शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्ययालयका करार शिक्षकलाई आन्तरिक प्रतिस्पर्धामार्फत स्थायी गरिने बताउनुभएको छ । गत वर्ष त्रिवि नेतृत्व र आन्दोलनरत करार शिक्षकबीच आन्तरिक प्रतिस्पर्धा गराउन सहमति भएको थियो ।
त्रिभुवन विश्वविद्यालय सभाको साधारण बैठकमा आज उहाँले भन्नुभयो, “प्रतिस्पर्धामा सफल हुन नसक्नेका लागि राहतको व्यवस्था गरी अवकाश दिने प्रक्रिया मिलाउँछु ।” शैािक्षक वर्ष नबिथोलिने गरी विश्वविद्यालयले कार्य योजना बनाएर अगाडि बढ्न मन्त्री पौडेलले निर्देशन दिनुभयो । उच्च शिक्षालाई समयसापेक्ष, बजारमुखी र विश्वबजारमा प्रतिस्पर्धी बनाउनेतर्फ विश्वविद्यालयले ठोस योजनाका साथ अगाडि बढ्नुपर्ने आवश्यकता रहेको जनाउँदै अध्यनन अनुसन्धान तथा नियमित पठनपाठनमार्फत प्रवद्र्धन गरी जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले त्रिभुवन विश्वविद्यायले वर्षौंपिच्छे बढ्दै गएको बेरुजु कम गर्दै गत एक वर्षमा रु छ अर्बभन्दा बढी बेरुजु सम्परीक्षण गरेको उल्लेख गर्दै प्रशासनिक तथा सुशासनको मामलामा खरो उत्रेको बताउनुभयो ।
यो पनि – नेप्से परिसूचक झिनो अङ्कले ओरालो
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले मात्रै ओरालो लागेको छ । लगातार ओरालो लागिरहेको नेप्सेको यात्रा कायम रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.६४ अङ्कले घटेर दुई हजार ६२८.३७ मा सीमित भएको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१८ अङ्कले बढेर ४९५.६३ मा पुगेको छ ।
नेप्से परिसूचक झिनो अङ्कले ओरालो लागे पनि कारोबार रकम रु तीन अर्बमा सीमित भएको छ । कूल २२५ कम्पनीका ६४ लाख ४७ हजार ४४९ कित्ता शेयर रु तीन अर्ब आठ करोड ९० लाख ४१ हजार ९९१ मूल्यमा खरिद बिक्री भए । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु ३६ खर्ब ९५ अर्ब छ करोड ७३ लाख १० हजारको बराबर पुगेको छ ।
नेप्सेका अनुसारका कारोबार भएका कूल १३ उपसमूह मध्ये आज सात उपसमूहको शेयर ओरालो लाग्दा छ उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ ६.५६, व्यापार २२.६२, होटल तथा पर्यटन ४.१९, उत्पादन ५१.६९, लघुवित्त १०.९५, जीवन बीमा ६९.६४ र लगानी ०.४३ अङ्कले ओरालो लागे । यस्तै विकास बैंक ४०.८८, जलविद्युत् ११.४, वित्त ८.८९, निर्जीवन बीमा ९६.६, अन्य १४.११ र सामूहिक लगानी कोष ०.०१ अङ्कले उकालो लाग्यो ।
कारोबारका आधारमा आइसिएफसी फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १६ करोड दुई लाख ७६ हजार ५५२ बराबरको कारोबार भयो । यस्तै महालक्ष्मी विकास बैंक रु १३ करोड ९९ लाख ११ हजार ९४४, हिमालयन डिस्टिलरी रु १० करोड २३ करोड ६४ लाख ९२२, नबिल बैंक रु आठ करोड छ लाख सात हजार ८१४ र नशेनल हाइड्रोपावर रु सात करोड ५९ लाख ५६ हजार ६४१ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
नेप्सेका अनुसार समालिङ पावर ९.९९, न्यादी हाइड्रोपावर ९.९८, तेह्रथुम पावर कम्पनी ७.०८, युनाइटेड इदी मर्दी हाइड्रोपावर ६.४९ र आइसिएफसी फाइनान्सका लगानीकर्ताले ६.१० प्रतिशतले कमाए । त्यस्तै इन्फिनिटी लघुवित्त ४.७७, लाइफ इन्स्योरेन्स कम्पनी २.८६, मितेरी डेभलपमेन्ट बैंक २.७६, बैंक अफ काठमाडौँ २ं७६ र आइएमई जनरल इन्स्योरेन्सका लगानीकर्ताले २.७१ प्रतिशतले गुमाए ।



प्रतिक्रिया