नेकपा (माओवादी केन्द्र) खोटाङलेका दशै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा शनिबार एकैदिन आयोजित गाउँपालिका/नगरपालिका अधिवेशनले दशवटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको हो । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बिसन राईको अध्यक्षतामाा ६५ सदस्यीय नगरपालिका कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा उमेशचन्द्र राई, खगेन्द्र राई र ध्रुवा राई, सचिवमा युगशन किराँत, सहसचिवमा दीपेन्द्र राई र कोषाध्यक्षमा रामकुमार हिङ्माङ रहनुभएको छ ।
हलेसी तुवाचुङ नगरपालिकामा राजुविक्रम चाम्लिङको अध्यक्षतामा ६५ सदस्यीय नगरपालिका कार्यसमिति चयन गरिएको छ । उपाध्यक्षमा प्रदीप माइला, प्रदीप गिरी र कन्ठ कार्की, सचिवमा प्रमिला बस्नेत, सहसचिवमा गण राई र कोषाध्यक्षमा अमिनकाजी राई चयन हुनुभएको प्रेस सेन्टर नेपाल खोटाङका उपाध्यक्ष अशल चरित्र राईले जानकारी दिनुभएको छ ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकामा राजेन्द्र राईको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कार्यसमिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा किसान राई, खड्गबहादुर तामाङ र नैनकुमारी खत्री, सचिव दीपक पौडेल, सहसचिवमा नारायण राई र कोषाध्यक्षमा सुनिता राई चयन हुनुभएको प्रेस सेन्टर नेपाल खोटाङका सदस्य तजिना मगरले जानकारी दिनुभयो ।
रावाबेंसी गाउँपालिकामा रामबहादुर राई ‘बाबुराम’को अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कार्यसमिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा शारदा पोखरेल, भलकाजी तामाङ र लालबहादुर नेपाली, सचिव उदिम चाम्लिङ, सहसचिवमा सुरेन्द्र राई र कोषाध्यक्षमा सीता कटवाल चयन हुनुभयो ।साकेला गाउँपालिकामा अर्जुनकुमार खड्का ‘झङ्कार’को अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कार्यसमिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा बृसिका राई, मोहन खत्री र भरत बस्नेत, सचिवमा नवीनकुमार राई, सहसचिवमा धनबहादुर राई र कोषाध्यक्षमा उन्नत राई चयन हुनुभएको प्रेस सेन्टर खोटाङका सल्लाहकार उजुर राईले जानकारी दिनुभयो ।
खोटेहाङ गाउँपालिकामा दीपेन्द्र राईको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा धनबहादुर महाराजी, इन्द्रहाङ राई र सुशीला राई, सचिवमा वसन्त राई, सहसचिवमा किरण राई र कोषाध्यक्षमा सुरेन्द्र अधिकारी सर्वसम्मत चयन हुनुभएको माओवादी केन्द्र जिल्ला समन्वय समिति खोटाङका जिल्ला संयोजक देवान किराँती ‘पृथ्वी’ले जानकारी दिनुभयो ।
बराहपोखरी गाउँपालिकामा युवराज मगरको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा कमला राई, ताराकान्त राई र राजन राई, सचिव अर्जुन तामाङ, सहसचिव ध्रुवजीत राई र कोषाध्यक्ष गणेश परियार चयन हुनुभएको जनाइएको छ ।ऐँसेलुखर्क गाउँपालिकामा अगमसिं राईको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कार्यसमिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा उर्मिला लम्साल, बलबहादुर राई र प्रेम तामाङ, सचिवमा झनकुमार राई, सहसचिवमा रमेश राई र कोषाध्यक्षमा चमेली विश्वकर्मा चयन हुनुभएको प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य भीम राईले जानकारी दिनुभयो ।
