विश्व बैंकको लगानीका परियोजनाको प्रगतिबारे छलफल

विश्व बैंकको लगानीका परियोजनाको प्रगतिबारे छलफल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र नेपाल, मालदिभ्स र श्रीलङ्काका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जेर्भोससहितको प्रतिनिधिमण्डलबीच बैंकले लगानी गरेका विकास परियोजनाको प्रगति समीक्षा एवं प्रभावकारीताबारे छलफल भएको छ । मन्त्री श्रेष्ठसँग आज उहाँकै कार्यकक्षमा भएको बैठकमा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई अझ प्रभावकारी तुल्याउने, त्यसलाई दिगो रोजगारीसँग जोडने, बेरोजगार, विपन्न तथा लक्ष्यित वर्गका लागि उपयोगी पूर्वाधार विकास गर्ने तथा बजारको मागअनुसार जनशक्ति आपूर्ति गर्ने सम्बन्धमा विचारविमर्श भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

त्यस अवसरमा मन्त्री श्रेष्ठले श्रम रोजगारी तथा सीप तालिमलाई एकीकृतरूपमा सञ्चालन गर्न स्थानीय तहमार्फत नमूना सेवा केन्द्रको सञ्चालन गर्ने र सबै स्थानीय तहमा विस्तार गर्ने सरकारी योजनाबारे जानकारी दिनुभएको थियो ।बेरोजगार, गरिब र जोखिमपूर्ण अवस्थामा रहेका समुदायको उत्थानका लागि हाल सञ्चालनमा रहेका सामाजिक सुरक्षा र संरक्षणसम्बन्धी कार्यक्रम सञ्चालन गर्न बैंकबाट थप सहयोगको अपेक्षा नेपालले गरेको बताउनुभयो । नेपालको सामाजिक–आर्थिक विकासमा विश्व बैंकले निरन्तर सहयोग गरेकामा त्यसको सराहना गर्दै भविष्यमा पनि त्यस्तो सहयोग विस्तार हुने विश्वास व्यक्त गर्नुभयो । देशीय निर्देशक जेर्भोसले नेपालमा थप रोजगारमूलक कार्यक्रम, त्यससम्बन्धी नीति, क्षमता अभिवृद्धि तथा सेवा प्रवाहमा सुधार हुने गरी प्राविधिक सहायता परिचालन गर्न विश्व बैंक तयार रहेको बताउनुभयो ।

यो पनि – तल्लो मोदी जलविद्युत् आयोजना तीन महिनापछि सञ्चालनमा

पर्वतमा सञ्चालित १० मेगावाट क्षमताको तल्लो मोदी–१ जलविद्युत् आयोजनाको उत्पादन झण्डै तीन महिनापछि पुनः सञ्चालन भएको छ । गत भदौ १७ गते राति आएको बाढीले आयोजना क्षतविक्षत बनाएपछि उत्पादन ठप्प बनेको थियो । पर्वतको कुश्मा नगरपालिका–८ चुवामा युनाइटेड मोदी हाइड्रोपावर कम्पनीद्वारा सञ्चालित १० मेगावाट क्षमताको यो आयोजनामा ठूलो क्षति पुगेका कारण मर्मत गर्न लामो समय लागेको हो । प्राविधिक र आयोजनाका कर्मचारीको निरन्तरको प्रयासपछि गत शुक्रबारदेखि उत्पादन सञ्चालनमा ल्याइएको युनाइटेड मोदी हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक उपेन्द्र गौतमले जानकारी दिनुभयो ।

आयोजनाभन्दा माथिबाट आएको पहिरोले ठूलो क्षति पु¥याएपछि तत्काल मर्मत गर्न नसकिएको हो । बाढीले आयोजनाको नहर, बाँधस्थल, सेयर वाल, स्ल्याबलगायतका संरचनामा क्षति पुगेको थियो । विद्युत् उत्पादनगृहमा कुनै क्षति नपुगे पनि नहरबाट पानी पास गराउन समय लागेको हो । उक्त आयोजनाको विद्युत्गृहदेखि मोदी सबस्टेसन जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइनको चार नम्बर टावरसमेत पहिरोले ढालेको थियो । टावर ढलेसँगै तल्लो मोदी–१ को विद्युत् गृहमा पठाउने पानीको नहरको ५०० मिटर भागमा लेदोसहितको माटो थुप्रिनुका साथै करिब एक किलोमिटर क्षेत्र क्षतविक्षत बनाएको थियो । त्यसबाहेक युनाइटेड मोदी आयोजनाले नै निर्माण गरेको विद्युत् प्रसारण टावरसमेत पहिरोले ढालेको थियो ।

निर्देशक गौतमका अनुसार बाढी र पहिरोका कारण नोक्सान मात्रै रु पाँच करोडभन्दा बढी भएको छ । त्यसैगरी अहिलेसम्म विद्युत् उत्पादन नहुँदा थप रु दुई करोड आम्दानीसमेत घटेको उहाँले बताउनुभयो । आयोजनाको मर्मत पूर्णरूपमा अझै नसकिएको उहाँको भनाइ छ । यसअघि पनि जेठ ३१ गते राति सुन्दरेखोलामा आएको बाढीले नहर पुरिँदा झण्डै एक महिनामा आयोजना सञ्चालनमा आएको थियो ।