चितुवाको छालासहित तीन जना पक्राउ

चितुवाको छालासहित तीन जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ महानगरपालिका–९ स्थित एयरपोर्ट सेकुवा कर्नरबाट दुर्लभ वन्यजन्तु चितुवाको छालासहित प्रहरीले आज तीन जनालाई पक्राउ गरेको छ । उनीहरूका साथबाट करिब दुई फिट दुई इञ्च लम्बाइ र सात इञ्च चौडाइ भएको एक थान चितुवाको छाला बरामद भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३ बस्ने नुवाकोट शिवपुरी गाउँपालिका–२ का २८ वर्षीय विशाल तामाङ, सोही ठाउँका ३२ वर्षीय विनोद तामाङ र गोकर्णेश्वर नगरपालिका–३ बस्ने चितवन राप्तीको ४२ वर्षीय कामी सिंह स्याङ्तान रहेका छन् ।

काठमाडौँ महानगरपालिका–९ एयरपोर्ट एरियामा केही व्यक्तिले दुर्लभ चितुवाको छाला अवैधरूपमा बिक्री वितरण गर्नको लागि लुकाई राखेको छ भन्ने सूचनाको आधारमा खोजतलासका लागि महानगरीय अपराध महाशाखा मीनभवनबाट प्रहरी टोली खटाइएको थियो । उक्त टोलीले आज उनीहरूलाई चितुवाको छालासहित फेला पारी पक्राउ गरेको हो । बरामद छालासहित आवश्यक कारबाहीका लागि उनीहरुलाई जिल्ला डिभिजन वन कार्यालय काठमाडौँमा पठाइएको महाशाखाले जनाएको छ ।

यो पनि – चोरीका मोटरसाइकल चलाउने दुई पक्राउ

ट्राफिक प्रहरीले नक्कली विलबुक बनाएर चोरीका मोटरसाइकल चलाउने दुई जनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको टोलीले वास्तविक नम्बर परिवर्तन गरी नक्कली विलबुक बनाएर चलाउने काभ्रे पाँचखाल नगरपालिका–४ का ३० वर्षीय दिलीप राई र गोरखा पालुङटार नगरपालिका–९ का २५ वर्षीय नवीन कोइरालालाई आज पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले प्रदेश ३–०२–०११ प ४४०४ नम्बर रहेको पल्सर मोटरसाइकललाई नम्बर परिवर्तन गरेर नक्कली विलबुक बनाएर हिँडिरहेको अवस्थामा पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ भएको मोटरसाइकल जडीबुटीबाट हराएको भनी काठमाडौँ महानगरपालिका–३२ का दुर्गानारायण श्रेष्ठले ट्राफिक महाशाखामा निवेदन दिनुभएको थियो । पक्राउ गरिएको मोटरसाइकल र व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी वृत्त नयाँ बनोश्वर पठाइएको प्रहरीले जनाएको छ ।