एमाले महाधिवेशन : अध्यक्षमण्डल बैठक सुरु

एमाले महाधिवेशन : अध्यक्षमण्डल बैठक सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवनको सौराहामा जारी नेकपा (एमाले) को १० औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र स्थलमा अध्यक्ष मण्डलको बैठक सुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली बन्दसत्र स्थलमा प्रवेश गरेसँगै अध्यक्षमण्डलको बैठक सुरु भएको हो । महाधिवेशनको अध्यक्षमण्डलमा अध्यक्ष ओली, उपाध्यक्षहरू भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य सदस्य रहनुभएको छ । त्यस्तै महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ पनि रहनुभएको छ ।

त्यसैगरी स्थायी कमिटी सदस्यहरू टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा र लालबाबु पण्डित पनि अध्यक्षमण्डलमा हुनुुहुन्छ । अध्यक्षमण्डलको बैठकपछि बन्दसत्र सुरु हुने बताइएको छ । बैठकले पदाधिकारी र केन्द्रिय सदस्यको नाममा सहमति गर्ने र आजै घोषणा गर्ने सम्भावना रहेको नेताहरुले बताएका छन् । बन्दसत्र स्थलबाहिर अध्यक्ष ओलीको नेतृत्वमा सर्वसम्मत हुनुपर्ने माग गर्दै कार्यकर्ताले नाराबाजी गरिरहेका छन् । बिहान १० बजे शुरु हुने भनिएको बन्दसत्र साँझ ७ बजे सुरु हुने भनिए पनि ढिला गरी सुरु भएको हो । आठ बजेपछि प्रतिनिधिहरु बन्दसत्र हलमा प्रवेश गरेका थिए ।

यो पनि -एमाले महाधिवेशन : बन्दसत्र सुरु हुँदै

चितवनको सौराहामा जारी नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र केहीबेरमा सुरु हुँदैछ । बिहान १० बजे शुरु हुने भनिएको बन्दसत्र साँझ ७ बजे सुरु हुने भनिए पनि ढिला गरी सुरु हुन लागेको हो । आठ बजेका लागि प्रतिनिधिलाई बन्दसत्र हलमा बोलाइएको छ । बिहानको खानापछि बन्दसत्र हलमा प्रवेश गरेका प्रतिनिधि दिनभर बन्दसत्र सुरु हुने नहुने अन्योलमा बसेका थिए । अहिले प्रतिनिधि बन्दसत्र हलमा प्रवेश गर्न थालेको छन् ।

बन्दसत्र सारेर अहिले महाधिवेशन अध्यक्षमण्डलको बैठक बसिरहेको छ । बैठकमा केपी शर्मा ओलीले तयार पारेको पदाधिकारी र केन्द्रीय सदस्यको सूचीमाथि छलफल भइरहेको छ ।महाधिवेशनको अध्यक्षमण्डलमा ओली, उपाध्यक्षहरू भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य सदस्य रहनुभएको छ । त्यस्तै महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ पनि रहनुभएको छ । त्यसैगरी स्थायी कमिटी सदस्यहरू टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा र लालबाबु पण्डितलाई पनि अध्यक्षमण्डलमा हुनुुहुन्छ ।

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले सहमतिमै नेतृत्व चयन गरिने भएकाले बन्दसत्र सुरु गर्न समय लागेको बताउनुभयो । उहाँले सहमतिको अन्तिम खाका तयार गर्न शिर्ष नेताहरु जुटेको जानकारी दिनुभयो । पार्टी अध्यक्ष ओलीलगायतका नेता दिनभर आवासका लागि प्रबन्ध गरिएको होटेलमा अनौपचारिक छलफलमा जुट्नुभयो ।

यो पनि – एमाले महाधिवेशनमा पत्रकारका लागि सहायता कक्ष

नेकपा (एमाले)को सौराहामा जारी दशौँँ राष्ट्रिय महाधिवेशनमा सहभागी सञ्चारकर्मीलाई प्रेस चौतारी नेपाल, चितवन शाखाले सहायता कक्षमार्फत व्यवस्थापन र अन्य सहयोग गरेको छ । महाधिवेशनमा समाचार सङ्कलनका लागि केन्द्र र स्थानीयस्तरबाट आएका सञ्चारकर्मीलाई समाचार सङ्कलनमा सहजीकरण गरेको चौतारीका जिल्ला अध्यक्ष सुवास पण्डितले बताउनुभयो ।

चौतारी बागमती प्रदेशका सदस्य एवं महाधिवेशन प्रचार सहयोग समिति, चितवनका सचिव तिलक रिमालले पत्रकारलाई सहजीकरण गर्न मिडिया सेन्टरसमेत स्थापना गरिएको बताउनुभयो । पत्रकारलाई समाचार सम्प्रेषण गर्न सहज तुल्याउन मिडिया सेन्टरमा आवश्यक इन्टरनेट र कम्प्युटरको सहज व्यवस्था गरिएको उहाँको भनाइ छ ।

रिमालले भन्नुभयो, “मिडिया सेन्टरमा बसेर पत्रकारलाई समाचार तयार गर्न सहज भएको छ ।” चौतारीले हेल्पडेस्कबाट पानी, चिया, अण्डा र केरासमेत निःशुल्क वितरण गरिरहेको छ । यस्तै स्वास्थ्य सामग्री मास्क, स्यानिटाइजर पनि वितरण गरिएको छ ।

पण्डितले भन्नुभयो, “हामीले रिपोर्टिङ मात्र गर्ने होइन, सामाजिक काम पनि गछौँ भन्ने उदाहरण सौराहामा प्रस्तुत गरेका छौँ ।” भरतपुरको नारायणी नदी किनारमा सम्पन्न महाधिवेशनको उद्घाटन सत्रमा चौतारी चितवनले प्रकाशन गरेको चौतारी स्मारिका एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट विमोचन गरिएको थियो ।