चीनको सबैभन्दा ठूलो ‘नूनपानी ताल’ (किङ्हाई ताल) मा झण्डै एक लाख ९० हजार जलपंक्षी देखिएका छन् । यो वर्षमा जलमा बस्ने चराहरूको सङ्ख्यामा ३६.५ प्रतिशतले वृद्धि भएको राष्ट्रिय प्रकृति आरक्षले गरेको हिउँदे गणनाले देखाएको हो । आरक्षले २४ नोभेम्बरदेखि तालको हिउँदे गस्ती गर्दै जलचरहरूको लेखाजोखा राख्ने गर्छ ।

यस अवधिमा आरक्षमा निगरानी गरिएका ३० प्रकारका चराहरूमध्ये चीनमा दोस्रो श्रेणीको राष्ट्रिय संरक्षणअन्तर्गत पाइने जंगली प्रजातिका लगभग ५६० हाँस (हुपर स्वान) हरू हिउँदको लागि तालको भ्रमण गरेका छन् ।आरक्षको प्रशासन विभागका अनुसार गत वर्षको सोही अवधिमा रेकर्ड गरिएको संख्याभन्दा हेपर स्वानको सङ्ख्या पनि २३० भन्दा बढीले बढेको छ ।
चीनको उत्तरपश्चिमी किङहाई प्रान्तमा अवस्थित यो ताल मध्य एसियाबाट भारत र पूर्वी एसियादेखि अस्ट्रेलियासम्म बसाइँ सर्ने चराहरूका लागि प्रमुख पारगमन बिन्दु हो ।यो किङ्गहाई–तिब्बत पठारमा जलपक्षीको लागि हिउँदको महत्पूर्ण घर पनि हो ।हरेक वर्ष, हुपर स्वानहरू आफ्नो प्रजनन स्थल छोडेर हिउँदको लागि सेप्टेम्बर महिनाको मध्यदेखि सेप्टेम्बर महिनाको अन्तसम्म किङ्घाई तालमा उड्छन् । मार्च महिनाको अन्ततिर वा अर्को वर्षको अप्रिलमहिनाको सुरुतिर ताल नफुटेसम्म तिनीहरू ताल छोड्दैनन् ।
यो पनि – इटालीमा पनि ओमिक्रोन भेरिएन्टको पहिलो सङ्क्रमित भेटियो
इटालीको दक्षिणी क्याम्पानिया क्षेत्रका एक नागरिकमा कोरोनाभाइरसको ओमिक्रोन भेरिएन्ट को पहिचान गरिएको इटालियाली अधिकारीलाई उद्धृत गरी यहाँको सरकारी समाचार संस्था (आन्सा)ले आइतबार समाचार सम्प्रेषण गरेको छ । सङ्क्रमित व्यक्ति ‘केही दिन पहिले’ मोजाम्बिकबाट मिलान फर्केका बताइएको छ ।
एउटा अन्तरराष्ट्रिय कम्पनीका कर्मचारी ती बिरामीले दुवै मात्रा खोप लगाइएको थियो ।आइतबार क्याम्पानिया क्षेत्रको प्रशासनद्वारा जारी वक्तव्यमा भनिएको छ,“दक्षिण अफ्रिकाबाट फर्केका ती नागरिकमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै उनको पाँच जनाको परिवार र उनलाई सङ्क्रमण फैलिन रोक्न भनी तत्काल छुट्टै राखी उपचार सेवा शुरू गरिएको छ ।
मिलानस्थित साक्को अस्पतालमा परीक्षण पछि मोजाम्बिकबाट आएका ती व्यक्तिमा ओमिक्रोन सङ्क्रमण पुष्टि भएको हो ।बिरामी र उनका परिवार सबै स्वास्थ्य संस्थाको सम्पर्कमा रहेको र अहिलेसम्म सबैको स्वास्थ्य अवस्था राम्रो रहेको आइतबार इटालीको नेशनल इन्स्टिच्यूट अफ हेल्थले जानकारी गराएको छ ।
विश्व स्वास्थ्य संगठनले गत शुक्रबार सार्स–कोभ–२ को नवीनतम संस्करण बी.१.१.५२९ लाई ‘चिन्ताको विषय’ घोषणा गरेको थियो । संगठनले यो संस्करणलाई कोभिडको खतरनाक भाइरस भन्दै आधिकारिक रूपमा यसलाई ग्रीक नाम ओमिक्रोन दिएको थियो । विश्व स्वास्थ्य संगठनले विश्व समुदायलाई यस नयाँ ‘भेरिएन्ट’ विरुद्ध निगरानी र नियन्त्रणको प्रयासलाई अझ बढाउन आग्रह गरेको छ ।
शनिबार इटालियाली स्वास्थ्य मन्त्री रोबर्टो स्पेरान्जाले विगत १४ दिनमा दक्षिण अफ्रिका, लेसोथो, बोत्स्वाना, जिम्बाबे, मोजाम्बिक, नामिबिया, एस्वाटिनी र मलावीको भ्रमण गरेका मानिसहरूमाथि यात्रा प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गर्नुभएको थियो ।



प्रतिक्रिया