झापाको कमल गाउँपालिका–६ सोनापुरकी ७६ वर्षिया श्यामसुन्दरी बस्नेतले कान्छो छोरा अमृतबहादुरको बाटो हेरेको दुई दशक नाघ्यो । मजदूरी गरेर जीविका चलाउँदै आएको परिवारको कान्छो छोरा रोजगारीका लागि माल्दिभ्स गएका र हालसम्म नर्फिएपछि वृद्धा श्यामसुन्दरीको मन पिरोलिँदै आएको छ । धन कमाएर परिवार पाल्ने सपना लिएर विदेश गएका छोरा यतिका वर्षसम्म सम्पर्कविहीन हँुदा परिवारमा नै पिर परेको उहाँ बताउनुहुन्छ । बस्नेत परिवारका छ छोरामध्ये अमृत कान्छा हुन् । अरु दाजु गाउँघरमा आ–आफ्नै काममा छन् । वृद्धा श्यामसुन्दरीका अनुसार आमाबाबु पाल्ने जिम्मेवारी कान्छा छोराको भागमा थियो । काखे छोरो र बुहारी परिवारको जिम्मा लगाएर विदेश गएको २० वर्ष पुगिसक्यो । त्यस बेला उहाँका छोरा १० महिनाका थिए । ती छोरा पनि अहिले २० वर्षका भइसकेका छन् ।
“आम्दानीको दिगो स्रोत खासै थिएन, कृषि मजदूरी गरेर परिवार धान्दै आएका थिए, विदेश गएर पैसा कमाउने र आएर पक्की घर बनाउने सपना थियो”, वृद्धा आमा श्यामसुन्दरीले भन्नुभयो, “छोरो गएको नौ महिनापछि छोराले काम छोड्यो भन्ने खबर आयो, काम छोडेपछि त घरै आउला नि भन्ने थियो, विदेश गएर कमाएर घर बनाउने आमा भन्थ्यो, छोरो आउला आउला भन्दाभन्दै बाबु पनि बिते, अहिले बूढेसकालमा एक्लै भएको छु ।”
श्रीमान् बेपत्ता भएपछि काखे नानी हुर्काउँदै उहाँकी श्रीमती पनि १४ वर्ष बसिन् । त्यसपछि विदेशिएको श्रीमान् बेखबर भएपछि उहाँले अकैसँग विवाह गर्नुपुग्नुभयो । छोरा बेखबर भएको घटना गाउँघर, स्थानीय सरकारका प्रतिनिधिसँग गुहार गरे पनि कतै पनि सुनुवाइ नभएको वृद्धा आमाले पीडा सुनाउनुभयो ।युट्युब, फेसबुक जस्ता विभिन्न सामाजिक सञ्जालमा वर्षौ हराएका व्यक्ति पनि भेटिएका खबर सुन्दा वृद्धा आमालाई पनि आस आउँछ । यस्तो खबर सुन्दा हराएको छोरो पनि कतै भेटिएला कि भन्ने आशा बढाउने उहाँ बताउनुहुन्छ । गाउँघरका छोराछोरी विदेश गएर फर्किएको उहाँले घरवरिपरी आफनै आँखाले नजिकैबाट देख्नुभएको छ । छोरा विदेश गएको म्यानपावर कम्पन्नीकाबारेमा समेत बस्नेत परिवारलाई थाहा छैन् । भएको जग्गा बेचेर विदेश पठाएको छोरा कुन कम्पनीबाट त्यहाँ पुगे र अवस्थाबारे वर्षोदेखि बस्नेत परिवार बेखबर छ ।
यो पनि – कोरोनाको नयाँ रुप ओमिक्रोन फैलिन नदिन निगरानी
कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस नेपालमा पनि फैलन सक्ने आँकलन गरिएपछि सतर्कता अपनाउन थालिएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले नेपालमा अहिलेसम्म कोरोना भाइरसको नयाँ रुप ओमिक्रोन देखापरेको पुष्टि नभएको बताउनुभयो । उहाँले नेपालमा अहिलेसम्म नदेखिए पनि फैलने भने सम्भावना रहेको जानकारी दिनुभयो । “नेपालमा पनि उक्त भाइरस फैलिने सम्भावना उच्च रहेको छ”, सहप्रवक्ता डा अधिकारीले भन्नुभयो, “तर हामी फैलिन नदिनका लागि तयारी अवस्थामा रहेका छौँ ।”
उहाँका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भारतसँग सिमाना जोडिएका नाकामा रहेका सहायता कक्षले विदेशबाट आउने व्यक्तिमा ओमिक्रोन भाइरसको सङ्क्रमण छ वा छैन भनेर निगरानीलाई तीव्र पारेको छ ।यस्तै विदेशबाट आउनेलाई क्वारेन्टाइनमा राख्ने गरिएको र ती व्यक्तिमा कस्तो लक्षण देखिएको छ, सोको पनि निगरानी गरिएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिनुभयो । ओमिक्रोन भाइरस नयाँ भएकाले यो कति दु्रतगतिमा फैलिन सक्दछ र यसले कस्तो असर पार्दछ भनेर अध्ययन हुन बाँकीे छ ।



प्रतिक्रिया