चार पालिकामा माओवादी केन्द्रको अधिवेशन सम्पन्न

चार पालिकामा माओवादी केन्द्रको अधिवेशन सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोटका चार पालिकामा नेकपा ( माओवादी केन्द्र)को अधिवेशन सम्पन्न भएको छ । पार्टीको केन्द्रीय निर्देशनअनुसार पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकसाथ भर्चुअल माध्यमबाट अधिवेशनको उद्घाटन गर्नुभएको हो । नलगाड, भेरी नगरपालिका, कुशे र बारेकोट गाउँपालिकामा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले नलगाड नगर कमिटीको अध्यक्षमा गणेश सिंह, उपाध्यक्षमा अमर वली, बालकुमारी बस्नेत, गुमान रावत, सचिवमा प्रचण्ड वली, सहसचिवमा वीरबहादुर खड्का र कोषाध्यक्षमा तेजबहादुर परियारलाई सर्वसम्मत चयन गरेको छ ।

यस्तै बारेकोट गाउँ कमिटीको अध्यक्षमा हरिबहादुर थापा, उपाध्यक्षमा योगेन्द्र सिंह, ओमबहादुर नेपाली, दलबहादुर सिंह, सचिवमा वसन्त शाही, सहसचिवमा प्रेम बोहरा र रमा रावत चयन हुनुभएको छ । भेरी नगर कमिटीको अध्यक्षमा दीपक बस्नेत, उपाध्यक्षमा मनबहादुर शाही, ललित बस्नेत, टेकबहादुर रोकाय, सचिवमा मीना पुन, सहसचिवमा खीमबहादुर विक र कोषाध्यक्षमा भीमहादुर खत्री चयन हुनुभएको छ । यस्तै कुशेमा गाउँ कमिटीको अध्यक्षमा हरिचन्द्र जैसी, उपाध्यक्षमा मानबहादुर विक, विकास रोकाय, नीरजकुमार पुन, कोषाध्यक्षमा सरस्वती विष्ट, सचिवमा कृष्णबहादुर शाही र सहसचिवमा बविता चनारालाई चयन गरिएको कुशेगाउँ कमिटीले जनाएको छ ।

यो पनि – मुख्यमन्त्री शाही आज विश्वासको मत लिँदै

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिनुहुने भएको छ । विश्वासको मत लिने प्रयोजनका लागि आज दिउसो १ः०० बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ । प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता शाही निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले असोज १५ गते राजीनामा दिएपछि १६ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थानुसार आज उहाँले विश्वासको मत लिन लाग्नुभएको हो ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) भने अनुपस्थित रहने भएको छ । एमालेको मङ्सिर १० गतेदेखि चितवनमा जारी १०औँ राष्ट्रिय महाधिवेशनमा भाग लिन सौराह पुगेका कारण आफूहरु सहभागी हुन नसक्ने प्रदेशसभामा एमाले संसदीय दलका नेता यामलाल कँडेलले जानकारी दिनुभयो । मुख्यमन्त्रीले विश्वासको मत नलिँदा संवैधानिक जटिलता आउने भएकाले बैठक नरोकिने कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले जानकारी दिनुभयो । प्रमुख प्रतिपक्षी दल एमाले अनुपस्थित भए पनि बैठक अगाडि बढ्ने उहाँको भनाइ छ ।