ओमिक्रोन प्रभाव : मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा पूर्ण खोप अनिवार्य

ओमिक्रोन प्रभाव : मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा पूर्ण खोप अनिवार्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर राख्दै हिमालपारिको जिल्ला मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा कोरोना विरुद्धको पूर्ण मात्रा खोप अनिवार्य गरिएको छ ।  कोरोना सङ्क्रमणको दोस्रो लहरपछि सामान्य बन्दै गएको मुस्ताङमा पछिल्लो समय घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटक बढेका थिए । हालै विश्वका कतिपय देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको भन्दै यसको जोखिमलाई मध्यनजर गर्दै मुस्ताङ प्रवेशमा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार विशेष गरी पर्यटकका लागि सात दिनभित्रको पीसीआर नेगेटिभ रिपोर्ट वा पूर्ण मात्राको खोप कार्ड वा पछिल्लो ७२ घण्टाभित्रको एन्टिजेन परीक्षण रिपोर्ट नभएका व्यक्तिलाई प्रवेशमा रोक लगाइएको हो । मुस्ताङमा स्थायी बसोबास गर्दै आएकाहरू तथा पूर्ण खोप लगाएका कर्मचारी, शिक्षक र सुरक्षाकर्मीहरूका लागि भने यो सर्त लागू नहुने जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ ।

“मङ्सिर १५ गते राति १२ बजेदेखि २९ गते राति १२ बजेसम्म लागू हुने गरी मुस्ताङ घुम्न आउनेहरूका लागि कडाइ गरेका छौँ, त्यसबाहेक जिल्लाभित्रका विभिन्न क्रियाकलापहरूमा पनि कडाइ गर्दै आदेश जारी भएको छ,” प्रजिअ शर्माले भन्नुभयो “नेपाल भित्रिएका बाह्य तथा आन्तरिक पर्यटकहरु एक पटक मुस्ताङ पुग्ने योजनामा हुन्छन् । अहिले विभिन्न देशमा नयाँ भेरियन्ट फैलिँदै गएको खबर आइरहेकाले पर्यटकका माध्यमबाट मुस्ताङसम्म पुग्न सक्ने जोखिमका कारण कडाइ गरिएको हो ।”
जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले सार्वजनिक स्थलमा मेला, जात्रा, महोत्सव, भोजभतेर, हाटबजार लगायतका भीडभाड हुने खालका कार्यक्रम नगर्न पनि आदेश दिएको छ । त्यसैगरी विवाह, व्रतबन्ध, मृत्यु संस्कारलगायतका अनिवार्य कार्य गर्नु परेमा भने २५ जनाभन्दा बढी भेला हुन नपाउने आदेश जारी गरिएको छ ।

यो पनि – ओमिक्रोन त्रास : मुस्ताङ प्रवेशमा कडाइ

कोरोना भाइरसको नयाँ ‘भेरियन्ट ओमिक्रोन’ त्रासका कारण हिमालपारिको जिल्ला मुस्ताङ प्रवेशमा कडाइ थालिएको छ । कोरोना सङ्क्रमणको अवस्था विस्तारै बढ्न थालेको भन्दै नयाँ भेरियन्ट भित्रिन नदिन प्रवेशमा कडाइ थालिएको हो । मुस्ताङ घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गइरहेकाले पुनःसङ्क्रमण बढ्ने तथा नयाँ भेरिएन्ट भित्रिन सक्ने जोखिमका कारण जिल्ला प्रवेशमा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो ।

उहाँका अनुसार आज राति १२ बजेदेखि २९ गते राति १२ बजेसम्म लागू हुने गरी विशेषगरी पर्यटकका लागि सात दिनभित्रको पिसिआर नेगेटिभ रिपोर्ट वा खोप कार्ड वा पछिल्लो ७२ घण्टाभित्रको एन्टिजेन परीक्षण रिपोर्ट नभएका व्यक्तिलाई जिल्ला प्रवेशमा कडाइ गर्न लागिएको हो । यद्यपि मुस्ताङमा स्थायी बसोबास गर्दै आएका तथा पूर्ण खोप लगाएका कर्मचारी, शिक्षक र सुरक्षाकर्मीका लागि भने यो सर्त लागू नहुने जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ ।

