यू–१९ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमको तेस्रो जीत, दोस्रो स्थानमा उक्लियो

यू–१९ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमको तेस्रो जीत, दोस्रो स्थानमा उक्लियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वाइवाइ १९ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले तेस्रो जीत दर्ता गरेको छ । आज सम्पन्न खेलमा सुदूरपश्चिमले प्रदेश १ लाई ६ विकेटले हराउँदै तेस्रो जीत दर्ता गरेको हो । यसअघि सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ४ विकेट र कर्णालीलाई १० विकेटले पराजित गरेको थियो । तेस्रो जीत निकालेको सुदूरपश्चिम ६ अङ्कका साथ अङ्क तालिकाको दोस्रो स्थानमा समेत उक्लिएको छ । दश अङ्कका साथ पहिलो स्थानमा लुम्बिनी प्रदेश रहेको छ ।

आज प्रदेश १ ले दिएको ९१ रनको झिनो लक्ष्य सुदूरपश्चिमले ४ विकेटको क्षतिमा ३१ ओभरमा पूरा ग¥यो । सुदूरपश्चिमका लागि अर्जुन साउद र वसन्त कार्कीले अर्धशतकीय साझेदारी गर्दै टोलीलाई जीत दिलाएका हुन् । तेइस रनमा ४ विकेट गुमाएर धर्मराएको सुदूरको पारी सम्हाल्दै अर्जुन र वसन्तले पाँचौँ विकेटका लागि ७१ रनको साझेदारी गर्दै जीत हासिल गरे । वसन्तले ३७ र अर्जुनले ३२ रन जोडे ।

प्रदेश १ का अभिनय राजवंशीले दुई तथा श्रवण किस्कु र अङ्कित सुवेदीले समान १÷१ विकेट हात पारे । त्यसअघि मूलपानी क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको १ प्रदेश २४ ओभरमा मात्रै ९० रनमा सीमित भयो । उसका लागि अङ्कित सुवेदी एक्लैले ६१ रनको पारी खेले पनि अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रनसमेत जोड्न सकेनन् । सुदूरपश्चिमका शेर मल्लले ४, नरेन्द्र साउदले ३ र कैलाश ऐरीले २ विकेट हात पारे । शेर मल्ल खेलका म्यान अफ द म्याच चुनिए ।

यो पनि –  लुम्बिनीमा त्रियान सम्मेलन सुरु

लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजनामा लुम्बिनीमा प्रथम त्रियान प्रज्ञा सम्मेलन आजदेखि सुरु भएको छ । विश्वविद्यालयले बौद्ध संस्कृति र समृद्धि तथा बौद्ध शिक्षण पद्धतिमा केन्द्रित रहेर त्रियान सम्मेलन आयोजना गरेको हो ।

सम्मेलनमा नेपालका बौद्ध विद्वान् तथा अनुसन्धानकर्ताको सहभागिता रहेको छ । सम्मेलनको पहिलो दिन बौद्ध संस्कृति र समृद्धिका विषयमा कार्यपत्र प्रस्तुत भएका छन् । थेरवाद बौद्ध संस्कृति र समृद्धि विषयमा अनागरिका प्रितिवती र मदनरत्न बज मानन्धरले कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यपत्रमा थेरवादी संस्कृतिलाई मुलुकको समृद्धिसँग जोड्न सकिने भन्दै थेरवादी परम्पराको प्रवद्र्धनमा जोड दिनुपर्ने उल्लेख गरिएको छ । विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा त्रिरत्न मानन्धरको अध्यक्षतामा भएको सत्रमा प्रस्तुत भएका कार्यपत्रमाथि भिक्षु वजिर र डा रिना तुलाधरले टिप्पणी गर्नुभएको छ ।

त्यस्तै थेरबाद बौद्ध शिक्षण पद्धति विषयमाथि प्रा डा भिक्षु सांकिच्च महास्थविरले कार्यपत्र प्रस्तुत गर्नुभयो । त्यस कार्यपत्रमाथि ईश्वरचन्द्र विद्यासागर श्रेष्ठले टिप्पणी गर्नुभएको थियो । त्यस्तै महायान बौद्ध संस्कृति र समृद्धि विषयमा आचार्य सार्की शेर्पाले कार्यपत्र प्रस्तुत गर्नुभयो । सो कार्यपत्रमाथि डा शारदा पौडेलले टिप्पणी गर्नुभयो । सो विषयमा प्रा डा रमेश ढुङ्गेल, लोपेन कर्मा यान्चेनले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । विश्वविद्यालयका उपकुलपति प्रा डा हृदयरत्न बज्राचार्यको अध्यक्षतामा चलेको सत्रमा प्रस्तुत दुई कार्यपत्रमाथि वेदराज ज्ञवाली र डा निमा शेर्पाले टिप्पणी गर्नुभएको थियो ।

त्यस्तै महायान बौद्ध शिक्षण पद्धति विषयमा डा तेन्जिङ जिन्पा भूतियाले कार्यपत्र प्रस्तुत गर्नुभएको छ । कार्यपत्रमाथि प्रा डा विजय वरुवाले टिप्पणी गर्नुभएको थियो । त्यस्तै बज्रयान संस्कृति र समृद्धि विषयमा बिहीबार गोष्ठी हुनेछ । त्यसअघि सम्मेलनको शुभारम्भ कार्यक्रममा विश्वविद्यालयका उपकुलपति बज्राचार्यले विश्वविद्यालयले बौद्ध संस्कृतिलाई समृद्धिसँग जोड्न सम्मेलनको आयोजना गरेको बताउनुभयो ।

त्यस्तै रजिष्ट्रार डा तिलकराम आचार्यले बौद्ध संस्कृतिलाई समृद्धिसँग जोड्ने नीतिलाई यो सम्मेलनले टेवा पु¥याउने बताउनुभयो । विश्वविद्यालयले पहिलो सम्मेलनबाट मन्थन भएका विचारलाई नीति निर्माण तहसम्म पु¥याउने उहाँले बताउनुभयो । बौद्ध शिक्षण पद्धतिको प्रवद्र्धन गरी बौद्ध दर्शनलाई जीवनयापनसँग जोड्नुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा बौद्ध दर्शन तथा प्रवद्र्धन गुम्बा विकास समितिका अध्यक्ष फुपु छेम्बे शेर्पाले त्रियान सम्मेलनले बौद्ध दर्शन संस्कृतिका पुनरुत्थानमा महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो । त्यस्तै उपेक्षा गुरुमाले बौद्ध संस्कृतिको संरक्षणका लागि यी सम्मेलन महत्वपूर्ण हुने बताउनुभयो । अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष भिक्षु मैत्रेयले बौद्ध धर्मका तीन यानका विषयमा सबैले जानकारी पाउनुपर्ने बताउनुभयो ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा नरेशमान बज्राचार्यले बौद्ध संस्कृतिको संरक्षण र प्रवद्र्धनमा बौद्ध विश्वविद्यालयले गरेको यो सम्मेलन निकै प्रशंसनीय रहेको बताउनुभयो । सत्रौँ वार्षिकोत्सव समारोहमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने कार्यक्रम रहेको छ । राष्ट्रपतिले रु नौ करोड २० लाख लागतमा निर्माण भएको केन्द्रीय पुस्तकालय भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।