाई छोड्नेछ । सामाजिक काम गर्ने बाताबरण बन्ने भएपनि जनतासँग सन्तुलित व्यावहार गर्न नजान्दा पद प्राप्तिको योग टरेर जानेछ । आफन्त तथा घर परिवार जनबाट भनेजस्तो सहयोग नपाईने हुँनाले घरायसि कामहरु थाति रहनेछन् । साझपख समय राम्रो रहेकोले माया प्रेममा नजिक हुन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) गलत साथि संगतमा लाग्नाले पढाई लेखाई बिग्रनेछ भने आफन्त तथा अग्रजहरुको चित्त बुझाउन मुस्किल पर्नेछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आई खर्च बढ्नेछ । आफन्त तथा अग्रज सँग सामान्य कुरामा राय बाजिनेछ । बिदेशी सामानमो व्यापार व्यावसाय फस्टाएर जानेछ भने बिदेशमा बसेर श्रम गर्ने तथा अध्ययन गर्नेहरुका लागी दिन फलदायि रहनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) समाजमा राम्रा काम गर्न सकिने हुनाले उचाई बढ्नेछ । व्यापार व्यावसायमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ भने आकश्मिक लाभ तथा आभुषण प्राप्तीको गतिलो योग रहेकोछ । तपाईको कार्यकुसलताको सबैले तारिफ गर्नेछन् । कुटुम्ब तथा आफन्तबाट धन तथा सम्पति लाभ हुने ग्रहयोग रहेकोछ । मेलमिलाप तथा भाईचाराको सम्बन्ध स्थापनमा तपाईको भुमिका महत्वपुर्ण हुनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आम्दानि भन्दा खर्च अधिक हुँने हुँनाले दैनिकी गुजार गर्न असजिलो महशुष हुनेछ । व्यापार व्यावसायमा आम्दानि कम हुँने तथा पुराना बाकी रहेका कामहरु पनि समयमा सम्पादन नहुँदा थप लगानि गर्ने बाताबरण टरेर जानेछ । समाजमा जनताको काम गर्ने सवालमा केहि गल्ती हुँने हुँनाले गम्भिरता पुर्वक कामहरु गर्नुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पढाई लेखाई अरु दिन भन्दा सुध्रिएर जाने हुँनाले नतिजा तपाईकै पोल्टोमा पर्नेछ । भाग्यले साथ दिने हुँदा थोरै लगानिबाट प्रशस्त आम्दानि हुँने तथा सानु प्रयत्नले ठुलो काम बन्नेछ । पुराना साथिभाई सँग भेटघाट गरि नँया योजना प्रस्तुत गर्न पाउँदा गर्बको महशुस हुनेछ । परिवार तथा आफन्त बाट तपाईको काममा रचनात्मक सहयोग हुनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आफन्त तथा शुभचिन्तकहरुको सल्लाह तथा शुझाबलाई बेवास्ता गर्दा दुख पाईनेछ । व्यापार व्यावसायमा मन्दि आउने हुनाले आर्थिक रुपमा पछाडि परिनेछ । स्थाई सम्पतीमा बिवाद आउने योग रहेकोछ भने भौतिक सम्पति तथा अन्य साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । दिदि बहिनी तथा आफन्त सँग अनाबस्यक बिवाद हुन सक्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) माया प्रेमको बन्धन कसिलो हुँनुको साथै पति पत्निबिचको सम्बन्धमा थप सुमधुरता बढेर जानेछ । भौतिक सम्पति तथा उपहार प्राप्तिको योग रहेकोछ । पारिवारिक माहोल तथा शुभ मांगलिक कार्यमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवरि प्राप्त हुनेछ । एकल तथा साझेदारि व्यावसायमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ भने उपलब्धिमुलक व्यावसायिक यात्रा हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समयमा सजक नबन्दा कामहरु बिग्रनेछन् भने प्रतिष्पर्धिहरु हरेक क्षेत्रमा हावि हुनेछन् । बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरु हावि हुनेछन् भने सत्रु लाग्न खोज्नेछन् । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुँदा ऋण तथा संकटको सामना गर्नु पर्नेछ । बाहिरि बाताबरण तथा खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउँन सक्छ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला नराम्रा घट्ना घट्न सक्छ ।

