नवनियुक्त आर्थिक मामिलामन्त्री विष्टद्वारा शपथग्रहण

नवनियुक्त आर्थिक मामिलामन्त्री विष्टद्वारा शपथग्रहण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कर्णाली प्रदेशका नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले विष्टलाई मङ्गलबार पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको हो ।विष्टलाई कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मङ्गलबार नै मन्त्रीमा नियुक्त गर्नुभएको थियो । विष्टलाई मन्त्री नियुक्त गरेसँगै प्रदेश सरकारको मन्त्रिपरिषद् तीन सदस्यीय बनेको छ । मन्त्री विष्टले मङ्गलबार नै पदबहाली गर्नुभएको छ ।

 

सत्ता गठबन्धन दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को संयुक्त बैठकले विष्टलाई मन्त्रीमा सिफारिस गरेको थियो । उहाँ नेकपा (माओवादी केन्द्र) प्रदेशसभा सदस्य हुनुहुन्छ ।

यो पनि – एमाले केन्द्रीय समितिमा चितवनबाट १० जना

नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा निर्वाचित गरेको छ । महाधिवेशन संयोजन गरेको जिल्ला चितवनले यति धेरै केन्द्रीय समितिमा प्रतिनिधित्व पाएको पहिलो पटक हो । पार्टीको केन्द्रीय समिति ३०१ सदस्यीय छ ।  पार्टीको केन्द्रीय उपाध्यक्षमा सुरेन्द्रप्रसाद पाण्डे र रामबहादुर थापा निर्वाचित हुनुभएको छ । पाण्डे र थापा पूर्वमन्त्री हुनुहुन्छ । महाधिवेशन मूल व्यवस्थापन समितिको संयोजकमा थापा र सहसंयोजक पाण्डे रहनुभएको थियो । बागमती प्रदेशतर्फबाट पार्वती रावल केन्द्रीय कमिटी सदस्यमा निर्विरोध निर्वाचित हुनुभएको छ । उहाँ जिल्ला अध्यक्ष हुनुहुन्छ ।

एमाले चितवनका पूर्वअध्यक्ष जेएन थपलिया, निवर्तमान केन्द्रीय सदस्य सीता पौडेल, काशीनाथ अधिकारी, कपिल पोखरेल, देवी ज्ञवाली र राप्ती नगरप्रमुख प्रभा बराल केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । त्यसैगरी दलित महिलातर्फ शिवकुमारी गोतामे केन्द्रीय समितिमा निर्वाचित हुनुभएको छ । केन्द्रीय सदस्य ज्ञवालीले यति धेरै सङ्ख्यामा केन्द्रीय समितिमा जिल्लाबाट प्रतिनिधित्व पहिलो पटक भएको बताउनुभयो ।

यही मङ्सिर १० गते नारायणगढस्थित नारायणी नदी किनारमा उद्घाटन भएको एमालेको १०औँ महाधिवेशनको बन्दसत्र सौराहामा सम्पन्न भएको थियो । बन्दसत्रमा सहमति गर्ने प्रयास गरिएको भए पनि असफल भएपछि निर्वाचन गरिएको थियो । निर्वाचनअघि अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गर्नुभएका जिल्लाका १० नेता केन्द्रीय समितिमा निर्वाचित हुनुभएको हो ।