सीप र ज्ञान हस्तान्तरण गर्नुपर्छ ः मन्त्री झाँक्री

सीप र ज्ञान हस्तान्तरण गर्नुपर्छ ः मन्त्री झाँक्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एउटा पुस्तामा भएको सीप र ज्ञान अर्काे पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कोष (यूएनडिपी) र भारतीय दूतावासले आज आयोजना गरेको कार्यक्रममा उहाँले आफू विद्यार्थी राजनाीति गर्दादेखि नै सीप र ज्ञान हस्तान्तरणको पक्षमा वकालत गर्दै आएको बताउनुभयो ।

उहाँले सबै क्षेत्रका नागरिकका लागि सरकारले सुरक्षित आवास निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले सरकारले कार्यक्रमका रुपमा सुरक्षित आवास निर्माणलाई अघि बढाइरहेको जानकारी पनि दिनुभयो । मन्त्री झाँक्रीले विसं २०७२ को भूकम्पका कारण क्षतिग्रस्त भएका निजी आवासको निर्माण अन्तिम चरणमा पुगेको बताउनुभयो । अनुसन्धानको नतिजालाई जीवनसँग जोड्ने कुरा महत्वपूर्ण भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थीलाई अध्ययन, अनुसन्धानमा नै सहयोग गर्ने मन्त्रालयको सोच छ ।”

कार्यक्रममा इञ्जिनीयरिङ र इञ्जिनीयरिङबिना निर्माण गरिएका दुई घर प्रदर्शनीमा राखिएका छन् । यी घरमा भूकम्पको धक्का दिएर कतिसम्म थेग्न सक्छ भनी हेर्न सकिन्छ । नेपालमा ग्रामीण क्षेत्रमा रहेका अधिकांश घर स्थानीय निर्माण सामग्री ढुङ्गा, माटोले बनाइएका हुन्छन् । स्थानीय निर्माण सामग्रीको प्रयोग गरेर पनि इञ्जिनीयरिङ गरिएका घरहरु अरु सामान्य घरभन्दा कति बलियो हुन्छन् भन्ने देखाउन लागिएको आयोजकको भनाइ छ । अरु सबै किसिमका घरहरुले कतिसम्मको भूकम्पको सामना गर्न सक्ने छन् भनी परीक्षण गर्न सकिने बताइएको छ । भारतका प्राध्यापकहरुले यसको निर्माण गरेर त्यहीँ परीक्षण पनि गरिएको थियो ।

यो पनि – नेपाली कांग्रेसका नेता शुक्रराज शर्माले पार्टीको १४औँ राष्ट्रिय महाधिवेशनका सन्दर्भमा गण्डकी प्रदेश सभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । पोखरामा आज एक समारोहबीच उम्मेदवारी घोषणा गर्दै उहाँले लामो समयसम्म पार्टी सङ्गठनमा गरेको क्रियाशीलतालाई व्यवहारमा उतार्न आफ्नो उम्मेदवारी भएको बताउनुभयो ।

पार्टीभित्रका अव्यवस्थाका कारण पार्टीलाई मात्र नभइ राष्ट्र र प्रजातन्त्रका लागि असर पारेको जनाउँदै उहाँले ती अव्यवस्थालाई हटाउँदै सङ्गठन मजबुत बनाएर आसन्न तीनवटै तहका निर्वाचनमा कांग्रेसलाई विजयी गराउन आफूले प्रदेश सभापतिको जिम्मेवारी लिन लागेको स्पष्ट पार्नुभयो ।

विसं २०४६ देखि २०६१ सम्म नेपाली कांग्रेस कास्कीको पार्टी सभापतिको जिम्मेवारी सम्हालेका शर्माले २०४६ सालको प्रजातन्त्र पुनःस्थानपनाको आन्दोलन एवं २०६२÷६३ को जनआन्दोलनमा सक्रियता रहनुका साथै जेल जीवन बिताउनुभएको थियो । उहाँ २०२३ सालमा गण्डकी छात्र समितिको सदस्य, २०२६ मा तरुण दल कास्कीको अध्यक्ष, पार्टीको जिल्ला सदस्य, सचिवलगायत विभिन्न पदमा रही काम गर्नुभएको छ । । उहाँले राष्ट्रियसभा सदस्यको जिम्मेवारी पनि सम्हाली सक्नुभएको छ । नेता शर्माद्वारा कांग्रेस गण्डकी प्रदेश सभापतिमा उम्मेदवारी घोषणा