तपाईँको दिन शुभ रहोस् ।

साप्ताहिक राशिफल : मंसिर १२ गते आईतबारदेखि मंसिर १८ गते शनिबारसम्मको

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) साता उत्तम रहेकोले बिभिन्न अवसरले पछ्याउँनेछन् भने चाहेको समयमा कामहरु सम्पन्न हुने हुदा आफन्तहरु खुसि हुनेछन् । पढाई लेखाईमा प्रतिश्पर्धिहरुलाई हराउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सुन्दर तथा बिलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउँन सकिनेछ । उत्तम बस्त्र,मनपर्ने भोजन तथा बिशेष उपाहार प्राप्तिको योग रहेकोछ । राजनिति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाईने हुनालेसार्वजनिक पद पाउँने योग रहेकोछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा दाम्पत्य जीवन सुखि रहनेछ । पराक्रम बडेर जानुका साथै कामहरु समयमा बन्नेछन् । छिमेकि दाजुभाई तथा आत्मिय मित्रहरुबाट भने जस्तो आर्थिक तथा भावनात्मक सहयोग मिल्नेछ । न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । बादबिवाद,प्रतिश्पर्धा तथा मुद्दा मामिलामा तपाईकै जित निश्चित छ । लेखन कलाको बिकाश हुनेछ भने लेखेरै आफ्ना कुराहरु जनमानसमा लैजान सकिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) समय मध्ययम रहेकोले साना तिना कामका अल्झनु पर्दा अध्ययन तथा अध्यापनमा समय दिन सकिने छैन । यात्रा गर्दा ध्यान दिनुहोला तपाईको यात्रा कष्टपुर्ण हुन सक्छ । आफन्तजन तथा परिवासँग टाडिनु पर्दा मानशिक तनाब बढ्नेछ भने आपराधिक क्रियाकलाममा सम्लग्न मानिस सँग टाडै रहनुहोला तपाईलाई प्रलोभनमा पारेर आफ्नो स्वार्थ पुरा गर्न सक्छन् । कमर्शियल निर्णयहरु यो हप्ता धाति राख्नु होला किनकी व्यापार व्यावसायमा घाटा लाग्ने योग रहेको छ भने बैदेशिक क्षेत्र सँग सम्बन्धित व्यावसायमा लगनि बढाउँदा प्रशस्त नाँफा कमाउँन सकिनेछ । बोल्दा ख्याल गर्नुहोला तपाईको आजको निर्णय आत्मघाति पनि हुन सक्छ । गलत ब्यात्तिहरुले प्रभावमा पारेर गलत निर्णय गराउँन बाध्य पार्ने तथा ति निर्णयहरुको सर्बत्र आलोचना हुने हुनालेसोच बिचार गरेर काम गर्नुहोला । खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउँनेछ भने अध्ययनमा मन नजाने हुनालेअरुभन्दा पछि परिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) भौतिक सम्पति तथा भोगबिलासका सामानहरु प्राप्त हुने तथा ईच्छित कामनाहरु पुरा हुने समय रहेकोछ । दाम्पत्य जीवन सुमधुर बन्नेछ भने प्रेम सम्बन्ध सुदृड हुनेछ । व्यापार व्यावसायबाट मनग्ने आम्दानि हुनेछ भने आम्दानिका नयाँ नयाँ स्रोतहरु पहिल्याउँन सकिनेछ । मंगलबार दिउँसोबाट समय मध्ययम रहेकोले स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ भने दैनिक काम गर्न असहज महशुस हुनेछ । अनाबस्यक ठाउँमा श्रम तथा शक्ति प्रयोग हुनेछ ध्यान दिनुहोला । लामो दुरिको यात्राको प्रशस्त सम्भावना रहेकोछ भने बिदेशमा बसेर काम गर्नेहरुले मनग्गे धन सम्पति कमाउँन सक्नेछन् । बिहिबार दिउँसोबााट समय पुनह तपाईकै पक्षमा आउँने हुनालेनयाँ नयाँ फेसेनेवल समानको प्रयोग गरि अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा समय खर्चिनेहरुले जनताको गतिलो समर्थन प्राप्त गर्न सक्नेछन् । निर्णय क्षमतामा बृद्धि हुनेछ भने तपाईको सहि निर्णयको