सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले एमविबीएस प्रथम वर्षमा अध्ययनरत प्रदेशभित्रका दलित, आदिवासी जनजाति, सीमान्तकृत, लोपोन्मुख समुदाय तथा पिछडिएको क्षेत्र र जेहन्दार विद्यार्थीलाई चिकित्सा शिक्षा अध्ययन छात्रवृत्ति प्रदान गर्ने भएको छ । आर्थिक वर्ष २०७८÷७९ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार चिकित्सा शिक्षा आयोगबाट सञ्चालित एमबिबीएस प्रवेश परीक्षा उत्तीर्ण गरी स्वदेशभित्रका विश्वविद्यालय वा चिकित्साशास्त्र अध्ययन प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिइने भएको हो । मन्त्रालयका शाखा अधिकृत जयदेव महराका अनुसार प्रतिविद्यार्थी रु १० लाखका दरले नौ जनालाई छात्रवृत्ति उपलव्ध गराइने छ ।
छात्रवृत्तिका लागि आगामी पुस १२ गतेसम्म आवेदन दिनका लागि समयसीमा निर्धारण गरिएको छ । छात्रवृत्तिका लागि आवेदन दिने विद्यार्थीले एकीकृत छात्रवृत्ति व्यवस्थापन निर्देशिका, २०७६ (पहिलो संसोधन)को अनुसूची ४ को ढाँचामा निवेदन र अनुसूची १० बमोजिम कबुलियतनामा दिनुपर्ने छ ।
छात्रवृत्तिका लागि नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, हालको स्थायी बसोबास भएको स्थानीय तहबाट स्थायी बसोबास रहेको व्यहोरा खुल्ने सिफारिसपत्र, विद्यार्थीले कक्षा ८, १० र १२ को अध्ययन पूरा गरेको ग्रेडसिट र चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, अध्ययन गरेको विद्यालय सामुदायिक वा संस्थागत (सार्वजनिक शैक्षिक गुठी, निजी शैक्षिक गुठी, निजी) भएको व्यहोरा खुल्ने गरी सम्बन्धित विद्यालय र सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइ वा सम्बन्धित स्थानीय तहको सिफारिसपत्र पेश गर्नुपर्ने छ ।
यससँगै हाल अध्ययनरत शैक्षिक संस्थामा चिकित्साशास्त्रको स्नातह तह प्रथम वर्षमा अध्ययनरत रहेको र अन्य कुनै पनि छात्रवृत्ति प्राप्त नगरेको व्यहोरा खुल्ने गरी अध्ययनरत क्याम्पसको सिफारिसपत्र, दलित आदिवासी, जनजाति, आदिवासी, पिछडिएको क्षेत्र र वर्ग, लोपोन्मुख वर्ग, सीमान्तकृत समुदायको क्लष्टरभित्र परेको स्पष्ट खुल्ने सम्बन्धित आधिकारिक संस्था, निकायको सिफारिसपत्र पेश गर्नुपर्ने छ । चिकित्सा शिक्षा आयोगबाट सञ्चालित एमबिबीएसको प्रवेश परीक्षामा विद्यार्थीले प्राप्त गरेको अङ्क र विद्यार्थीको अवस्था ‘¥याङ्क’ खुल्ने प्रमाणसमेत पेश गर्नुपर्ने प्रावधान छ ।
यो पनि – आज विश्व एड्स दिवस : ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’
‘असमानता हटाऔँ, एड्स अन्त्य गरौँ’ नाराका साथ आज ३४औँ विश्व एड्स दिवस मनाइँदै छ । हरेक वर्ष डिसेम्बर १ तारिखमा मनाइने विश्व एड्स दिवसलाई प्रभावकारी बनाउन समुदाय तहमा जनचेतना बढाउन आवश्यक भएकामा जोड दिइएको छ । दुव्र्यसनमा परेका युवालाई परामर्श दिने तथा क्रमशः एचआईभी एड्सको सङ्क्रमणदर घटाउने योजना आवश्यक भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले बताउनुभयो । दुव्र्यसनमा लागेका युवालाई सुरक्षित सुई वितरण गर्न थालिएको ‘कम्युनिटी सपोर्ट गु्रप’का प्रमुख प्रदीप जिसीले बताउनुभयो । जिल्लामा १०८ युवाले असुरक्षित रुपमा सुई प्रयोग गरेको पाइएको छ ।
वैदेशिक रोजगारीमा गएका युवा र उनीहरूको परिवार, यौन व्यवसाय गर्ने, लागुपदार्थ दुव्र्यसनमा लागेकाबाट एड्स सङ्क्रमण बढी भएको पाइएको छ । स्वास्थ्य कार्यालय र कम्युनिटी सर्पोट गु्रप तथा राष्ट्रिय एड्स रोग निवारण तथा समन्वय समितिले अभियाननै थालेका छन् । सन् २०३० सम्ममा सङ्क्रमणदर न्यून बनाउने, परीक्षणदर ९५ प्रतिशतसम्म पु¥याउने, उपचारदर पनि ९५ प्रतिशत नै पु¥याउने लक्ष्यका साथ कार्यक्रम अघि बढाइएको गुरौले बताउनुभयो ।
एड्स दिवसका अवसरमा जिल्लामा अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको छ । स्वास्थ्य कार्यालयका देवप्रकाश घिमिरे, कम्युनिटी सपोर्ट ग्रुपका जिसी र राष्ट्रिय एचआइभी एड्स समन्वय समितिकी सिर्जना थापाले एड्सको अवस्थाबारे आ–आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो ।



प्रतिक्रिया