“मङ्सिर १५ गते राति १२ बजेदेखि २९ गते राति १२ बजेसम्म लागू हुने गरी मुस्ताङ प्रवेशमा विशेषगरी घुम्न आउनेका लागि कडाइ गर्न लागिएको छ । त्यसबाहेक जिल्लाभित्रका विभिन्न क्रियाकलापमा पनि कडाइ गर्दै आदेश जारी भएको छ”, प्रजिअ शर्माले भन्नुभयो, “नेपाल भित्रिएका बाह्य पर्यटक तथा आन्तरिक पर्यटक एकपटक मुस्ताङ पुगेर आउने सोच राखेका हुन्छन् । अहिले विभिन्न देशमा नयाँ भेरियन्ट फैलिँदै गएका बेलामा पर्यटकका माध्यमबाट मुस्ताङसम्म पुग्न सक्ने जोखिमका कारण कडाइ गरिएको हो ।”

जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले सार्वजनिकस्थलमा मेला, जात्रा, महोत्सव, भोजभतेर, हाटबजारलगायतका भिडभाड हुने खालका कार्यक्रम नगर्न आदेश दिएको छ । यस्तै विवाह, व्रतबन्ध, मृत्यु संस्कारलगायतका अनिवार्य कार्य गर्नुपरेमा बढीमा २५ जनाभन्दा भेला हुन नपाउने भनिएको छ ।

यो पनि – आज थप ३१६ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा कृष्णप्रसाद पौडेलले आज १२ हजार ७२७ मा कोरोना परीक्षण गर्दा ३१६ जनामा सङ्क्रमण पुष्टि भएको बताउनुभयो । उहाँका अनुसार सक्रिय सङ्क्रमित छ हजार ९५४ पुगेको छ । पछिल्लो समय थप २५९ जना सङक्रमणमुक्त भएको पौडेलले जानकारी दिनुभयो । योसँगै आठ लाख तीन हजार १६८ जना सङ्क्रमण मुक्त भएका छन् ।

पाँच सयभन्दा बढी सङ्क्रमण भएका जिल्ला काठमाडौँ र ललितपुर रहेका छन् । दुई सयभन्दा बढी सङ्क्रमित भएका जिल्लामा सुनसरी, धनुषा, भक्तपुर, कास्की, पूर्वनवलपरासी, बाँके र कैलाली रहेका छन् । यस्तै शून्य सङ्क्रमित भएका जिल्ला मनाङ, हुम्ला, सल्यान जाजरकोट र मुगु रहेका छन् । नेपालमा सङ्क्रमण दर १७.७ प्रतिशत रहेको छ । उहाँका अनुसार हाल होमआइसोलेशनमा छ हजार ६१०, संस्थागत आइसोलेसनमा ३४४, आइसियुमा १२० र भेन्टिलेटरमा ३७ जनाको उपचार हुँदैछ ।

तीनको मृत्यु

मन्त्रालयका प्रवक्ता डा पौडेलले पछिल्लो २४ घण्टामा कोरोनाबाट आज थप तीन जनाको मृत्यु भएको जानकारी दिनुभयो । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५२९ पुगेको छ । त्यसैगरी पछिल्लो समय दुई लाख २७ हजार ५८४ ले कोरोना भाइरसविरुद्धको खोप लगाएको उहाँले बताउनुभयो । हालसम्म पहिलो मात्रा एक करोड ३० लाख ४०८ ले र पूर्ण मात्रा ८५ लाख १४ हजार ६८४ जनाले खोप लगाएका छन् ।

यो पनि – जापानले ओमिक्रोन भेरियन्टको कारण नयाँ आगमन उडान बुकिङ रोक्यो

१५ मङ्सिर (रासस÷एएफपी) ः जापानले ओमिक्रोन भाइरस भेरियन्टकोे कारण एयरलाइन्सहरूलाई नयाँ आगमन उडान बुकिङहरू बन्द गर्न आग्रह गरेको यातायात मन्त्रालयले बुधबार जानकारी दिएको छ । ओमिक्रोन भाइरस भेरियन्टका पहिलो केस पुष्टि गरेको एक दिनपछि आगमन भएका यात्रीमा दोस्रो संक्रमण पत्ता लागेपछि सो निर्णय आएको बताइएको छ ।

