जाजरकोट बस दुर्घटनाप्रति मुख्यमन्त्री शाहीद्वारा दुःख व्यक्त

जाजरकोट बस दुर्घटनाप्रति मुख्यमन्त्री शाहीद्वारा दुःख व्यक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज जाजरकोटमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । शोक वक्तव्य जारी गर्दै उहाँले दुर्घटना लगत्तै घाइतेको उद्धार गरी उपचारको व्यवस्था मिलाइएको बताउनुभयो । नेपालगञ्जबाट जाजरकोटको कालीमाटीतर्फ जाँदै गरेको ना६ख २७५७ नम्बरको रात्रि बस भेरी नगरपालिका–१३ बराचौर नजिकै दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा २८ जना घाइते भएका थिए । गम्भीर घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टर र गाडीमा नेपालगञ्ज पु¥याइएको छ ।

कर्णालीमा बारम्बार हुने सडक दुर्घटना न्यूनीकरणका लागि यातायातका साधनको नियमित अनुगमन, सिट क्षमताअनुसार यात्रु राखे÷नराखेको जाँच गर्न सुरक्षा निकाय र सरोकारवाला पक्षलाई निर्देशन दिएको शाहीको वक्तव्यमा उल्लेख छ । मुख्यमन्त्री शाहीले उक्त वक्तव्यमार्फत मृतकप्रति श्रद्धाञ्जली, घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना र शोकमा रहेका आफन्तजनप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

यो पनि – सर्लाहीमा एकै परिवारका आमा र दुई छोरीहरु झुण्डीएको अवस्थामा मृत फेला

सर्लाहीको बरहथवा नगरपालिका–१ हजरियामा एकै परिवारका तीन जना मृत भेटिएका छन् । मृत भेटिनेमा आमा र उनका दुई छोराछोरी छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंका अनुसार कविता हजारी घरभित्रै झु.ण्डिएको अवस्थामा तथा उनकी ६ वर्षीया छोरी र चार वर्षीय छोरा भुइँमा लडेको अवस्थामा भेटिएका हुन् । घटनाबारे अनुसन्धान भइरहेको छ । तीनै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल मलङ्गवा ल्याइएको छ ।

यो पनि – सुन कछुवासहित चार पक्राउ

काठमाडौँ महानगरपालिका–१३ सोल्टी दोबाटोबाट सुन कछुवासहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूका साथबाट कछुवासहित रु ३६ हजार ६५५ पनि बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडाँैले जनाएको छ ।पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ बालाजु बस्ने ४४ वर्षीय सञ्जय तामाङ, तनहुँ घर भई काठमाडौँको माछापोखरी बस्ने प्रकाश खाती, दोलखा घर भई बूढानीलकण्ठ बस्ने राजकुमार तामाङ र तनहुँ घर भई हाल रानीबारी बस्ने हरि परियार रहेका परिसरले आज एक सूचना जारी गरी जनाएको छ ।

पहेँलो कछुवा अबैधरूपमा बिक्री गरिरहेको भन्ने जानकारीका आधारमा शनिबार साँझ खोजतलासमा गएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूका विषयमा प्रहरी वृत्त कालीमाटीमा प्रारम्भिक अनुसन्धानपछि थप कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार पठाइएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक निरञ्जन दत्त भट्टले जानकारी दिनुभयो ।

हराएका मोटरसाइकल फेला पारी धनीलाई हस्तान्तरण

यसैबीच, महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न स्थानबाट हराएका २३ थान मोटरसाइकल तथा स्कुटरहरू फेला पारी सम्बन्धित धनीलाई आज बुझाएको छ । महाशाखाले कात्तिकमा पनि २३ वटै मोटरसाइकल सम्बन्धित धनीलाई बुझाएको थियो ।महाशाखाले उपत्यका र आसपासका चक्रपथ, नयाँ बानेश्वर, बसुन्धारा, पुरानो बानेश्वर, नारायणटार, नागर्जुन, सातदोबाटो, कोटेश्वर, काँडाघारी, कङ्लकी, भैँसेपाटी, भीमसेनगोला, गङ्गालाल, लोकन्थली, कपन, सानेपा, माकलबारी, मङ्गलबजार, टोखा, विजेश्वरी, र चागल स्वयम्भूलगायत विभिन्न स्थानबाट हराएका मोटरसाइकल फेला पारेको थियो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले विशेष सूचना सङ्कलन तथा सुराकीमार्फत ती मोटरसाइकल वरामद गरेको जानकारी दिनुभयो ।

सवारी हराएको थाहा पाउनासाथ हटलाइन नम्बर ‘१०३’ वा अनलाइन सेवा ‘लस्ट भेहिकल एप्लिकेसन’ लगइन गरेर निवेदन दिन सकिन्छ । सवारीको सुरक्षाका लागि अतिरिक्त लक र अलाराम प्रयोग गर्न महाशाखाले सवारी प्रयोगकर्तालाई अपिल गरेको छ । यस आर्थिक वर्ष २०७८÷७९ मा हराएका १७६ मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको छ भने मोटरसाइकल चोरीमा संलग्न २१ जनालाई चोरीका मोटरसाइकलसहित सम्बन्धित प्रहरी वृत्तहरुमा कारबाहीका लागि पठाएको महशाखाले जनाएको छ ।