संस्कृति र पर्यटन प्रवद्र्धन गर्न आवश्यक ः मन्त्री आले

संस्कृति र पर्यटन प्रवद्र्धन गर्न आवश्यक ः मन्त्री आले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल र बङ्गलादेशबीचको सम्बन्धलाई थप बलियो बनाउन दुई देशबीचको संस्कृति र पर्यटन प्रवद्र्धनका क्षेत्रमा पनि मिलेर काम गर्नुपर्ने बताउनुभएको छ । नेपाल–बङ्गलादेश मैत्री सङ्घको निमन्त्रणामा नेपाल आएका बङ्गलादेशी पाहुनासँग आज भेट गर्दै मन्त्री आलेले पर्यटन र व्यापारसँगै संस्कृतिको सम्मान र संरक्षण गर्नु आवश्यक रहेकोमा जोड दिनुभयो । नेपाल र बङ्गलादेशबीच यसअघि पनि घनिष्ट सम्बन्ध भएको भन्दै भेटका क्रममा मन्त्री आलेले आगाामी दिनमा सम्बन्ध थप बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

सङ्घका अध्यक्ष दिनदया रिजालका अनुसार नेपाली प्रतिनिधिमण्डलले पनि छिट्टै बङ्गलादेशको भ्रमण गर्नेछ । बङ्गलादेशबाट १० जना सो प्रतिनिधिमण्डलमा नेपाल आएका छन् । उनीहरूलाई नेपालको संस्कृति, पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण गराइने कार्यक्रम छ । सो टोली बुधबार पोखरा जानेछ । बङ्गलादेशबाट आउने टोलीमा डाक्टर, कृषि विज्ञ, समाजसेवी र व्यापारीेको सहभागिता रहेको सङ्का अध्यक्ष रिजालले जानकारी दिनुभयो । सङ्घको निमन्त्रणमा बङ्गलादेशका पाहुना सोमबार नोपल आएका हुन् ।

यो पनि – एमालेका नवनिर्वाचित अध्यक्ष ओली र पदाधिकारीको शपथ

नेकपा (एमाले) का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनले फराकिलो मतान्तरसहित अध्यक्षमा पुन ः केपी शर्मा ओलीलाई निर्वाचित गरेको थियो । बन्दसत्रमा केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले नवर्विाचित अध्यक्ष ओलीलाई सो पदको शपथ गराउनुभयो । अन्य पदाधिकारी र सदस्यलाई अध्यक्ष ओलीले शपथ गराउनुभयो । कूल खसेको दुई हजार ९६ मध्ये अध्यक्ष ओलीले एक हजार ८३७ मत प्राप्त गर्नुभएको पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । महाधिवेशनमा दुई हजार १५३ प्रतिनिधि रहेका थिए । निर्वाचनमा उपाध्यक्षहरुमा अष्टलक्ष्मी शाक्यलगायत छ जना निर्वाचित हुनुभएको छ भने सो पदमा घनश्याम भुसाल पराजित हुनुभएको छ ।

सो पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार उपाध्यक्षहरुमध्ये शाक्यले एक हजार ९७६, सुरेन्द्र पाण्डेले एक हजार ९२५, सुवास नेम्बाङले एक हजार ८६५, विष्णु पौडेलले एक हजार ८५६, युवराज ज्ञवालीले एक हजार ८४२, रामबहादुर थापा बादलले एक हजार ७६८ मत प्राप्त गर्नुभएको छ । भुसालले ७२५ मत प्राप्त गर्नुभएको थियो ।

वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शङ्कर पोखरेललगायत पदाधिकारी भने निर्विरोध निर्वाचित हुनुभएको छ । तीन उपमहासचिवमा प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध निर्वाचित हुनुभएको छ । सचिवमा गोकर्ण विष्ट, योगेश भट्टराई, टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट र पद्यमा अर्याल विजयी हुनुभएको छ ।

सो पार्टीको केन्द्रीय लेखा आयोगको अध्यक्षमा डा पुष्पराज कँडेल र केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा केशव वडाल निर्वाचित हुनुभएको छ । यही मङ्सिर १० गतेदेखि चितवनको सौराहामा सुरु महाधिवेशनमा गए राति भएको मतदानमा ओलीका प्रतिस्पर्धी डा भीमबहादुर रावलले दुई सय २३ मत प्राप्त गर्नुभएको थियो । विद्युतीय भोटिङ मेसिनका आधारमा गरिएको मतदान र गणनाका करण छिट्टै परिणाम निस्किएको हो ।

महाधिवेशनको बन्दसत्रको पहिलो दिन यही मङ्सिर ११ गते अध्यक्ष मण्डलका अध्यक्ष ओलीलाई ३०१ सदस्यीय केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यका उम्मेदवारको नामावली प्रस्तुत गर्न अधिकार दिएको थियो । अध्यक्ष ओलीले विभिन्न नेताहरुसँगको परामर्शमा १२ गतेको बन्दसत्रमा नामावली प्रस्तुत गर्दा अधिकांशले सहमति जनाएकामा डा रावल, नेता घनश्याम भुसाललगायतका नेताले अस्वीकार गरेपछि निर्वाचन भएको हो ।