प्रभावले समाजमा मान सम्मान तथा ईज्जत प्रतिष्ठा बडेर जानेछ । अध्ययनमा प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउँन सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सामाजिक काम गर्ने अवसर जुर्ने हुनालेमान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानि गर्न सकिनेछ भने नयाँ काम पाउँने तथा बढुवा हुने योग रहेको छ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । पढाई लेखाईमा बिजयको योग रहेकोछ भने पारिवारिक जमघटमा सहभागि भई स्वादिष्ट भोजन भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बुवा तथा बुवा सरहका मानिसबाट तपाईको काममा सहयोग हुनेछ । आर्थिक सवालमा उठ्ने प्रश्नहरुको हल हुनेछ भने आम्दानिका नयाँ नयाँ बाटाहरु फेला पर्नेछन् । थोरै पुँजी तथा सिमित स्रोत साधनबाट असिमित आवस्यकता पुरा गर्न सकिनेछ । छोटो समय लगाएर गरिएको प्रयासबाट सार्थक तथा सकारात्मक नतिजा आउँने हुनालेमन प्रशन्न रहनेछ । बिहिबार दिउँसोबाट समय मध्ययम रहेकोले खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँने तथा औषधि उपचार खर्च बढ्न सक्छ । स्वदेशि व्यापार व्यावसायमा भनेजस्तो आम्दानि गर्न प्रशस्त समय खर्चिनु पर्नेछ भने बिदेशमा उत्पादित बस्तुको व्यापार फस्टाएर जानेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) भाग्यले साथ दिने हुदा थोरै लगानिबाट प्रशस्त आम्दानि हुने तथा सानु प्रयत्नले ठुलो काम बन्नेछ । समाजमा तपाईको काम देखि सबै प्रशन्न हुनेछन् भने मान सम्मान तथा ईज्जत प्रतिष्ठा बढेर जानेछ । आफ्नो सस्कार तथा सस्कृतीको जगेर्ना गर्ने काममा समय दिनु पर्नेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ भने पढाई लेखाई अरु दिन भन्दा सुध्रिएर जाने हुनालेनतिजा तपाईकै पोल्टोमा पर्नेछ । मंगलबार दिउँसोदेखि बिहिबार बिहानसम्मको समय मध्ययम रहेकोले सरकारि तथा प्रशासनिक क्षेत्रमा काम गर्दा सजक रहनुहोला तपाईको खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । आर्थिक ब्याबस्थापनका कुनै योजना भए आजको दिन सार्वजनिक नगर्नु नै राम्रो हुनेछ । बिहिबार दिउँसोबाट समय तपाईकै पक्षमा आउँने हुनालेप्राकृतिक स्रोत तथा साधनको खरिद बिक्रिबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । कृषि,पशुपालन,तरल पदार्थ तथा खनिज पदार्थजन्य उद्योगमा लगानि गर्दा भनेजस्तो नाँफा कमाउँन सकिनेछ । सरकारि सम्पति तथा पैत्रिक धन हातलागि हुने योग रहेकोछ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) भौतिक बस्तुहरुको प्रयोग गर्दा होसियारि अपनाउँनु होला चोटपटक लाग्न तथा दुर्घटना हुन सक्छ । भौतिक सम्पति तथा रुपैया पैसा हराउँन तथा लुटिन सक्छ ध्यान दिनुहोला । समयमा काम नबन्ने तथा ऋण लाग्ने हुनालेमानसिक तनाब बढ्नेछ । बित्तिय क्षेत्रमा गरिएको लगानि बाट सन्तोषजनक नाँफा कमाउँन सकिनेछ । आफन्त तथा दिदि बहिनिसँग मनमुटाब बढ्ने हुनालेसन्तुलित व्याहार गर्नुहोला । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको तय गर्न सकिने भएपनि यात्राका क्रममा बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्ने हुन सक्छ । बिहिबार दिउँसोबाट समय तपाईकै पक्षमा आउँने हुनालेनिर्णय क्षमतामा बृद्धि भएर जाने तथा कार्यालयमा तपाईको निर्णय क्षमताको उच्च कदर हुनेछ । पढाई लेखाईमा अरुलाई पछि पारि नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । मांगलिक कार्य तथा सभा समारोहमा सहभागि भई आफन्त तथा परिवारका साथ मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ भने लामो समयदेखि भेटघाट नभएका साथिभाई तथा ईष्टमित्रसँग भेट हुने हुदा मन प्रशन्न हुनेछ ।

