१२ मङ्सिर ९रासस÷एएनआई० ः भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप आठ हजार ७७४ जना सङ्क्रमित भएका केन्द्रिय स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको छ । यसै अवधीमा कोरोना सङ्क्रमणबाट ६२१ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । यसैसँगै भारतमा कोरोना शुरु भएबाट हालसम्म कोरोनाबाट चार लाख ८ हजार ५५४ जनाको मृत्यु भएको छ ।
भारतमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख ५ हजार ६९१ रहेको जनाइएको छ । सक्रिय सङ्क्रमितको यो संख्या ५४३ पछिकै सबैभन्दा कम भएको पनि मन्त्रालयका अधिकारीले जनाएका छन् । पछिल्लो २४ घण्टामा भारतमा नौ हजार ८६८ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । भारतमा अहिलेसम्म सङ्क्रमण मुक्ति भएकाको सङ्ख्या तीन करोड ३९ लाख ७७ हजार ८३० रहेको मन्त्रालयले जनाएको छ । हिजो शनिबार ९ हजार ४८१ व्यक्ति कोरोनाबाट मुक्त भएका छन् । भारतमा कोरोना मुक्ति दर कूल सङ्क्रमितको ९८।३३ प्रतिशत पुगेको छ । कोरोना सङ्क्रमण निको भएकाको यो दर २०२० को मार्चपछिकै सबैभन्दा धेरै भएको मन्त्रालयका अधिकारीको भनाइ रहेको छ । यसैसँगै भारतमा कोरोना शुरुभएयता हालसम्म तीन करोड ३९ लाख ९८ हजार २७ व्यक्ति कोरोना भाइरस सङ्क्रमणबाट निको भएको जनाइएको छ ।
यहाँ हालसम्म ६४ करोड भन्दा बढी व्यक्तिको कोरोना भाइरसको परीक्षण भएको जनाइएको छ । भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब २१ करोड ९४ लाख भन्दा बढी डोज खोप लगाइएको छ ।
यो पनि – बेलायतमा कोरोनाको भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन भेटिएपछि थप प्रतिबन्धको घोषणा
१२ मङ्सिर (रासस÷सिन्ह्वा) ः हालै अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन भेटिएपछि बेलायतले थप प्रतिबन्धहरुको घोषणा गरेको छ । प्राप्त समाचारहरुमा बेलायतले अहिलेको भन्दा थप कडा प्रतिबन्धहरुको घोषणा गरेको हो । त्यस्तै बेलायत आउने अरु देशका उडानहरुमा पनि निगरानी गरिएको छ ।
बेलायत आउने हरेक यात्रुले दुई दिन मात्र यताको स्वास्थ्य रिपोर्ट अनिवार्य रुपमा देखाउनुपर्ने र बेलायत पुगेपछि पनि पिसिआर टेष्ट गरिने छ ।यसरी गरिएको परीक्षणमा यदि कोरोना भाइरस पोजेटिभ देखिएमा आफै आइसोलेसनमा बस्नुपर्ने र नेगेटिभ रिपोर्ट आएपछि मात्र बाहिर निस्किन पाउने बताइएको छ ।
हालै अफ्रिकामा देखिएकोे भनिएको नयाँ भाइरस बेलायतमा देखिएको कुरा यहाँका स्वास्थ्य मन्त्री सजिद जाभिदले शनिबार जानकारी दिनुभएको छ ।
यो भाइरसको सङ्क्रमण देखिएका दुई जनालाई आइसोलेसनमा राखिएको र उनीहरुको थप स्वास्थ्य अनुसन्धान जारी रहेको पनि उहाँले बताउनुभएको छ । बेलायतका प्रधानमन्त्रीले यो भाइरसको प्रभाव अहिलेको भन्दा निकै खतरनाक रहेको भन्दै थप प्रतिबन्धहरुका बारेमा जानकारी दिनुभएको हो ।उहाँले हाललाई विदेशबाट आउने उडानहरुमा सतर्कता अपनाइने र यात्रुहरुको पिसीआर परीक्षणलाई अनिवार्य गरिने जानकारी दिनुभएको हो ।साथै बेलायतमा यात्राका क्रममा तथा सार्वजनिक यातायातमा अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने नियम पनि सार्वजनिक गरिएको बताइएको छ ।



प्रतिक्रिया