एमाले महाधिवेशन ः प्रस्तावित पदाधिकारी तथा केन्द्रीय कमिटी नामावली पेश

एमाले महाधिवेशन ः प्रस्तावित पदाधिकारी तथा केन्द्रीय कमिटी नामावली पेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा (एमाले)को सौराहामा जारी १० औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत गएरातिको बन्दसत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तावित पदाधिकारी तथा केन्द्रीय कमिटी नामावली पेश गर्नुभयो । उहाँले बन्दसत्रमा १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्यको नाम पढेर सुनाउनुभएको थियो । पदाधिकारीमा अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल हुनुहुन्छ ।

यसैगरी उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य , सुरेन्द्र पाण्डे , रामबहादुर थापा ‘बादल’ , सुवास नेङ्वाङ र विष्णु पौडेललाई प्रस्ताव गरिएको छ । यसैगरी महासचिवमा शङ्कर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल तथा सचिवमा टोपबहादुर रायमाझी, रघुविर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्यमा अर्याललाई हुनुहुन्छ ।

यो पनि – माओवादी पालिका अधिवेशन ः दाङका छ पालिकामा नयाँ नेतृत्व चयन

नेकपा (माओवादी केन्द्र) को पालिका अधिवेशन अन्तर्गत दाङका छ पालिकामा नयाँ नेतृत्व चयन भएका छन् । शनिबार भएको अधिवेशनले जिल्ला १० पालिकामध्ये छ पालिकाले सर्वसम्मत नेतृत्व चयन गरेको हो । घोराही उपमहानगरपालिका, बबई, शान्तिनगर, दङ्गीशरण , बङ्गलाचुली र गढवा गाउँपालिकाको नेतृत्व चयन भइसकेको छ । निर्वाचन समितिले जनाए अनुसार घोराही उपमहानगरपालिकाको अध्यक्षमा प्रमोद शर्मा, उपाध्यक्षमा सुशीला शर्मा, खिमबहादुर चौधरी र रमेश ओली निर्वाचित भएका छन् भने सचिवमा भागिदास चौधरी, सहसचिवमा मने विश्वकर्मा र कोषाध्यक्षमा दिलकुमारी विकलाई चयन गरिएको छ ।

त्यस्तै बबईको अध्यक्षमा डिल्ली बुढाथोकी, उपाध्यक्षमा रमेश सुनार, प्रेम जिसी र यज्ञबहादुर तथा सचिवमा अन्जु घर्ती, सहसचिवमा खुमबहादुर विक र कोषाध्यक्षमा परेकलाल बुढालाई चयन गरिएको छ ।बङ्गलाचुलीका अध्यक्षमा डोमकान्त कवर मगर, उपाध्यक्षमा गिरिराज बाँठा, युमना थापा घर्ती, रमा पुन, कोषाध्यक्षमा वासुदेव महरा, सचिवमा दामोदर खड्का र सहसचिवमा शोभाराज विश्वकर्मालाई चयन गरिएको छ ।

त्यसैगरी शान्तिनगरको अध्यक्षमा नेवबहादुर रोका, उपाध्यक्षमा खगेन्द्र शर्मा, प्रदीप ओली र रीता बटाला सचिवमा पिमलाल ओली, सहसचिवमा हीरा सुनार र कोषाध्यक्षमा जङ्गबहादुर पुनलाई चयन गरिएको छ । दङ्गीशरण्का अध्यक्षमा मणिराम शर्मा, उपाध्यक्षमा वीरबहादुर वली, निर्मला चौधरी र ममता परियार, सचिवमा दीपक गौतम, सहसचिवमा टङ्क ओली र कोषाध्यक्षमा हरिबहादुर ककरेल निर्वाचित हुनुभएको छ ।

गढवाका अध्यक्षमा यामनारायण पोखरेल, उपाध्यक्षमा दीपा पुन, वसन्ती चौधरी र देवराज यादब, सचिवमा कैलास चौधरी, सहसचिवमा ज्ञानबहादुर परियार र कोषाध्यक्षमा वसन्त गिरीलाई चयन गरिएको छ ।तुलसीपुरको नेतृत्व चयन कार्य अझै टुङ्गिन सकेको छैन । लमही नगरपालिकामा सदस्य टुङ्ग्याइएको छ । पदाधिकारीको भने यही मङ्सिर १५ गते छनोट गरिने भएको छ ।