केपिलासगढी गाउँपालिकामा रुद्रकुमार राईको अध्यक्षतामा ५५ सदस्यीय समिति चयन भएको छ । समितिको उपाध्यक्षमा रामकाजी राई, कुमार परिवार र विष्णु राई, सचिवमा समिप साम्पाङ, सहसचिवमा गोपाल तामाङ र कोषाध्यक्षमा पद्मा राई चयन हुनुभएको माओवादी केन्द्रले जनाएको छ ।जन्तेढुङ्गा गाउँपालिकामा बद्री राईको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कार्यसमिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा खड्गबहादुर राई र देवीमाया राई, सचिव नइन्द्र राई र सहसचिवमा नेत्र श्रेष्ठ चयन हुनुभएको र एक उपाध्यक्ष र कोषाध्यक्ष समितिको पहिलो बैठकले चयन गर्ने जनाइएको छ ।
अधिवेशनबाट चयन हुनुभएका पदाधिकारी तथा सदस्यलाई अधिवेशनमा खटिनुभएका नेताले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो । अधिवेशनका अवसरमा विभिन्न पार्टी परित्याग गरी सयौँको सङ्ख्यामा नेता तथा कार्यकर्ता माओवादी केन्द्र प्रवेश गरेको जिल्ला संयोजक पृथ्वीले जानकारी दिनुभयो ।दश स्थानीय तहको ७९ वटा वडा रहेको जिल्लामा माओवादी केन्द्रका पाँच हजार ९९५ जना सङ्गठित सदस्य र साढे पाँच हजारभन्दा बढी साधारण सदस्य रहेको जिल्ला संयोजक पृथ्वीले जानकारी दिनुभयो । जिल्लामा वडा तथा गाउँ÷नगर अधिवेशनलगत्तै सदस्यता वितरणको कामलाई तीव्रता दिइने माओवादी केन्द्र खोटाङले जनाएको छ ।
ताप्लेजुङका आठ स्थानीय तहमा नयाँ नेतृत्व
फुङ्लिङ– ताप्लेजुङमा नौ स्थानीय तहमध्ये माओवादी केन्द्र पार्टीले आठ स्थानीय तहमा अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको छ । शनिबार अधिवेशन सुरु भएको आजसम्ममा आठ स्थानीय तहमा सहमतिमार्फत नयाँ नेतृत्व चयन गरेको हो ।
ताप्लेजुङमा मिक्वाखोला गाउँपालिकाको अधिवेशन भने सोमबार अधिवेशन गर्ने तयारी रहेको नेकपा (माओवादी केन्द्र) ताप्लेजुङका संयोजक विजयप्रकाश वनेमले बताउनुभयो । उहाँका अनुसार फुङ्लिङ नगरपालिका समन्वय कमिटीको अध्यक्षमा गङ्गाराम शङ्कर चयन हुनुभएको छ । यस्तै फक्ताङ्लुङ गाउँपालिकामा मुक्ति लावुङ, मेरिङ्देन गाउँपालिकामा सुजन सामेखाम, आठराई त्रिवेणी गाउँपालिकामा घननाथ गौतम (घनु), सिदिङ्वामा अमर इदिङ्गो, मैवाखोलामा आलोक शेर्पा, पाथीभरा याङ्वरकमा दिलीप पौडेल र सिरिजङ्गामा चित्र मावो अध्यक्ष रहेको कमिटी बनेको छ । भोलिसम्म मिक्वाखोलाको अधिवेशन सकिएसँगै माओवादी केन्द्रले ताप्लेजुङका सबै स्थानीय तहमा पालिका समन्वय कमिटीमा नयाँ नेतृत्व चयन गरिसक्ने नेकपा माओवादी केन्द्र ताप्लेजुङले जनाएको छ ।
चार गाउँपालिकामा अधिवेशन सम्पन्न
पाँचथर– पाँचथरका चार वटा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)को प्रथम गाउँपालिका अधिवेशन शनिबार सम्पन्न भएको छ ।जिल्लाको फालेलुङ, याङवरक, कुम्मायक र तुम्बेवा गाउँपालिकामा अधिवेशनमार्फत माओवादी केन्द्रले नयाँ नेतृत्व चयन गरेको हो । फालेलुङ विद्धिमान सावदेनको अध्यक्षतामा माओवादी केन्द्रको ५५ सदस्यीय गाउँपालिका कमिटी निर्वाचित भएको छ । उक्त कमिटीको उपाध्यक्षमा तिलबहादुर खत्री, रामप्रकाश राई र पदम केरुङ, सचिवमा सुरेन्द्र अधिकारी र कोषाध्यक्षमा रिजा जबेगु (माङ्मु) चयन हुनुभएको छ ।
