कांग्रेस लुम्बिनी प्रदेश अधिवेशन उद्घाटन कार्यक्रम भैरहवामा हुने

कांग्रेस लुम्बिनी प्रदेश अधिवेशन उद्घाटन कार्यक्रम भैरहवामा हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको उद्घाटन रुपन्देहीको भैरहवामा हुने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचनको तालिकाअनुसार भैरहवाको महेन्द्र सभागृहमा मङ्सिर १६ गते दिउँसो १२ः३० बजे उद्घाटन हुने पार्टीको लुम्बिनी प्रदेश सचिवालयका सदस्य चिरञ्जीवी जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार मङ्सिर १६, १७ र १८ गते हुने लुम्बिनी प्रदेश अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । प्रदेशको संरचनाअनुसार कांग्रेस प्रदेशको निर्वाचन यो पहिलोपटक हँुदैछ । अधिवेशनको उद्घाटन गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणले गर्ने कार्यक्रम तय भएको छ ।

मङ्सिर १७ गते उम्मेदवारी दर्ता गरी १८ र १९ गते प्रदेशमा कार्यसमिति चयन गर्ने कार्यतालिका तय गरिएको छ । उक्त प्रदेशभरिका महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधि गरी एक हजार ५८५ ले मतदान गर्नेछन् । अधिवेशनमा तीन हजारभन्दा बढीको सहभागिता रहने सचिवालय सदस्य शिवप्रसाद गैरेले जानकारी दिनुभयो ।

यो पनि – कांग्रेसको पाहुना स्वागत तथा व्यवस्थापन समितिले पायो पूर्णता

नेपाली कांग्रेसको ‘१४ औँ महाधिवेशन स्वदेशी तथा विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समिति’ले बुधबार पूर्णता पाएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको गत कात्तिक २८ गते सम्पन्न बैठकले १४औँ महाधिवेशन सम्पन्न गर्न सहमहामन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा सो समिति गठन गरेको थियो ।
समितिमा पार्टीका केन्द्रीय सदस्य डा चन्द्र भण्डारी, अम्बिका बस्नेत, मिन विश्वकर्मा, चिनकाजी श्रेष्ठ, डा डिला सङ्ग्रौला सदस्य रहनुभएको पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिनुभयो ।

यसैगरी समितिमा आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डे र आनन्द (गोरख) विष्ट तथा सांसद दिव्यमणि राजभण्डारी, संविधान सभा सदस्य राजीवविक्रम शाह, डा प्रभु बुढाथोकी, पूर्वराजदूत डा दिनेश भट्टराई, सुशील नाहटा, दीपक महत, याङ्किला शेर्पा, आङ्छिरिङ शेर्पा र रामशरण थपलिया सदस्य रहनुभएको छ ।