धादिङ कांग्रेसका सभापतिमा अधिकारी

धादिङ कांग्रेसका सभापतिमा अधिकारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेस धादिङ जिल्ला कार्यसमितिको सभापति पदमा रामनाथ अधिकारी निर्वाचित हुनुभएको छ । कांग्रेसको आसन्न १४ औँ महाधिवेशनअन्तर्गत सम्पन्न जिल्ला अधिवेशनका निर्वाचनमा उहाँले एक हजार ८२ मत प्राप्त गर्नुभएको थियो । दुई हजार २०० क्षेत्रीय प्रतिनिधि मतदाता रहेकामा दुई हजार १५६ ले मतदानमा भाग लिएका थिए ।

यसैगरी जिल्ला कार्यसमितिको उपपसभापतिद्वयमा गेहेन्द्र मल्ल र दलबहादुर अधिकारी , सचिवद्वयमा विकास श्रेष्ठ र रामृष्ण पाण्डे, सह सचिवद्वयमा नवराज तिमल्सिना र विजयकुमार तामाङ निर्वाचित हुनुभएको छ ।जिल्ला कार्यसमितिका सदस्यमा अश्विन लम्साल, बाबुकृष्ण सापकोटा, राम्री नेपाली, गोविन्द कुँवर र विष्णुबहादुर नेपाली निर्वाचित हुनुभएको छ । जिल्ला कार्यसमितिको अन्य सदस्यको मतगणना जारी छ । कांग्रेसको महासमिति सदस्यका लागि क्षेत्र नम्बर २ बाट दिलमान पाख्रिन, भीमप्रसाद ढुङ्गाना, रमेश धमला, रामनाथ अधिकारी, डा राजाराम कार्की, देवीकुमारी बुर्लाकोटी, कल्पना अधिकारी र राजन बुर्लाकोटी निर्वाचित हुनुभएको छ । यसैगरी क्षेत्र नम्बर १ को महासमिति सदस्यको निर्वाचन भएको छैन ।

यो पनि – कास्की कांग्रेसको उपसभापतिमा कुँवर र भण्डारी

नेपाली कांग्रेस कास्की जिल्ला कार्यसमितिको उपसभापति पदमा युवराज कुँवर र रामबाबु भण्डारी निर्वाचित हुनुभएको छ ।नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनअन्तर्गत सम्पन्न जिल्ला अधिवेशनका निर्वाचनमा कुँवरले ७२१ र भण्डारीले ६८५ मत प्राप्त गर्नुभएको थियो ।त्यस्तै दुई सचिव पदका लागि भानुभक्त ढकाल र देवेन्द्र भाट विजयी बन्नुभयो । नौजनाको उम्मेदवारी परेको सो पदमा ढकाल र भाटले क्रमशः ६८३ र ६८० मत प्राप्त गर्नुभयो । निर्वाचनबाट सहसचिवमा नवीन सिग्देल र शङ्कर ढुङ्गाना विजयी बन्नुभएको छ । पोखरा महानगरपालिकाबाट खुल्ला सदस्यमा डा दीपक सुवेदी, माइकल कर्माचार्य, युवक लामिछाने (युवराज) र विश्वशङ्कर पालिखे विजयी बन्नुभएको छ ।

त्यस्तै रुपा गाउँपालिकाबाट खुल्ला सदस्यमा खेमबहादुर गुरुङ र महिलामा दक्षिणा सुवेदी, मादी गाउँपालिका र माछापुच्छ«े गाउँपालिकामा खुल्ला सदस्यमा क्रमशः ऋषिराम सुवेदी र सुदीप गौतम विजयी बन्नुभएको छ । समानुपातिक खस आर्यतर्फबाट खुल्ला सदस्यमा रामजीप्रसाद कोइराला र गणेश बस्नेत, समानुपातिक आदिवासी जनजाति तर्फबाट खुल्ला सदस्यमा चौबहादुर गुरुङ र मानेन्द्र कुमाल, समानुपातिक (मधेशी वा थारु वा मुस्लिम) सदस्यमा क