कांग्रेस काठमाडौँको मतदान सकियो, केहीबेरमा मतगणना हुने

कांग्रेस काठमाडौँको मतदान सकियो, केहीबेरमा मतगणना हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेस काठमाडौँको मतदान सकिएको छ । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत आज बिहान १० बजेदेखि सुरु भएको मतदान केही बेर अगाडि सम्पन्न भएको हो । मतदानमा तीन हजारभन्दा बढी क्षेत्रीय प्रतिनिधिले भाग लिएका छन् ।  काठमाडौँ कांग्रेसका सभापति कृष्ण (सबुज) बानियाँले सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएकाले आज रातिदेखि नै मतगणना गरिने जानकारी दिनुभयो ।

सबैभन्दा धेरै निर्वाचन क्षेत्र रहेको काठमाडौँमा १० निर्वाचन क्षेत्र, २० प्रदेश सभा निर्वाचन क्षेत्र, १० नगरपालिका र एक महानगरपालिका तथा १३८ वडा रहेका छन् । कांग्रेस काठमाडौँको वडा अधिवेशन, पालिका अधिवेशन, प्रदेशसभा क्षेत्र अधिवेशन र क्षेत्रीय अधिवेशन यसअघि नै सम्पन्न भइसकेको छ ।काठमाडौँ कांग्रेसको सभापतिका लागि वर्तमान सभापति बानियाँ र क्षेत्र नं २ का सभापति उपेन्द्र कार्कीबीच समूहसहित प्रतिस्पर्धा भएको छ । बानियाँ समूहको उपसभापतिमा राजकुमार नकर्मी र गोकर्ण केसी, सचिवमा इन्द्रबहादुर थापा र गोविन्द पुडासैनी र सहसचिवमा रोमेल श्रेष्ठ र प्राडा अमिता प्रधानले उम्मेदवारी दिनुभएको छ ।

यस्तै कार्की समूहको उपसभापतिमा धर्मराज अर्याल र रामलाल श्रेष्ठ, सचिवमा कुमारराज सुवेदी र सागर रञ्जित तथा सहसचिवमा लक्ष्मण गौतम र सुस्मिता प्रधानले उम्मेदवारी दिनुभएको छ । कांग्रेसको प्रदेश अधिवेशन यही मङ्सिर १६ र १७ गते तथा केन्द्रीय महाधिवेशन मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा गर्ने तय भएको छ ।

यो पनि-  कांग्रेस महाधिवेशन : सुर्खेत सभापतिमा पोखरेल निर्विरोध

नेपाली कांगे्रस जिल्ला कार्य समिति सुर्खेतको सभापतिमा खडक पोखरेल निर्विरोध चयन हुनुभएको छ । सभापति पदमा उहाँको एकल उम्मेदवारी परेको थियो । जिल्ला अधिवशेन शुक्रबार सुरु हुने तालिका तय भएपनि क्षेत्र नं १ मा मतपत्र छपाईमा त्रुटी हुँदा दलित महाधिवेशन प्रतिनिधिको शनिबार पुनः निर्वाचन भएको थियो । सहायक जिल्ला निर्वाचन अधिकृत दुर्गाप्रसाद सापकोटाका अनुसार जिल्ला कार्य समितिका दुई उपसभापति, दुई सचिव, दुई सहसचिव र सदस्य पदका लागि भने मतदान भएको छ ।

उपसभापतिमा विष्णुबहादुर खड्का, टोपबहादुर रावत, टेकबहादुर सिंह र शोभा शर्मा, सचिवमा देवकुमार सुवेदी, बालदिप कँडेल, अनन्त पौडेल र जनकबहादुर रावल तथा सहसचिवमा प्रकाश डिसी, हरि विष्ट, भीमबहादुर शाही र लोकबहादुर पन्तको उम्मेदवारी परेको छ ।