‘राष्ट्रिय हित हेरेर गरिएको निर्णयमा भ्रम छर्ने प्रयास’

‘राष्ट्रिय हित हेरेर गरिएको निर्णयमा भ्रम छर्ने प्रयास’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राष्ट्रिय हित हेरेर दिइएको निर्देशनलाई आफूखुसी व्याख्या गरेर गलत प्रचार गरेको भन्दै बीमा समितिले आपत्ति जनाएको छ । समितिले सम्भव भएसम्म देशभित्रै पुनरबीमा गर्न र सम्भव नभए मात्रै विदेशी कम्पनीमा जान निर्देशन दिएको छ । नेपाल पुनरबीमा कम्पनी सञ्चालनमा रहेको र हिमालयन री इन्सुरेन्स कम्पनी सञ्चालनको तयारीमा छ । पुनरबीमामा एकाधिकार अन्त्य भएको तथा देशभित्रै दुई कम्पनी सञ्चालनमा रहेकाले सकेसम्म देशभित्रै पुनरबीमा गर्न दिइएको निर्देशनलाई आफूखुसी व्याख्या गरेर गलत प्रचार गरिएकामा समितिले दुःखेसो जनाएको छ । समितिका कार्यकारी निर्देशक एवम् प्रवक्ता राजुरमण पौडेलका अनुसार अन्तर्राष्ट्रिय प्रचलन, मुलुकको हित, बीमितको बीमा रकमको सुरक्षा र बीमा व्यवसायको विकास एवम् प्रवद्र्धनलाई समेत ध्यानमा राखेर निर्णय गरिएको हो ।

समितिको निर्देशनलाई एकतर्फी रुपमा मनगढन्ते तरिकाले व्याख्या गरी जनमानस र सिङ्गो बीमा क्षेत्रलाई नै दिग्भ्रमित पार्ने गरी व्यक्त भएका त्यस्ता धारणा सार्वजनिक नगर्न तथा नगराउनसमेत आग्रह गरिएको छ । मुलुकमा हाल वैदेशिक मुद्राको सञ्चिति घट्दै गएको तर पुनरबीमाबापत ठूलो रकम विदेशिने गरेकाले त्यसमा सकारात्मक योगदान पु¥याउनुपर्ने भएकाले देशभित्रै पुनरबीमा गर्ने व्यवस्था लागू गर्न जोड दिइएको समितिले जनाएको छ ।

बीमकले आर्जन गरेको बीमा व्यवसायको २० प्रतिशत प्रत्यक्ष हिस्साका सम्बन्धमा हाल व्यवस्था कायमै राखिएको छ । स्वदेशी पुनरबीमकलाई विशेष प्राथमिकता प्रदान गर्ने व्यवस्थालाई समेत ख्याल गरेर आवश्यक निर्णय गरिएको उल्लेख गर्दै समितिले पुनरबीमा निर्देशिका, २०७८ मा भएको व्यवस्थाअनुसार नै आवश्यक निर्णय भएको स्पष्ट पारेको छ ।

स्वदेशी पुनरबीमा कम्पनीलाई उनीहरुको आर्थिक क्षमताले नधान्ने पुनरबीमा व्यवसाय पनि जबर्जस्ती उनीहरुलाई नै दिनुपर्ने भन्ने बाध्यात्मक व्यवस्था बीमा समितिको निर्देशनबाट देखिएको भन्ने प्रचारसमेत गलत रहेको र जनमानसमा भ्रम सिर्जना गर्न खोजिएको उल्लेख छ । बीमा एवम् पुनरबीमा व्यवसायको विकासलाई अवरुद्ध गर्ने नियोजित उद्देश्यका साथ गरिएको प्रचारको कुनै अर्थ नरहेको समितिले स्पष्ट पारेको छ ।

यो पनि – जनता र देशका लागि माओवादी पार्टी बलियो हुनुपर्छ ः मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनता र देशका लागि आफ्नो पार्टीले महत्वपूर्ण काम गरेकाले माओवादी पार्टी बलियो हुनुपर्ने बताउनुभएको छ ।आज लमजुङ मस्र्याङ्दी गाउँपालिकास्थित भुलभुलेमा माओवादी केन्द्र मस्र्याङ्दी गाउँ कमिटीको अधिवेशनलाई सम्बोधन गर्नुहुँदै उहाँले देश समृद्ध बनाउनका लागि माओवादी पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

मन्त्री भुसालले भन्नुभयो, “माओवादी जनयुद्धका एजेन्डा अहिले राष्ट्रिय एजेन्डा बनेको छ । वैज्ञानिक समाजवादलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न सम्बन्धीत सबै पक्ष लाग्नुपर्दछ ।” उहाँले अहिलेको सत्ता गठबन्धन चुनावसम्म कायम हुने बताउनुभयो । उहाँले भन्नुभयो, “यो गठबन्धन चुनावसम्म मात्र होइन, पछिसम्म पनि कायम रहनुपर्छ ।”

मस्र्याङ्दी गाउँपालिकाका उपाध्यक्ष तथा पाार्टीका जिल्ला सदस्य होमबहादुर विकले अब माओवादी पार्टी पालिकामा सबैभन्दा बलियो पार्टी भन्ने दाबी गर्नुभयो । उहाँले विगतका जस्तो जनता अबुझ नभएको र गाउँको विकास र जनताको हित सोच्ने पार्टी माओवादी नै जनताको रोजाइमा भएको बताउँदै आगामी निर्वाचनमा आफ्नो पार्टी बलियो हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले जिल्ला र पालिकाको सडक, जलविद्युत् समस्या, बाढीपहिराले पु¥याएको क्षति र त्यसबाट सिर्जित समस्याको समाधानका लागि पहल गर्न मन्त्री भुसाललाई आग्रह गर्नुभयो ।

कार्यक्रममा माओवादी केन्द्र गण्डकी प्रदेशका सहइन्चार्ज यशोदा सुवेदी गुरुङ, गण्डकी प्रदेशका जनसङ्ख्या तथा स्वास्थ्यमन्त्री मधु अधिकारी गुरुङ, पार्टीका केन्द्रीय सदस्य देवेन्द्र पराजुली, पारशमणि पौडेल, केन्द्रीय प्रतिनिधि, प्रदेश कमिटी सदस्य तथा संविधानसभा सदस्य बुद्धिराम तमु माओवादी, पार्टी मस्र्याङ्दी गाउँ कमिटीका अध्यक्ष दयसागर घिमिरे लगायतको उपस्थिति थियो । केन्द्रको पालिका अधिवेशनबाट होमबहादुर तामाङ चयन हुनुभएको छ । सोही गाउँपालिका–८ का तामाङ यसअघि सचिव हुनुहुन्थ्यो । त्यस्तै, उपाध्यक्षमा कमलबहादुर खत्री, सचिवमा कमल गुरुङ, सहसचिवमा मदनबहादुर तामाङ र कोषाध्यक्षमा देवीमाया तामाङ चयन हुनुभएको केन्द्रले जनाएको छ ।