रिपोर्टिङमा सोलुखुम्बु गएका सञ्चारकर्मीमाथि हातपात

रिपोर्टिङमा सोलुखुम्बु गएका सञ्चारकर्मीमाथि हातपात

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोलुखुम्बुको सल्लेरीमा रिपोर्टिङका क्रममा सञ्चारकर्मीमाथि हातपात भएको घटनाप्रति विभिन्न सङ्घ सङ्गठनले आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेका छन् । घटनाको विषयमा सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा सोलुखुम्बु, पत्रकार महासङ्घ प्रदेश नं १, प्रेस सेन्टर प्रदेश नं १, जिल्ला शाखासहितले विज्ञप्ति जारी गरेका हुन्् ।

यस्तै सोलु एफएमले समेत विज्ञप्ति जारी गर्दै दोषीलाई तत्काल कारबाही गर्न माग गरेको छ भने पीडित पत्रकारले जाहेरी दरखास्त दिएको बताएका छन् । नेपाली कांग्रेसको जिल्ला कार्यसमिति सभापतिका लागि मङ्गलबार सम्पन्न दोस्रो चरणको निर्वाचनमा रिपोर्टिङमा गएका उज्यालो अनलाइनका जिल्ला संवाददातासमेत रहनुभएका सोलु एफएमका समाचार सहायक सुवास दर्नाल र सोलु एफएममै कार्यरत रमन वनमाथि हातपात भएको थियो ।

हातपात गर्नेमा नेपाल विद्यार्थी सङ्घका जिल्ला उपाध्यक्ष जीवन बस्नेत, क्षेत्रीय प्रतिनिधि प्रदीप बस्नेत, नेविसङ्घ माप्यदूधकोशी अध्यक्ष विभूषण राईको समूह रहेको पत्रकार दर्नालले बताउनुभयो । मतगणनास्थल बाहिर स्थलगत रिपोर्टिङमा रहेका सञ्चारकर्मीमाथि आफ्नो अन्तरवार्ता लिन धम्की दिँदै आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् । आक्रमणबाट रिपोर्टिङमा प्रयोग गरिएको माइक, रेकर्डरसहितका सामग्रीमा समेत क्षति पुगेको छ ।

रिपोर्टिङका क्रममा पत्रकारमाथि यसरी आक्रमण भएको जिल्लामा पहिलो घटना हो । यता जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले भने दोषीउपर कानूनी कारबाहीको प्रक्रिया तत्काल अघि बढाउने जनाएको छ । नेपालको संविधान २०७२ को भाग ३ धारा १९ ले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूत गरेको छ । नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता वा सङ्घीय एकाइबीचको सु–सम्बन्ध वा विभिन्न जात, जाति, धर्म वा सम्प्रदायबीचको सु–सम्बन्धमा खलल पर्ने, राज्यद्रोह, गाली बेइज्जती वा अदालतको अवहेलना हुने वा अ.पराध गर्न दुरुत्साहन गर्ने वा सार्वजनिक शिष्टाचार, नैतिकताको प्रतिकूल कार्य गर्ने, श्रमप्रति अवहेलना गर्ने र जातीय छुवाछूत एवं लैङ्गिक भेदभावलाई दुरुत्साहन गर्ने कार्यमा मनासिब प्रतिबन्ध लगाउने गरीबाहेक विद्युतीय प्रकाशन, प्रसारण तथा छापा लगायतका जुनसुकै माध्यमबाट कुनै समाचार, सम्पादकीय, लेख, रचना वा अन्य कुनै पाठ्य, श्रव्य, श्रव्यदृश्य सामग्रीको प्रकाशन तथा प्रसारण गर्न वा सूचना प्रवाह गर्न वा छाप्न पूर्व प्रतिबन्ध नलगाइने प्रष्टरुपमा उल्लेख छ ।

यो पनि – अध्ययन गरिँदै मनाङको पहिरो

हिमाली जिल्ला मनाङ असारको सुरुआतमै बाढीपहिराबाट क्षतविक्षत भएको थियो । पहिराले क्षति पु¥याएका क्षेत्रको स्थलगत अवलोकनमा पूर्व प्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसहितको प्राविधिक टोली यहाँ आएको थियो थियो । त्यसपछि पनि अन्य सरोकारवाला सरकारी निकाय र राजनीतिक दलका नेताले सो क्षेत्रको अवलोकन गरेका थिए ।

