कांग्रेस प्रदेश अधिवेशन : ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न

कांग्रेस प्रदेश अधिवेशन : ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेसको ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर १७ र १८ गते हुन लागेको प्रदेश अधिवेशनका लागि देशभरका ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको हो ।

कांग्रेस निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले सर्लाहीका आठ प्रदेशसभा निर्वाचन क्षेत्रबाहेक सबै प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको राससलाई जानकारी दिनुभयो । “सर्लाहीको चार निर्वाचन क्षेत्रको आठ प्रदेशसभा अधिवेशन आजै सम्पन्न गर्ने गरी निर्वाचन समितिले काम गरिरहेको छ”, उहाँले भन्नुभयो । देशभर १६५ निर्वाचन क्षेत्रको ३३० प्रदेशसभा निर्वाचन क्षेत्र रहेको छ ।

कांग्रेस क्रियाशील सदस्यको विवादका कारण सर्लाही र रसुवाको वडा अधिवेशन ढिला गरी सुरु भएको थियो । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत ६० भन्दा बढी जिल्लाको जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ । कांग्रेसको आगामी मङ्सिर १७ र १८ गते एकैसाथ सातै प्रदेशमा प्रदेश अधिवेशन हुँदैछ । कांग्रेसको केन्द्रीय महाधिवेशन मङ्सिर २४ गतेदेखि काठमाडौँमा हुँदैछ ।

यो पनि – कांग्रेस महाधिवेशन : रसुवाको सभापतिमा तामाङ सर्वसम्मत

नेपाली कांग्रेस रसुवाको १४आँै जिल्ला अधिवेशनले पेम्बाछिरिङ तामाङलाई सभापतिमा पुनः सर्वसम्मत चयन गरेको छ । उहाँ यसअघि पनि पार्टीको जिल्ला सभापति हुनुहुन्थ्यो ।

मङ्गलबार सम्पन्न जिल्ल अधिवेशनले केन्द्रीय महाधिवेशन प्रतिनिधि २६ तथा प्रदेश अधिवशेन प्रतिनिधिमा ३६ जना छनोट गरेको छ । मुख्य निर्वाचन अधिकृत शर्मिला थापाका अनुसार उपसभापतिमा ओमप्रसाद आचार्य र फुर्वावाङ्दी तामाङ, सचिवमा उत्तम थापा र लक्ष्मण देवकोटा तथा सहसचिवमा पासाङ तितुङ र लक्षिन छिरिङ तितुङ सर्वसम्मत चयन भएका छन् ।

यसैगरी केन्द्रिय महाधिवेशन प्रतिनिधिमा मोहन आचार्य, लामाकार्पू तामाङ, प्रेम तामाङ, प्रभात तामाङ, सुनौऔदी तामाङ, मङ्गले तामाङ, उपेन्द्र लम्साल, केदारप्रसाद देवकोटा, राजु तितुङ, हरिकृष्ण देवकोटा, दावा मेन्दो तामाङ, चन्द्रकुमारी पनेरु, सार्किवुट्टी तामाङ, सुनितामाया गुरुङ, डुदार्के तामाङ, छिरिङ फिन्जो लोप्चन, शुक्रबहादुर थिङ तामाङ, पर्सादो तामाङ, निर्मला श्रेष्ठ, कारी तामाङनी, लालुमाया घले, सिता तामाङ, शशि अधिकारी, सरला देवकोटा, नुर्वूसाङ्बो घले र अनिल भुषाल सर्वसम्मत चयन भएका छन् ।

यस्तै प्रदेशसभा ‘क’ को सभापतिमा श्यामकुमार गुरुङ सर्वसम्मत छनोट हुनुभएको छ । उपसभापतिमा रिक्चेन तामाङ र राजकुमार घले, सचिवमा एमबी लामा थोक्रा र तारानाथ पौडेल तथा सहसचिवमा राजु तामाङ र विशाल घले सर्वसम्मत चयन भएका छन् । प्रदेशसभा ‘ख’ को सभापतिमा बुचुङ तामाङ, उपसभापतिमा लाक्पा कामी तामाङ र सिङ्गी लामा, सचिवमा निलनाथ आचार्य र खुवाबहादुर तामा तथा सहसचिवमा सुदिप गुरुङ र राजु तामाङ सर्वसम्मत छनोट भएका छन् ।

यसैगरी प्रदेशसभा (क) बाट क्षेत्रीय अधिवेशनका लागि प्रदेश प्रतिनिधिमा जयराम देवकोटा, तेम्पानुर्पू तामाङ, डिलबहादुर मोक्तान, प्रशुनराज गुरुङ, ओमबहादुर घले, दावा ग्याल्सेन तामाङ, अनिल थिङ तामाङ, अन्जिता तामाङ, अमृता पौडेल, बिबिरानी तामाङ, फुर्पू ग्याम्जो तामाङ, कामीसिदार तामाङ, कुमार ग्याम्दाङ, सानुमाया तितुङ, कर्मो तामाङ, दुर्गानाथ न्यौपाने, भोजबहादुर विक, गोरमेन नेकोर तामाङ सर्वसम्मत चयन भएका छन् ।

प्रदेशसभा (ख) बाट क्षेत्रीय अधिवेशनका लागि प्रदेश प्रतिनिधिमा इश्वरलाल श्रेष्ठ, बुद्धिबहादुर ढकाल, सुनिलकुमार पौडेल, सुदर्शनकुमार पौडेल, निर्मल विक्रम गोले, धनबहादुर गुरुङ, अभिनाश तामाङ, मनकला थापा मगर, शेषकुमारी अधिकारी, सोनाम घले, मकरकुमार तामाङ, उदय लामा, विद्यालक्ष्मी श्रेष्ठ, उचिमाया तामाङ, रमेशकुमार न्यौपाने, सुमित्रा पौडेल, साङतेम्पा तामाङ घले र प्रेमबहादुर विक सर्वसम्मत छनोट भएको निर्वाचन समितिले जनाएको छ ।