तुला ( रा,री,रु,रे,रो,ता,ती,तू ,ते) साता मध्ययम रहेकोले आर्थिक रुपमा सम्पन्न हुन चालिएका प्रयासहरु बिचमानै अवरुद्ध हुन सक्छन् ध्यान दिनुहोला । व्यापार व्यावसायमा तत्काल लगानि गरिहाल्ने समय नरहेकोले गरिरहेको कामलाई निरन्तरता दिनुहोला । माया प्रेममा अबिस्वास बढ्ने तथा बिपरित लिङगदेखि टाडै रहनुहोला । पढाई लेखाईमा खर्चिएको समय कम हुने हुनालेअरुभन्दा पछि परिनेछ । भौतिक सम्पति तथा सवारि साधन प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । व्यावसायिक तथा पर्यटकिय यात्रा गर्न सकिने भएपनि गन्तब्यमा पुग्नु अगावै बिभिन्न किसिमका बाधा तथा अवरोधहरुको सामना गर्नु पर्ने हुन सक्छ ध्यान दिनुहोला । प्रशासनिक कामकाजमा झन्झटिलो प्रक्रिया अवलम्बन गर्नुपर्नेछ भने सेवा प्रवाह गर्नेहरुले समयमा तपाईको काम नगर्दिनाले महत्वपुर्ण अवसरहरु गुम्न सक्छ । परिवार तथा आफन्तजन लाई समय दिन नसक्दा मनमुटाबको अवस्था सिर्जना हुनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने हुदा मन चिन्तित रहनेछ ।

बृश्चिक (तो,ना,नी,नू ,ने,नो,या,यी,यू) पुराना ऋण,रोग तथा सत्रुबाट छुट्करा पाईने हुनालेमन प्रशन्न हुनेछ । आफन्त तथा मावलि पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेकोछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुने हुनालेखुसिले उचाई नाघ्नेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । मित्रताको बन्धन कसिलो हुनुको साथै प्रेमले वैबाहिक मार्ग अबलम्बन गर्न सक्छ । भौतिक सम्पति तथा उपाहार प्राप्तिको गतिलो योग रहेकोछ । पारिवारिक माहोल तथा शुभ मांगलिक कार्यमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवरि प्राप्त हुनेछ । एकल तथा साझेदारि व्यावसायमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ । बिहिबार दिउँसोबाट समय मध्ययम रहेकोले गोप्य सुचनाहरु बहिरिने हुदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । मनोबल कमजोर हुने हुनालेभौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुने तथा घर परिवार तथा पति पत्निबिच घरायसि कुरामा विवाद सिर्जना हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सवारि साधन,भौतिक सम्पति तथा आकस्मिक धनसम्पति लाभ हुनेछ । चिठ्ठा पर्ने तथा बिषेश मानिसबाट उपाहार पाईने अधिक सम्भावना रहेकोछ । बिद्या तथा प्रतिश्पर्धाको लडाईमा प्रतिश्पर्धिहरुलाई हराउँदै परिवार तथा गुरुवर्गहरुका अगाडि प्रशंसा पत्र तथा पुरस्कार जित्न सकिनेछ भने तपाईको बौद्धिकतालाई सबैले सम्मान गर्नेछन् । शिक्षा क्षेत्रमा गरिएको लगानिबाट लामो समय सम्म आम्दानि भईरहनेछ । मंगलबार दिउँसोदेखि बिहिबार बिहान सम्मको समय मध्ययम रहेकोले निति नियम तथा कानुन नमान्दा फन्दामा परिन सकिन्छ ध्यान दिनुहोला । सत्रुले दुख दिनेछन् भने न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईका पक्षमा हुने छैनन् । सिमित स्रोत तथा साधनबाट असिमित आवस्यक्ताहरु पुरा गर्नुपर्नेछ भने यस्तै बेलामा आम्दानिका स्रोतहरु साघुरा हुनेछन् । बिहिबार दिउँसोबाट समय पुनह तपाईकै पक्षमा आउँने हुनालेब्याबसायिक यात्राको क्रममा नयाँ तथा सुन्दर दृष्यहरुको अवलोकन गर्न अवसर प्राप्त हुनेछ भने