स्थलगत निरीक्षणपछि अध्यक्ष प्रचण्डले त्यतिबेला भावी योजनासहित अध्ययन गरेर दीर्घकालिन समाधानको खोजी गर्ने आश्वासन दिनुभएको थियो । त्यसैको परिणाम स्वरुप पहिलोपटक यहाँका ठूला आकारका पहिराको अध्ययन गर्न थालिएको छ । पहिरा जानुको कारण पत्ता लगाइ आगामी दिनमा थप पहिरा जान नदिनका लागि अध्ययन गर्न थालिएको हो । पहिराको रोकथामको उपाय पहिचान गर्ने प्रयास पनि अध्ययन गरिने प्राविधिकले बताएका छन् ।

डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाले अहिले परामर्शदाता खटाएर ठूला आकारका पहिराको विशेषज्ञमार्फत विशेष अध्ययन गर्न थालिएको हो । पहिराले मुख्यतः मनाङ जोड्ने एकमात्र मोटरमार्ग भत्किएपछि महिनौँसम्म आवतजावत रोकिएको अवरुद्ध भएको थियो । स्थलमार्ग रोकिँदा मनाङमा खाद्यान्न र औषधि आपूर्तिमा समेत समस्या भएको थियो ।

डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाका इन्जिनियर अच्युतविलास पन्तले सडकखण्डमा पर्ने ठूला आकारका पहिरोको अध्ययन गराउन थालिएको बताउनुभयो । साना तिना पहिराको खासै अध्ययन आवश्यक नपर्ने भए पनि ठूला पहिराको अध्ययन आवश्यक रहेको उहाँले बताउनुभयो । “ठूला पहिरा आउनुको कारण पहिल्याउन आवश्यक छ । किनभने हरेक वर्ष पहिरा जाने अवस्थामा त्यहाँ कसरी पूर्वाधार व्यवस्थापन गरी रोक्न सकिन्छ भनेर अध्ययन भएमा दीर्घकालीन समाधान गर्न सकिनेछ”, पन्तले भन्नुभयो, “हचुवाका भरमा सडकको पूर्वाधार खर्च बढी गर्नुभन्दा लामो समय टिकाउ हुने गरी सडक निर्माणका लागि पहिराको अध्ययन गर्नुपर्छ ।”

उहाँका अनुसार स–साना पहिराको सडक आयोजना आफैँले अध्ययन गर्नेछ तर, ठूला पहिराको अध्ययन गर्ने क्षमता आयोजनासँग नभएपछि परामर्शदाता नै छनोट गरिएको छ । यो सडकखण्डमा सबैभन्दा ठूलो पहिरा कोतो, बगरछाप र सिरनातालमा झरेको छ । त्यसैगरी लमजुङ प्रवेश नाकामा पर्ने उदीपुरमा पनि ठूलो आकारको पहिरा खसेको छ । यहाँका यी पहिराको अध्ययन जरुरी रहेको उहाँले बताउनुभयो ।

“ठूला आकारका पहिरा खस्नुको कारण पहिल्याउनुपर्ने हुन्छ । त्यो क्षमता हामीमा छैन । पहिरा खस्नुको मुख्य कारण पहिल्याउन भूगोल नै अध्ययन गर्न थालिएको हो । पहिरा किन गयो ? त्यसका कारण पहिल्याउने प्रयास हुनेछ । आगामी दिनमा पहिरा झर्नुबाट रोक्न सकिने भएकाले परामर्शदाताले उपाय निकाल्ने अपेक्षासहित अध्ययन थालिएको छ । त्यसबाहेक रोकथामको उपाय पनि पहिल्याइनेछ”, पन्तले भन्नुभयो ।

ठूलो वर्षाकै कारण हो वा भौगोलिक अवस्था कमजोर भएर पहिरा झरेको भन्ने कारण पहिल्याउन अध्ययन आवश्यक रहेको उहाँले बताउनुभयो । “दीर्घकालीन सोच राखेर अध्ययन गर्न थालिएको हो । अध्ययनपछि पहिराग्रस्त क्षेत्रमा सडकका पूर्वाधार निर्माणको काम अघि बढाइने उहाँले बताउनुभयो । “तत्कालै बलिया र ठूला आकारका संरचना त्यहाँ बनाउन भने मिल्दैन । अहिले बनाएर अर्काे वर्ष बग्ने अवस्था आउनुहुँदैन । त्यो थाहा पाउन पनि अध्ययन गर्नैपर्ने भएको छ”, उहाँले भन्नुभयो ।