याङवरक गाउँपालिकामा माओवादी केन्द्रले अर्जुन बेघाको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटी निर्वाचित गरेको छ । उक्त कमिटीका उपाध्यक्षमा महेन्द्र योङया, इन्दिरा पोखरेल र तेजेन्द्र राई, सचिवमा सूर्य बेघा, सहसचिवमा तेजकुमार बेघा र कोषाध्यक्ष शान्ति लिम्बू रहनुभएको छ ।कुम्मायक गाउँपालिकामा उक्त पार्टीले महेन्द्रबहादुर खड्काको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटी चयन गरेको छ । उक्त कमिटीको उपाध्यक्षमा सोम तामाङ, गीता खड्का र डुकेन्द्र चेम्जोङ, सचिवमा प्रविण निरौला, सहसचिवमा महेन्द्रसुन्दर कार्की र कोषाध्यक्षमा प्रविन चापागाईं चयन हुनुभएको छ ।
यस्तै तुम्बेवा गाउँपालिकामा माओवादी केन्द्रले खड्ग सम्बाहाम्फेको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटी चयन गरेको छ । शनिबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा टङ्कबहादुर शेर्मा, शहरसिंह तामाङ र सुस्मा आङ्देम्बे तथा सचिवमा ख्यामबहादुर निरौला चयन हुनुभएको छ ।बाँकी रहेका हिलिहाङ, फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिकामा आज तथा फिदिम नगरपालिकामा भोलि अधिवेशन तय गरिएको माओवादी केन्द्र जिल्ला समन्वय समितिका सचिवालय सदस्य दीपक दुलालले जानकारी दिनुभयो । माओवादी केन्द्रको स्थानीय तहस्तरीय अधिवेशन सम्पन्न गर्न उक्त पार्टीका नेता गाउँपालिकाका केन्द्र पुगेका छन् ।
बागलुङका सात पालिकामा नयाँ नेतृत्व
बलेवा– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पालिका अधिवेशनअन्तर्गत बागलुङका सात वटा स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । शनिबारदेखि सुरु भएको पालिका अधिवेशनबाट जिल्लाका सात वटा स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको हो ।बागलुङ नगरपालिकामा इन्द्र केसी (पारस)को अध्यक्षतामा नगरकमिटी गठन भएको हो । कमिटीको सचिवमा राजु खड्का चयन हुनुभएको छ । जैमिनी नगरकमिटीको अध्यक्षमा झमन पाण्डे र सचिवमा शोभाप्रसाद शर्मा, ढोरपाटन नगरकमिटीको अध्यक्षमा भीम गौतम र सचिवमा वीरबहादुर घर्ती चयन भएको माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक ज्ञामनाथ गैरेले बताउनुभयो ।
निसीखोला गाउँकमिटीको अध्यक्षमा कुवीर विक र सचिवमा कुशल बुढा, ताराखोला गाउँकमिटीको अध्यक्षमा दिवस खत्री र सचिवमा फूलमायाँ पुन, काठेखोला गाउँकमिटीको अध्यक्षमा कृष्ण थापा र बडीगाड गाउँकमिटीको अध्यक्षमा मिलन रेश्मी र सचिवमा वीरेन्द्र बुढा चयन हुनुभएको छ ।शनिबार नै अधिवेशन उद्घाटन भएको गलकोट र तमाखोलामा आज मात्रै बन्दसत्र सुरु हुनेछ । बरेङ गाउँकमिटीले भने मङ्सिर १८ गतेका लागि भेला बोलाएको छ । “पार्टीको विधानअनुसार समावेशी कमिटी बनेका छन्”, गैरेले भन्नुभयोे, “दलित, जनजाति, महिला र युवाको उत्साहजनक सहभागिता रहेको छ ।” यो पटक माओवादीले दलित १५ प्रतिशत, महिला ३५ प्रतिशत र युवासमेत अनिवार्य सहभागी रहनेगरी कार्यसमितिको कोटा तोकेको जिल्ला इञ्चार्ज बलावती शर्माले जानकारी दिनुभयो ।
