कनकाईमा बस दुर्घटना, एकको मृत्यु २३ घाइते

कनकाईमा बस दुर्घटना, एकको मृत्यु २३ घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको विरिङ पुलमा भएको सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ८०४१ नम्बरको बस आइतबार अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किएर दुर्घटना हुँदा कनकाई–७ का १६ वर्षीय उत्सव पौडेलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते भएकामध्ये ११ जनाको विर्तामोडस्थित बिएण्डसी अस्पताल र १२ जनाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । घटनाबारे दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि –

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनका कारण चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्यटकीय गतिविधि बढेको छ । एमालेको चितवनमा जारी महाधिवेशनका लागि आएका पार्टीका नेता, प्रतिनिधि तथा कार्यकर्ताका कारण निकुञ्ज र मध्यवर्ती क्षेत्रको पर्यटकीय चहल पहल बाक्लिएको हो

बाघमारा सामुदायिक वनका कार्यालय सचिव हरि आचार्यले पछिल्लो तीन दिनमा हात्ती सफारी र जङ्गल सफारी गर्नेको सङ्ख्यामा तीन दोब्बरभन्दा धेरैले वृद्धि भएको जानकारी दिनुभयो । “कोरोनाका कारण लामो समय बन्द रहेको पर्यटकीय गतिविधिमा एमाले महाधिवेशनले नयाँ तरङ्ग ल्याएको छ”, उहाँले भन्नुभयो, “अहिले देशभरबाट आएका प्रतिनिधि एवं शुभेच्छुकका कारण तत्काल केही पर्यटकीय गतिविधि बढेको छ । यसले दीर्घकालमा अझै धेरै सकारात्मक प्रभाव पार्ने हामीले विश्वास लिएका छौँ ।”

विश्वमै दुर्लभ मानिएको एक सिङ्गे गैँडा हेर्नका लागि निकुञ्ज र मध्यवर्ती क्षेत्रमा आउने गरिन्छ । जङ्गल सफारीमा जाने व्यक्तिले छ वटासम्म एक सिङ्गे गैँडा, चराचुरुङ्गी, बँदेल, तीन प्रजातिका चित्तल, सङ्कटापन्न अवस्थाको घडियाल गोही सहजै देख्न सक्ने उहाँले बताउनुभयो । “यहाँको मध्यवर्ती क्षेत्रको सफारीमा जाँदा गैँडासहितका केही जनावर सहजरुपमा देख्न पाइन्छ”, सचिव आचार्यले भन्नुभयो, “कहिलेकाहीँ चितुवा र बाघसमेत देख्ने अवसर मिल्छ ।”

जङ्गल सफारीमा गएका व्यक्ति गैँडासहितका जनावर देख्दा उत्साहित हुने गरेका छन् । पर्वतका एमाले महाधिवेशन प्रतिनिधि हरिहर पोखरेलले जङ्गल सफारी निकै रोमाञ्चित भएको बताउनुभयो । “जङ्गल सफारी निकै रमाइलो भयो, दुर्लभ जनावर सहजै देख्न पायौँ”, उहाँले भन्नुभयो, “जङ्गल सफारीमा जाँदा त्यस क्षेत्रमा महत्वपूर्ण रुख ढलेर यसै खेर गइरहेका छन् । जङ्गल सफारीलाई केही व्यवस्थित गर्नुपर्ने देखिएको छ ।” साल सिसौँका रुख सरकारको महत्वपूर्ण सम्पत्ति भएको जनाउँदै नेता पोखरेलले रुखको संरक्षण गर्नुपर्ने बताउनुभयो ।

“जङ्गल सफारीमा जाँदा धेरै रुख ढलेको देखेँ, तिनीहरुलाई व्यवस्थित गर्नु जरुरी छ”, उहाँले भन्नुभयो, “ढलेका र पुराना रुख हटाउँदै नयाँ बिरुवा रोपेर त्यसको संरक्षण र जगेर्ना गर्दै पर्यटकीय गतिविधि गर्नुपर्ने देखिन्छ ।”
महाधिवेशनका कारण पहिलोपटक चितवन आएको र यहाँको पर्यटकीय गतिविधिमा संलग्न हुन पाएको मोरङका नेत्रप्रसाद दाहालले बताउनुभयो । “चितवनमा आएर गैँडा हेर्ने धोको पहिल्यैदेखि थियो, यो धोको महाधिवेशनबाट पूरा भयो”, उहाँले भन्नुभयो, “यहाँ आएर मैले निकुञ्जको मध्यवर्ती वनमा जीप सफारी, हात्ती सफारी गर्ने अवसर पाएँ ।”

देशकै तेस्रो पर्यटकीय गन्तव्यको रुपमा रहेका चितवन रहेको छ । पछिल्लो समय राष्ट्रिय निकुञ्जसहित आसपासका क्षेत्रमा पर्यटकीय गतिविधि बढेका हुन् । महाधिवेशनमा सहभागी हुन आउने व्यक्तिका कारण भरिभराउ भएको सौराहाबाट दैनिकरुपमा जीप सफारी तथा हात्ती सफारीबाट निकुञ्ज र मध्यवर्ती क्षेत्रको अवलोकनमा प्रतिनिधि जाने गरेका छन् । सौराहा र आसपासको क्षेत्रमा छुट्टै रौनकता थपिएको छ । सुस्त रहेको पर्यटकीय गतिविधिमा महाधिवेशनले दीर्घकालीन रुपमा प्रभाव पर्नेमा व्यवसायी विश्वस्त छन् ।