पार्टीलाई विधिसम्मत ढङ्गले सञ्चालन गर्नुपर्छ : नेता सिंह

पार्टीलाई विधिसम्मत ढङ्गले सञ्चालन गर्नुपर्छ : नेता सिंह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसलाई बलिायो बनाउन पार्टीलाई विधिसम्मत ढङ्गले सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौँको १४औँ अधिवेशनको आज उद्घाटन गर्दै उहाँले कांग्रेस बलियो भएमात्र लोकतन्त्र बलियो हुने उल्लेख गर्नुभयो । विधान, नीति, नियमलाई सँगै लिएर पार्टी सञ्चालन गर्नका लागि नेतृत्व परिवर्तन हुन जरुरी रहेको नेता सिंहले बताउनुभयो । संविधान निर्माणको नेतृत्व गरेको दलले निर्वाचनमा भोट माग्न जाँदा पराजित हुनु दुःखद् क्षण भएको उहाँको भनाइ थियो ।

कांग्रेस केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टीको १४औँ महाधिवेशनले नयाँ नेतृत्वलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । कांग्रेसलाई बलियो बनाए संविधान र लोकतन्त्र बलियो हुने उहाँको भनाइ थियो । कांग्रेस काठमाडौँका सभापति कृष्ण (सबुज) बानियाँले आफ्नो पाँच वर्षे कार्यकाल सम्पन्न गर्न कांग्रेस काठमाडौँका नेता तथा कार्यकर्ताको महत्वपूर्ण साथ सहयोग रहेको भन्दै सबैलाई धन्यवाद दिनुभयो । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य किरण गिरी, सांसद भीमसेनदास प्रधान, राजेन्द्रकुमार केसीलगायतको सहभागिता थियो ।

यो पनि -एमाले बन्दसत्र साँझ ७ बजेदेखि

बिहान १० बजे हुने भनिएको नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज साँझ ७ बजेदेखि सुरु हुनेभएको छ । चितवनको सौराहामा जारी महाधिवेशनको बन्दसत्र ७ बजेदेखि सुरु हुने एमाले नेता गोकुल बाँस्कोटाले जानकारी दिनुभयो । अध्यक्ष केपी शर्मा ओलीलाई भेटेपछि नेता बाँस्कोटाले सञ्चारकर्मीलाई सोबारे जानकारी दिँदै सहमतिको प्रयासको निरन्तरताका लागि पहल भइरहेको बताउनुभयो । उहाँले अध्यक्षका आकांक्षी निवर्तमान उपाध्यक्ष डा भीम रावल एमालेकै नेता भएको र पार्टीमै रहेको स्पष्ट पार्नुभयो ।

एमालेका निवर्तमान सचिव पृथ्वीसुब्बा गुरुङले महाधिवेशनमा नयाँ नेतृत्वका लागि ९० प्रतिशतसम्म सहमति भइसकेको र आजै महाधिवेशन सम्पन्न हुने जानकारी दिनुभयो । निर्वाचनको तयारी गरेको केन्द्रीय निर्वाचन आयोग भने सहमति हुने भएपछि मौन छ ।