पर्यटन पवद्र्धनका लागि साङ्गीतिक उत्सव

पर्यटन पवद्र्धनका लागि साङ्गीतिक उत्सव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलालीको टीकापुर पार्क पर्यटन क्षेत्रको विकास तथा प्रचार–प्रसारका लागि टीकापुर आइल्याण्ड साङ्गीतिक उत्सव हुने भएको छ । आन्तरिक तथा बाह्य पर्यटकका टीकापुर पार्कमा केन्द्रित गर्ने तथा टीकापुर सर्किटमा पर्ने पर्यटकीय गन्तव्यको प्रचार–प्रसारका लागि तीनदिने साङ्गीतिक उत्सव आयोजना गर्न लागिएको हो । नमह कर्णाली एग्रो टुरिजम प्रालि सञ्चालक पृथ्वी रावलले साङ्गीतिक उत्सव यही मङ्सिर १७ देखि १९ गतेसम्म टीकापुर पार्कसँगै जोडिएको कर्णाली नदीको बीच टापुमा राष्ट्रिय तथा स्थानीय कलाकारका साथमा हुने जानकारी दिनुभयो ।

उहाँले कोरोनाका कारण दुई वर्षदेखि शिथिल भएको पर्यटन क्षेत्रलाई माथि उठाउनका लागि र टीकापुर पार्क क्षेत्रको थप प्रचार प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गराउने उद्देश्यले साङ्गीतिक उत्सवको आयोजना गरिएको बताउनुभयो । “तीन दिनको अवधिमा करिब २५ हजार जनाले साङ्गीतिक उत्सवको अवलोकन गर्ने अपेक्षा लिएका छौँ भने टीकापुर पार्कको ३० हजारले अवलोकन गर्ने अपेक्षा छ”, उहाँले भन्नुभयो, “मुख्य उद्देश्य भनेकै टीकापुरभित्रका पर्यटन क्षेत्रको प्रचारप्रसार गर्नु नै हो ।”

साङ्गीतिक उत्सवको अवलोकनका लागि जाँदा टीकापुर पार्कको आम्दानीसमेत बढ्ने अपेक्षा गरिएको छ । कार्यक्रममा रमाउन जाने आन्तरिक पर्यटकले टीकापुर पार्कले लिँदै आएको शुल्क तिर्नुपर्ने भएका कारण पनि पार्कको आमदानी बढ्ने देखिएको हो । अहिलेको सिजनमा पार्क अवलोकनका लागि दैनिक पाँच हजारसम्म आन्तरिक पर्यटक आउने गरेको पार्कमा कार्यरत विनोद चौधरी जानकारीदिनुभयो ।

प्रालिका अर्का सञ्चालक हंशराज रावलले पार्कको प्रचारप्रसारले व्यापार व्यवसायका साथै रोजगारीका अवसर पनि बढ्ने बताउनुभयो । “लामो समयदेखि हामीले टीकापुर पार्कसँगै जोडिएको कर्णाली नदीको टापुमा पर्यटकका लागि भनेर रिसोर्ट सञ्चालनमा ल्याउने गरेका छौँ । जहाँ कर्णाली नदीमा ¥याफ्टिङ सञ्चालन गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “अहिलेसम्म यस क्षेत्रमा हाम्रो ४० लाखभन्दा बढी खर्च भइसकेको छ । अझै थुप्रै काम गर्न बाँकी छ । पर्यटन क्षेत्रको प्रचारप्रसार गर्न सके टीकापुर क्षेत्रलाई पर्यटन क्षेत्रको हबका रूपमा विकास गर्न सकिन्छ ।” उहाँले कर्णाली चिसापानी पुलबाट सत्तीसम्म नदीमा ¥याफ्टिङको सञ्चालन भएको जनाउँदै कर्णाली नदीमा सानो पानीजहाज पनि चलाउन सकिने बताउनुभयो ।

यो पनि – ‘१७ थरि शिक्षकका ३७ माग सम्बोधन हुने’

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षाको सुधार र निजी शिक्षाको नियमन आवश्यक भएको बताउनुभएको छ । प्रेस सेन्टर बागलुङद्वारा आज आयोजित पत्रकार भेटघाटमा उहाँले सार्वजनिक शिक्षा सुधारका लागि ३१ बुँदे शिक्षा सुधार योजना अघि सारेको जानकारी दिनुभयो । “हाम्रो जोड सार्वजनिक शिक्षालाई सुधार गर्ने निजीलाई सर्वसुलभ बनाउने भन्नेमा छ, १७ थरि शिक्षकका ३७ थरि माग सम्बोधनका लागि समिति गठन गरिएको छ”, उहाँले भन्नुभयो, “शिक्षा क्षेत्रमा आमूल सुधार गर्दै अघि बढ्नुपर्दछ, अबको समय प्राविधिको युग हो, प्रविधिको उच्चतम प्रयोग गर्दै महामारीमा समेत शैक्षिक सत्र खेर नजाने गरी पठनपाठन गर्ने सरकारको योजना रहेको छ ।”

उहाँले दलहरु आन्तरिक निर्वाचनमा केन्द्रित भइसकेकाले मुलुक निर्वाचनमा जान लागेको बताउँदै सरकारको व्ययभार कम गर्न तिनै तहको निर्वाचन एकैपटक गर्नुपर्ने आफ्नो तर्क रहेको बताउनुभयो । राजनीतिक दलहरु आगामी स्थानीय, प्रदेश र सङ्घको निर्वाचनको तयारीमा केन्द्रित भएको उहाँको भनाइ छ ।

स्थायी कमिटी सदस्यसमेत रहनुभएका मन्त्री पौडेलले शिक्षकका लागि शिक्षक अस्पताल निर्माणका लागि प्रक्रिया अगाडि बढेको, त्रिचन्द्र क्याम्पस सुधार गर्न थालेको, दरबन्दी मिलान भइरहेको र पढ्दै कमाउँदै अभियानलाई अगाडि बढाएको जानकारी दिनुभयो । उहाँले सञ्चारकर्मीका जिज्ञासामा बालविकास सहजकर्ताहरूलाई केही पालिकाले सरकारले तोकेको तलब नदिएको गुनासोमा पालिकाले अनिवार्य दिनुपर्ने बताउनुभयो ।