एमाले महाधिवेशन ः विहान ८ बजेदेखि निर्वाचन प्रक्रिया

एमाले महाधिवेशन ः विहान ८ बजेदेखि निर्वाचन प्रक्रिया

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा (एमाले)को सौराहामा जारी १० औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बिहान ८ बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुने भएको छ । केन्द्रीय निर्वाचन आयोगले संशोधनसहितको कार्यतालिका सार्वजनिक गरेको हो । यसअघि आइतबार राति नै मतदाता नामावलीदेखि उम्मेदवारीको काम सक्ने गरी प्रकाशन गरेको निर्वाचन कार्यतालिका तत्कालै संशोधन गरिएको थियो । पछिल्लो कार्यतालिका अनुसार बिहान ८ बजेदेखि ९ः२० बजेसम्म उम्मेदवारलाई दरखास्त फारम वितरण गरिनेछ । यस्तै ८ बजेदेखि बिहान ९ः३० बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ ।

बिहान १०ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिने निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले जानकारी दिनुभयो । बिहान १०ः३० देखि १०ः४५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ भने १०ः५० बजे उजुरीउपर छानबिन र निर्णय हुनेछ ।यस्तै बिहान ११ः५५ देखि १२ बजेसम्म उम्मेदवारलाई उम्मेदवारी फिर्ताको समय दिइनेछ । बिहान १२ः५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र साँझ ९ बजेदेखि मात्रै मतदान सुरु हुनेछ । मतदानको समय मङ्गलबार बिहान ३ बजेसम्म तोकिएको छ । मतदान सकिएपछि मतगणना हुनेछ ।

एमालेमा केन्द्रीय समितिदेखि पदाधिकारीसम्म नेतृत्व चयनका लागि सर्वसम्मत प्रयास गर्ने जिम्मा केपी ओलीलाई दिइएको थियो । अध्यक्ष ओलीले आइतबार राति प्रस्तावित पदाधिकारी र केन्द्रीय कमिटीको नाम पेश गर्नुभएको छ । उहाँले १९ पदाधिकारी र ३०१ जना केन्द्रीय सदस्यको नाम पढेर सुनाउनुभएको थियो । विगतको केन्द्रीय कमिटीका अधिकांशलाई समेट्दै ओलीले केन्द्रीय सदस्य थप गर्नुभएको छ । उहाँले प्रस्ताव गर्नुभएका नाममा महाधिवेशन प्रतिनिधिले ताली बजाएका थिए । यद्यपि केन्द्रीय सदस्यमा निर्वाचित हुनका लागि निर्वाचनको प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।

एमाले नेता भीम रावल र घनश्याम भुसाल निर्वाचनको पक्षमा हुनुहुन्छ । उहाँहरुले केपी शर्मा ओलीको सर्वसम्मतको प्रयासलाई अस्वीकार गर्नुभएको छ । एमालेका १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी हुने व्यवस्था रहेको छ ।

यो पनि – कांगे्रस महाधिवेशन ः दैलेख सभापतिमा रेग्मी

नेपाली कांगे्रसको आसन्न १४ औँ महाधिवेशनअन्तर्गत दैलेख जिल्ला कार्य समितिको सभापति पदमा मणिराम रेग्मी निर्वाचित हुनुभएको छ । प्रतिद्वन्द्वी घनश्याम भण्डारीलाई ३७ मत अन्तरले हराउँदै ७९१ मत ल्याएर उहाँ विजयी हुनुभएको हो । गत शुक्रबारदेखि सुरुआत भएको अधिवेशनमा शनिबार मतदान र आइतबार साँझ मतगणना सम्पन्न भएको थियो । जिल्ला नेतृत्व चयनका लागि भएको मतदानमा एक हजार ५५९ मत खसेको थियो । कांगे्रसका जिल्ला निर्वाचन अधिकृत अधिवक्ता विवशकुमार बस्नेतले उपसभापतिमा नवराज शाही, रीताकुमारी शाही, सचिवमा खेमराज वली, नारायणप्रसाद रेग्मी, सहसचिवमा कनकबहादुर सेन र महेन्द्रबहादुर शाही निर्वाचित हुनुभएको छ । त्यस्तै, प्रदेश महाधिवेशन प्रतिनिधिमा विमलविक्रम शाही र केन्द्रीय महाधिवेशन प्रतिनिधिमा नरबहादुर खड्का निर्वाचित हुनुभएको जानकारी दिनुभयो ।

कांगे्रसका पुराना नेता नवनिर्वाचित रेग्मी १३ औँ महाधिवेशनमा पनि सभापतिको उम्मेदवार भई पराजित हुनुभएको थियो । दैलेख क्षेत्र नं २ का पूर्वक्षेत्रीय सभापति भण्डारी हाल दुल्लू नगरपालिकाका प्रमुख हुनुहुन्छ ।