पाँच पालिकामा नेतृत्व चयन
म्याग्दी– नेकपा (माओवादी केन्द्र)को म्याग्दीका पाँच वटा स्थानीय तहमा शनिबार नेतृत्व चयन भएको छ । बेनी नगरपालिका, मङ्गला, रघुगङ्गा, मालिका र धवलागिरि गाउँपालिकामा शनिबार भएको प्रथम अधिवेशनबाट निर्विरोध नेतृत्व चयन भएको हो । शेरबहादुर केसीको अध्यक्षतामा गठन भएको बेनी नगर कमिटीको उपाध्यक्षमा अणबहादुर खड्का (भगवान), खिमबहादुर पुन, अम्बिका ढुङ्गाना, सचिवमा ज्ञानेन्द्र सुवेदी, कोषाध्यक्षमा पदम किसान र सहसचिवमा किसान विक रहनुभएको छ ।
यामबहादुर रोकाको अध्यक्षतामा गठन भएको मङ्गला गाउँपालिका कमिटीको उपाध्यक्षमा कुलप्रसाद पुन, मोहनलाल सापकोटा, सुकमाया रोका, सचिवमा तीर्थलाल विक, सहसचिवमा मनमाया चोचाङ्गे र कोषाध्यक्षमा मोतीलाल पौडेल चयन हुनुभएको छ । दोरण शेरचनको अध्यक्षतामा चयन भएको मालिका गाउँपालिकाको उपाध्यक्षमा दुर्गा फगामी, गौरी सेञ्चुरी, बुद्धिबहादुर जुग्जाली, सचिवमा धनकुमार पाइजा, सहसचिवमा शिव दर्जी र कोषाध्यक्षमा खड्ग छन्त्याल रहनुभएको छ ।
यामन रोकाको अध्यक्षतामा गठन भएको धवलागिरि गाउँपालिका कमिटीको उपाध्यक्षमा झकबहादुर छन्त्याल, रिमप्रसाद थापा र होममाया विक, सचिवमा रेशम पुन, सहसचिवमा चक्र पुन र कोषाध्यक्षमा रामबहादुर खत्री चयन हुनुभएको छ । मौवाफाँटमा भएको रघुगङ्गा गाउँपालिकाको अधिवेशनले हरि भण्डारीको अध्यक्षतामा गठन भएको कमिटीको उपाध्यक्षमा टेककुमारी खत्री, इन्द्रबहादुर मगर, सुनिल सुनार, सचिवमा भविन्द्र शेरपुञ्जा, सहसचिवमा कर्ण राना निर्वाचित हुनुभएको छ ।
सबै पालिकामा पदाधीकारी, सदस्य र प्रदेश अधिवेशन प्रतिनिधि निर्विरोध चयन भएका जिल्ला संयोजक रेशम जुग्जालीले जानकारी दिनुभयो । “४५ वटै वडामा नेतृत्व चयन भइसकेको छ”, उहाँले भन्नुभयो, “अन्नपूर्ण गाउँपालिकामा थप तयारी गरेर केही दिनमै अधिवेशन हुन्छ ।”
सात पदाधिकारीसहित नगरपालिकामा ६५ र गाउँपालिकामा ५५ सदस्यीय कमिटी चयन भएको हो । ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलित र पाँच प्रतिशत मुस्लिम समुदायको प्रतिनिधित्व भएको संयोजक जुग्जालीले बताउनुभयो । लामो समयपछि आन्तरिक प्रतिस्पर्धालाई आत्मसात गरेको सो पार्टीका सम्मेलन तथा अधिवेशनले नेता, कार्यकर्तामा उत्साह जगाएको छ । वडा, स्थानीय तह, प्रदेश हुँदै राष्ट्रिय सम्मेलनको तयारीमा माओवादी केन्द्र जुटेको छ ।
दोगडा र सिगासमा सर्वसम्मत नयाँ नेतृत्व
बैतडी– नेकपा (माओवादी केन्द्र)ले बैतडीमा पनि पालिका अधिवेशन कार्यलाई अघि बढाएको छ । शनिबार सुरु भएको पालिका अधिवेशनअन्तर्गत जिल्लाको दोगडाकेदार र सिगास गाउँपालिकामा सम्मेलन सम्पन्न भएको माओवादी केन्द्रका बैतडी संयोजक प्रेमप्रकाश भट्टले जानकारी दिनुभयो ।सम्मेलनबाट दुवै स्थानीय तहमा सर्वसम्मतरुपमा नयाँ नेतृत्व चयन भएको हो । दोगडाकेदारमा तारासिंह कुँवरको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटी चयन गरिएको जनाएको छ । उपाध्यक्षमा हेमराज भट्ट, मानसिंह गोयला र नरेन्द्रसिंह कार्की, सचिवमा धनबहादुर महरा, कोषाध्यक्षमा लक्ष्मी ओड, सहसचिवमा जयन्त विष्टलगायत अन्य सदस्य रहेका छन् ।
