‘फाइबर टू द होम’ सेवाको सहज पहुँच

‘फाइबर टू द होम’ सेवाको सहज पहुँच

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल टेलिकमले उपलब्ध गराउन थालेको एफटिटिएच (फाइबर टू द होम) सेवाको सहज पहुँच हुन थालेको छ ।  कैलालीमा छोटो अवधिमा यो सेवा छ हजारभन्दा बढी ग्राहकले लिएका छन् । यो सेवाअन्तर्गत ग्राहकको घरमा जडान हुने फाइबरको एउटै तारवाट तीनवटा सेवा एकसाथ प्राप्त गर्न सकिन्छ ।

गृदरबन्दीअनुसारका चिकित्सक नहुँदा समस्या

सुदूरपश्चिम प्रदेशका कैलालीसहितका जिल्लामा उपलब्ध भइरहेको फाइबर तारसहितको यो सेवा नयाँ रहेको बताइएको छ । टेलिकमको धनगढीस्थित कार्यालयका प्रमुख सुरतबहादुर मल्लले यो सेवा लिनेहरुले फाइबरको एकै तारवाट तीव्र गतिको इन्टरनेट सेवाका साथै टेलिभिजन च्यानल र ल्यान्डलाइन फोनको सेवा एकसाथ प्राप्त गर्न सकिने बताउनुभयो ।

हाल दिइरहेको सुस्त गतिको कपर नेटवर्क (एडिएसएल इन्टरनेट) सेवालाई प्रतिस्थापन गर्ने उद्देश्यले ल्याइएको यो सेवा टेलिकमको नेटवर्क भएका क्षेत्रमा धमाधम विस्तार भइरहेको छ । यो सेवाअन्तर्गत इन्टरनेट मात्रको पनि सुविधा लिन सकिने बताइएको छ । यस्तै इन्टरनेट र टिभी च्यानलको मात्र तथा इन्टरनेट, टिभी र ल्यान्डलाइन फोनको सेवा पनि लिन सकिन्छ ।

आगामी माघ १ गतेसम्मका लागि एफटिटिएचका तीनवटै सेवा एकसाथ लिन चाहने ग्राहकलाई वार्षिक न्यूनतम् रु १५ हजार ९८० शुल्क लाग्ने बताइएको छ । यस्तै इन्टरनेट र ल्यान्डलाइन फोनका लागि मात्र वार्षिक रु १० हजार ५०० शुल्क तोकिएको छ । इन्टरनेट सेवा मात्रका लागि योभन्दा कम शुल्क तोकिएको छ । “छोटो अवधिमा यो सेवाप्रति ग्राहकको आकर्षण बढेको छ”, प्रमुख मल्लले भन्नुभयो, “वायरलाइन तारसहितको फोरजी सेवा भएकाले इन्टरनेट पनि तीव्र गतिमा चल्ने गर्छ ।”

कपर नेटवर्क (एडिएसएल) सेवाको तुलनामा यो एफटिटिएच सेवाको क्षमता बढी हुने गरेको छ । कैलालीको हकमा धनगढीसहित अत्तरिया, भजनी, टीकापुर र लम्कीमा यो सेवा विस्तार भइरहेको छ । प्रमुख मल्लले हाल सुदूरपश्चिम प्रदेशका बाजुरा, दार्चुला र बझाङबाहेक सबै जिल्लामा यो सेवा विस्तार भइरहेको बताउनुभयो । नेपालमा पाँच वर्षअघि देखि नेपाल टेलिकमले यो एफटिटिएच सेवा दिन थालेको हो ।

यो पनि – गृदरबन्दीअनुसारका चिकित्सक नहुँदा समस्या

तीन लाख ५० हजार उदयपुरवासीको साझा अस्पतालका रुपमा रहेकोे जिल्ला अस्पतालमा लामो समयदेखि चिकित्सकको दरबन्दी पूर्ति नहुँदा अस्पताल सञ्चालनमा समस्या हुँदै आएको छ ।पचास श्यया क्षमताको अस्पतालमा १३ विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि अहिले एकस्थायी मेडिकल अधिकृतसहित अन्य दुई अस्थायी मेडिकल अधिकृतबाट अस्पताल सञ्चालन हुँदै आएको छ ।

जिल्ला अस्पतालमा उपचारका लागि आउने विभिन्न रोगीको चाप दिनदिनै बढ्दै गरे पनि सम्बन्धित रोगको विशेषज्ञको अभावमा उपचारमा असर परेकोे अस्पतालका कर्मचारी बताउँछन् । तेह्र जनाको दरबन्दीमध्ये अहिले एक स्त्रीरोगसम्बन्धी र एक जनरल फिजिसियन र एक मेडिकल अधिकृतमात्र रहेकाले सोचेजस्तो उपचार हुन नसकेको जिल्ला अस्पतालका प्रमुख तथा मेडिकल अधिकृत जीवनारायण मण्डलले बताउनुभयो ।

अस्पतालमा अधिकांश चिकित्सकसहित एनेस्थेसियाको पनि दरबन्दी खाली रहेको उहाँको भनाइ थियो “उपचारका लागि धेरै बिरामी आउने गर्नुहुन्छ, यहाँ विद्यमान जनशक्तिले भ्याउन सकेको छैन, अन्य विषयगत चिकित्सक नहुँदा सम्बन्धित रोगका बिरामी जिल्ला बाहिर पठाउन बाध्य छौँ”, मेडिकल अधिकृत मण्डलले भन्नुभयो ।

अस्पतालमा दरबन्दीअनुसारको जनशक्तिको अभावका कारण नै जिल्लावासीले सोचेजस्तो सेवा पाउन नसक्नुको मुख्य कारण रहेको उहाँको धारणा थियो ।दरबन्दी पूरा गर्न अस्पताल व्यवस्थापन समिति र अस्पताल प्रशासनले नै पहल गर्न नसकेको आरोप स्थानीयवासी रमेश दाहालको आरोप थियो ।

दुई वर्षअघि स्वास्थ्य विभागले रु एक करोडमा खरिद गरेर पठाएको दुई वटा भेन्टिलेटर पनि एनेस्थेशिया चिकित्सककोे अभावमा सञ्चालन हुन नसक्दा भेन्टिलेटर थन्किएर बसेको अस्पताल विकास समितिका सदस्य महेश रोकाले बताउनुभयो ।अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका संयोजक खड्ग परियारले आफूहरुले पटकपटक सम्बन्धित निकायमा चिकित्सक र अन्य कर्मचारीको दरबन्दी पूरा गरिदिन अनुरोध गर्दै आएको दुई वर्ष बितिसके पनि सुनुवाइ नभएको गुनासो गर्नुभयो ।

पहाडी छिमेकी जिल्ला खोटाङबाट समेत यहाँ ठूलो सङ्ख्यामा बिरामी आउने गरेकामा अहिले आवश्यक जनशक्ति नहुँदा बिरामीलाई अन्यत्र लानु परेको परेको त्रियुगा नगरपालिका– ३ मोतिगडाका दुर्गाप्रसाद भट्टराईले बताउनुभयो ।