सडकको पहिराको अध्ययनका लागि न्यू डाइमेन्सन इन्जिनियरिङ सर्भिसलगायत परामर्शदाता छनोटमा परेमा छन् । न्यू डायमेन्सनका कार्यकारी प्रमुख सञ्जीव पाण्डेका अनुसार बेँसीसहर आसपास र चामेसम्मका मुख्य पहिरोको अध्ययन गर्नका लागि विज्ञसहितको टिम परिचान भएको छ । उहाँले भन्नुभयो, “त्यो खण्डमा झण्डै डेढ दर्जन ठाउँमा पहिरो झरेका छन् । तीमध्ये केही निकै नै भीषण आकारका छन् ।” अहिले विशेषज्ञ टोलीलाई खटाएर ती स्थानमा पहिरा झर्नुको कारणबारे अध्ययन भइरहेको छ । भूगर्वविद्, भूक्षय विज्ञ, इन्जिनियरिङ जिओलोजिष्ट, जलस्रोतविज्ञलगायत टोली सहभागी छन् ।

“के कारणले पहिरा खसेको हो । भिरालो नै भएर हो वा वर्षाका कारण वा भौगोलिक बनोट नै कमजोर भएर त्यो अवस्था आएको भन्ने थाहा पाउन अध्ययन गर्नुपर्छ । त्यो अध्ययन भइरहेको छ”, पाण्डेले भन्नुभयो, “अहिले पहिरा झरेको क्षेत्रलाई भविष्यमा कसरी जोगाउन सकिन्छ भनेर पनि अध्ययन आवश्यक छ । किन भने भविष्यमा पनि यस्तै आकारको पहिरा जाने अवस्था भएमा रोकथामको लागि सावधानी अपनाउन सकिन्छ । पहिरो जान नदिन के गर्ने र त्यो ठाउँलाई कसरी बचाउने भनेर पनि अध्ययन हुनेछ ।”

उहाँका अनुसार ५० मिटर गहिराइसम्मको अवस्था पनि पहिल्याउने प्रयास हुनेछ । माटोको भारवहन क्षमता कमजोर भएर हो वा भीषण वर्षाकै कारण पहिरो झरेको भन्ने पत्ता लगाउन सकियो भने बल्ल भविष्यमा विकास निर्माण गर्न सहज हुने उहाँले भन्नुभयो । “अर्काे वर्ष बाढी आउँदा त्यो बाटो थप क्षति नहोस् भनेर सचेत हुनुपर्नेछ किनकी सरकारले लगानी गर्दा पनि त्यही अनुसार गर्नेछ”, उहाँले भन्नुभयो, “बालुवामा पानी हालेजस्तो अहिले लगानी गर्ने र अर्काे वर्ष बाढीमा बग्ने गरी क्षति हुन दिनुभएन ।”

आगामी दिनमा पहिरा झर्न नदिनका लागि अपनाउनुपर्ने रोकथामका विधि पनि यही अध्यनय टिमले थाहा पाउने उहाँको भनाइ छ । “कुन तरिकाले पहिरो रोक्न सकिन्छ भनेर पनि अध्ययन हुनेछ । तत्काललाई र दीर्घकालीन क्षति हुन नदिनका उपाय पनि पहिल्याउनेछौँ”, उहाँले भन्नुभयो । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले असारको बाढीपहिराले धेरै नै क्षति पु¥याएकोले अध्ययन गर्न जरुरी मानेर प्रक्रिया अगाडि बढाएको बताउनुभयो । “मनाङ प्रवेश नाकामा नै ठूलाका पहिरा झरेका छन् । ती पहिराको अध्ययन जरुरी छ”, आचार्यले भन्नुभयोे, “पहिराका कारण पहिल्याउन सकेमा आगामी दिनमा थप क्षति नहुन सक्छ ।”

उहाँका अनुसार कतिपय ठाउँमा पहिराका कारणले बस्ती नै जोखिममा छन् । ती बस्तीलाई पहिराका कारणले भविष्यमा असर पर्ने की नपर्ने भनेर पनि अध्ययनमार्फत् समाधान गर्ने माध्यम पहिल्याउन आवश्यक रहेको उहाँले बताउनुभयो । केही वर्ष अघि बगरछापमा पहिरा जाँदा त्यहाँको बस्ती दानाक्युमा सारिएको थियो ।

त्यस्तै अवस्था अब आउने देखिएको उहाँले बताउनुभयो । “यहाँ पहिरा झरेर नदी थुनिने त्रास छ । वर्षामा पनि यहाँ पहिरो झरिरहन्छ । यहाँ सुक्खा अवस्थामा पनि पहिरो झर्छ । त्यही भएर पनि अध्ययन आवश्यक छ”, आचार्यले उहाँले भन्नुभयो ।