आइटिएफ वल्र्ड टेनिस ः एकलतर्फ नेपाली खेलाडी अभिलाषा र आरभ पराजित

आइटिएफ वल्र्ड टेनिस ः एकलतर्फ नेपाली खेलाडी अभिलाषा र आरभ पराजित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरामा जारी ‘आइटिएफ गल्र्स÷ब्वाइज यू–१८ वल्र्ड ¥याङ्किङ टेनिस टुर’अन्तर्गत आजको एकलतर्फको खेलमा नेपालका नं १ खेलाडीद्वय अभिलाषा विष्ट र आरभ सम्राट हाडा पराजित हुनुभएको छ । विश्व टेनिस महासङ्घसँगको सहकार्यमा कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा पोखरा रङ्गशालास्थित टेनिस कम्लेक्समा सञ्चालन भएको खेलमा महिलातर्फ नेपाली खेलाडी अभिलाषा भारतकी भानिष्का मारिया र आरभ भारतकै खेलाडी हितेश चौहानसँग पराजित हुनुभएको हो ।

अभिलाषाले खेलमा पहिलो सेट ३–६ अङ्क र दोस्रो सेट ५–७ अङ्कले गुमाउनुभयो । पुरुषतर्फ आरभले पहिलो सेट २–६ अङ्क र दोस्रो सेट ३–६ अङ्कले पराजित हुनुभयो । महिलातर्फको अर्को खेलमा नेपालका सलोनी तामाङले क्वाटरफाइनलको यात्रा तय गर्न सफल हुनुभयो । सलोनीले भारतका सेहीनी सञ्जय मोहन्तीसँग टाइब्रेकरमा खेल आफ्नो पक्षमा पार्न सफल हुनुभयो ।

पहिलो सेट ३–६ ले गुमाउनुभएकी सलोनीले दोस्रो सेट ६–४ ले आफ्नो पक्षमा पार्नुभयो भने अन्तिम सेट ७–५ अङ्कले जित्न सफल हुनुभयो । महिलातर्फ नेपालका आद्या पौडेल भारतका हाना नागपालसँग पराजित हुनुभयो । उहाँसँग ६–०, ६–१ छङ्कले पराजित हुनुभएको प्रतियोगिता निर्देशक अजय विष्टले जानकारी दिनुभयो ।

नेपाली खेलाडी प्रकृति श्रेष्ठ भारतका खेलाडी मेहेर मिश्रसँग ६–३, ७–५ ले हार बेहोर्न पुग्नुभयो । नेपालका अर्की खेलाडी सर्वाणी श्रेष्ठले भारतका शुखमनी भण्डारीसँग टाई ब्रेकरमा आफ्नो खेल गुमाउनुभयो । पहिलो सेट ६–४ ले पराजित हुनुभएकी सर्वार्णीले दोस्रो सेटमा खेलमा फर्किंदै ६–२ ले आफ्नो पक्षमा पार्न सफल भए पनि तेस्रो सेट ६–१ ले गुमाउन पुग्नुभयो ।

पुरुषतर्फको खेलमा रुसी खेलाडी मात्वे ग्रेसनर भारतका दक्ष प्रसादसँग टाइब्रेकरमा ६–४, २–६ र ६–४ अङ्कले पराजित हुनुभयो । यसैगरी भारतका चन्दन शिवराजले अमेरिकाका जय दत्तलाई ६–४, ४–६, ६–४ अङ्कले, डेनमार्कका नोर्डल क्लाउजनले भारतका धञ्नजय आत्रेयलाई ६–४, ४–६, ६–३ ले, अमेरिकी खेलाडी सिद्धार्थ लामाले इजरायली खेलाडी हालेल आशुषलाई ६–१, ६–४ अङ्कले पराजित गर्न सफल हुनुभएको छ ।

प्रतियोगितामा एकलतर्फ जीत निकाल्न नसकेका नेपाली खेलाडीले ‘डबल्स’तर्फ भने उत्कृष्ट खेल प्रदर्शन गरेका छन् । नेपालका अर्यान गिरी र आरभ सम्राट हाडाको जोडीले भारतका हितेश चौहान र चन्दन शिवराजको जोडीलाई ७–६ र ६–१ अङ्कले पराजित गर्न सफल भएको छ । महिलातर्फ नेपाली खेलाडी अभिलाषा र सलोनीको जोडीले भारतका सुखमनि र हेनाको जोडीलाई ७–५, ६–४ को सोझो सेटमा पराजित ग¥यो भने नेपालकै ईशा श्री शाह र श्रवणीको जोडीले भारतको श्रीतन्वी र भान्सिकालाई ६–२, ६–२ ले पराजित ग¥यो । प्रतियोगितामा नेपालसहित नौ देशका ६४ खेलाडीले सहभागिता जनाएको सङ्घका सचिव नवीन श्रेष्ठले जानकारी दिनुभयो ।