यस्तै सिगास गाउँपालिकामा प्रकाश साउँदको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटी गठन गरिएको छ । सो कमिटीको उपाध्यक्षमा उद्धव धाँमी, लक्ष्मण धाँमी र लक्ष्मी पोखरेल, सचिवमा रवीन्द्र चन्द, कोषाध्यक्षमा भीम धाँमी, सहसचिवमा दानसिंह साउँद चयन भएका छन् ।
अन्य बाँकी आठ पालिकामा पनि मङ्सिर २५ गते अगाडि नै पालिका सम्मेलन सम्पन्न हुने माओवादी केन्द्र बैतडीले जनाएको छ । माओवादी केन्द्रले पहिलो पटक देशभर एकैदिन पालिका अधिवेशन गरेको हो । तत्कालीन समयमा नेकपा (एमाले)सँग पार्टी एकता हुँदा समिति रहेको भए पनि अलग भएपछि पहिलोपटक विधिवत्रूपमा समिति बनाइएको हो । राष्ट्रिय सम्मेलनको तयारीमा रहेको माओवादीले यसअघि वडा अधिवेशन सम्पन्न गरिसकेको छ ।
तनहुँका पालिकामा नयाँ नेतृत्व
दमौली– नेकपा (माओवादी केन्द्र)ले तनहुँका सबै पालिकामा एकैसाथ अधिवेशन गरेको छ । जिल्लाका दशवटै पालिकामा माओवादी केन्द्रले एकसाथ अधिवेशन गरी नयाँ नेतृत्व चयन गरेको हो । अधिवेशन सम्पन्न भएर केही पालिकामा नेतृत्व चयन भइसकेको छ भने केही पालिकामा सहमतिको प्रयास भइरहेको जनाइएको छ ।भिमाद नगर कमिटीको अध्यक्षमा अमृत सिग्देल चयन हुनुभएको छ । अधिवेशनबाट कमिटीको उपाध्यक्षमा पदमराज सुवेदी, तुलसीप्रसाद सिग्देल, ओमदत्त थापा, सचिवमा दशरथ गैह्रे, सहसचिवमा बोधराज सिग्देल र कोषाध्यक्षमा तममाया थाप चयन हुनुभएको छ ।
ऋषिङ गाउँ कमिटीको अधिवेशनबाट वीरबहादुर थापाको अध्यक्षतामा ५५ सदस्यीय कमिटी र सात सदस्यीय सल्लाहकार कमिटी गठन गरेको माओवादी केन्द्र गण्डकी प्रदेश कमिटी सदस्य मदन आलेले जानकारी दिनुभयो । गाउँकमिटीको उपाध्यक्षमा मधुप्रसाद थापा, शर्मिला अलो, बसन्त सदाशङ्कर, सचिवमा डम्बरबहादुर विक, सहसचिवमा कुशबहादुर थापा र कोषाध्यक्षमा गोपाल रानाभाट चयन हुनुभएको हो ।
म्याग्दे गाउँकमिटीको अधिवेशनबाट दिलबहादुर नेपालीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । जसको उपाध्यक्षमा होमबहादुर आले, जमुना अधिकारी, डण्डमान श्रेष्ठ, सचिवमा बालकृष्ण श्रेष्ठ, सहसचिवमा सोमबहादुर सदाशङ्कर र कोषाध्यक्षमा शुकराम नेपाली चयन हुनुभएको छ ।
घिरिङ कमिटीको अध्यक्षमा चुननारायण श्रेष्ठ, उपाध्यक्षमा गोविन्दराज काफ्ले, विनु विक, मधु नेपाली, सचिवमा हरिहर अधिकारी, सहसचिवमा ओमबहादुर नेपाली र सहसचिवमा रामजी अर्याल चयन हुनुभएको छ । शुक्लागण्डकी नगरकमिटीको अधिवेशनले पदाधिकारीबाहेक सदस्य चयन गरेको छ । पदाधिकारीपछि तोक्नेगरी ६५ जनाको कार्यसमिति सर्वसम्मत चयन गरेको माओवादी शुक्लागण्डकी नगर कमिटीका नेता मनराज गुरुङले जानकारी दिनुभयो ।
माओवादी केन्द्रले यसअघि टोल, सेल कमिटीका भेला हुँदै वडा तहका अधिवेशन सम्पन्न गरिसकेको छ । लामो समयपछि आन्तरिक प्रतिस्पर्धालाई आत्मसात गरेको सो पार्टीका सम्मेलन तथा अधिवेशनले नेता, कार्यकर्तामा उत्साह जगाएको छ । वडा, स्थानीय तह, प्रदेश हुँदै राष्ट्रिय सम्मेलनको तयारीमा माओवादी केन्द्र जुटेको छ । प्रदेश तहको अधिवेशन यही मङ्सिर २५ गतेलाई तोकिएको छ । आउँदो पुस ११ देखि १३ गतेसम्म काठमाडौँमा राष्ट्रिय सम्मेलन हुँदैछ ।
प्रतिक्रिया