रोकिएर बसेका तथा अधुरा कामहरु केहि समय दिएर फत्ते गर्न सकिनेछ । माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बिहिबार बिहान सम्मको समय मध्ययम रहेकोले सामाजिक तथा राजनितिक बिषयहरुको उठान आज नगर्नु नै उचित हुनेछ किनकि त्यस्ता बिषयसँग सम्बन्धित मुद्दाहरु आज किनारा लाग्ने छैनन् । घरजग्गा तथा सवारि साधनको खरिद बिक्रिबाट सन्तोषजनक नाँँफा कमाउँन सकिनेछ । आधुनिक कृषि प्रणालि तथा पशुपालन व्यावसायमा लगानि गर्न सके आम्दानि बढाउँन सकिनेछ । बिहिबार दिउँसोबाट समय तपाईकै पक्षमा आउँने हुनालेसमयमा कामहरु बन्ने हुनालेधेरैले तपाईको प्रशंषा गर्नेछन् । पढाई लेखाई अरु दिन भन्दा सुधार भएर जानेछ भने कुनैपनि प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराउन सकिनेछ । थोरै स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ताहरु पुरा गर्न सकिने हुनालेमन प्रशन्न रहनेछ । बिबाह,बनभोज तथा यस्तै समारोहमा साथिहरुसँग सहभागि भई मिठा परिकार खादै रमाईलो गफ गरेर दिन कटाउँन सकिनेछ । नोकरिमा बढुवा तथा राम्रो स्थानमा स्थानान्तरणको गतिलो सम्भावना रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) लेखन कलाको बिकाश हुनेछ भने लेखेरै आफ्ना कुराहरु जनमानसमा लैजान सकिनेछ । पराक्रम बडेर जानुका साथै कामहरु समयमा बन्नेछन् । माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण बढेर जानेछ । छिमेकि दाजुभाई तथा आत्मिय मित्रहरुबाट भने जस्तो आर्थिक तथा भावनात्मक सहयोग मिल्नेछ । न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । बादबिवाद,प्रतिश्पर्धा तथा मुद्दा मामिलामा तपाईकै जित निश्चित छ । मंगलबार दिउँसोबाट समय मध्ययम रहेकोले राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । घर जग्गा तथा गाडि घोडाको व्यावसायबाट केहिमात्रमा लाभ लिन सकिनेछ । कृषि तथा पशुपालन व्यावसाय फस्टायर जानेछ । मित्रहरुको लहै लहैमा लाग्नाले पढाई लेखाई कमजोर रहनेछ । साथिभाईहरुको गलत संगतले नकरात्मक सोचको बिकास हुनेछ भने नियम बिपरित काम गर्न उक्साउने हरु सक्रिय रहनेछन् । परिवार तथा आमासँग छुट्टिएर टाडाको यात्रा हुने हुनालेमन बिचलित हँुनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या नआउँला भन्न सकिन्न ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सामाजिक सञ्जाल तथा मिडिया मार्फत आफ्ना भनाईलाई जनमानसमा लैजान सकिनेछ । तपाईको प्रखर बोलिले सबैको मन जित्नेछ भने थोरै बोलेर धेरै आय आर्जन गर्न सकिनेछ । सभा समारोहमा सहभागि भई आत्मिय मित्रहरुका साथ मिष्टान्न भोजन ग्रहण गर्दै दिन कटाउँन सकिनेछ । कुटुम्बसँग मिलेर गरिने कुनै पनि व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ । मंगलबार दिउँसोबाट समय मध्ययम रहेकोले दाजुभाई तथा छिमेकिसँग कुनैपनि कारोबार गर्दा ध्यान दिनुहोला बिवाद बढ्ने योग रहेकोछ । व्यापार व्यावसायमा लगानि गर्नको लागि केहि समय पर्खनुनै उचित हुनेछ । अन्धबिश्वासले मनमा गतिलो डेरा जमाउँने हुदा मनोबल कमजोर रहनेछ । छोटो दुरिको व्यावसायिक यात्रा हुने भएपनि उपलब्धिभने न्यून हुनेछ । पढाई लेखाईमा ध्यान नदिदा प्रतिश्पर्धिहरु हावि हुनेछन् भने शिक्षा क्षेत्रमा गरिएको लगानिबाट थोरै कमाईमा चित्त बुझाउँनु पर्नेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ भने आफन्तसँग छुट्टिएर लामो दुरिको यात्राको तय गर्नुपर्दा मन खिन्न हुनेछ ।

तपाईको दिन शुभ रहोस ।