‘हामीले डिसेम्बर १ देखि एक महिनाका लागि सबै नयाँ आगमन उडान रिजर्भेसनहरू स्वीकार गर्न रोक्न एयरलाइन्सहरूलाई आग्रह गरेका छौं’ , यातायात मन्त्रालयका एक अधिकारीले एएफपीलाई बताउनुभयो, विद्यमान बुकिङमा असर नपर्ने पनि उहाँले बताउनु भएको छ । जापानको सरकारले पहिले नै आफ्नो सीमा सुरक्षामा कडा गरिसकेको छ । दश दक्षिण अफ्रिकी राष्ट्रहरूबाट आउने सबै गैर–नागरिकहरुलाई प्रवेशमा प्रतिबन्ध लगाएको छ ।

भाइरसको डरले दर्जनौं भन्दा बढी देशहरुबाट आएका नागरिकहरू र विदेशी बासिन्दाहरुका लागि क्वारेन्टाइन उपायहरु पनि कडा बनाइएको छ ।जापानी अधिकारीहरूका अनुसार ओमिक्रोनको दोस्रो केस बुधबार पेरुबाट आएका यात्रीमा पुष्टि भएको थियो । पहिलो केस, मंगलबार घोषणा गरियो, नामिबियाबाट आएका एक व्यक्ति समावेश थिए ।

यो पनि – जापानमा पनि भेटियो ओमिक्रोन

कोरोनाभाइरसको नयाँ भेरियन्टका रुपमा देखिएको ओमिक्रोन भाइरस जापानमा पनि भेटिएको छ । जापानका सरकारी अधिकारीले आफ्नो देशभित्र ओमिक्रोनबाट पहिलो सङ्क्रमित पनि भेटिएको पुष्टि गरेका हुन । गत आइतबार जापानको तारिता विमानस्थलमा ओर्लिएका एक यात्रुमा यस्तो सङ्क्रमण देखिएको अधिकारीले जनाएका छन् ।

अधिकारीका अनुसार ओमिक्रोनबाट सङ्क्रमित ३० वर्षीय पुरुष नामिवियाबाट जापान आएका हुन । विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा ओमिक्रोन भाइरस दक्षिण अफ्रिकामा देखिएको घोषणा गरेको थियो ।त्यही भाइरस अहिले अन्य विभिन्न देशमा पनि देखिन थालेको छ । यसअघिको कोरोनाभाइरसभन्दा घातक यस ओमिक्रोनका कारण अहिले फेरि विश्वभरी त्रास छाएको छ ।

कतिपय देशले उच्च सतर्कताका उपाय अपनाएका छन भने कतिपयले लापरवाही गरेकाले उनीरुका देशमा पनि भित्रिएको छ । जापानमा भने सतर्कता अपनाउदा अपनाउदै पनि ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको छ ।टोकियोले गत शुक्रवार नै अफ्रिकी ६ मुलुकबाट जापान आउनेहरुलाई कम्तीमा १० दिन अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने व्यवस्था गरेको थियो । जापानले नयाँ विदेशी पर्यटकलाई सीमा बन्द गरिएको जनाएको छ । यस्तो नियम अन्य देशबाट आउनेलाई पनि बढाउदै लगिने तयारी भएको थियो ।

“कोरोनाभाइरसको महामारीविरुद्ध जापान सधैँ कठोररुपमा उभिएकै हो, अहिले ओमिक्रोनविरुद्ध पनि उत्तिकै कडारुपमा उभिने छ,” प्रधानमन्त्री किशिदाले भन्नुभयो ।उहाँले नयाँ भाइरसबाट जोगिन पनि मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने, भीडभाड नगर्ने र प्रतिवन्धात्मक व्यवस्था कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

जापानमा कोरोनाका कारण अहिलेसम्म १८ हजार तीन सयभन्दा बढीको मृत्यु भएको छ भने ७६.५ प्रतिशतलाई कोरोनाभाइरस विरुद्धको खोप दिइसकिएको छ ।जापानमा यसअघि पनि महामारीलाई न्युनिकरण गर्न भन्दै अधिकांश नाका बन्द गरिएको थियो भने विदेशबाट आउनेलाई परीक्षणमा कडाइ गरिएको थियो ।अहिले पनि नयाँ भेरियन्ट ओमिक्रोन थप फैलिन नदिन र ठूलो मानवीय क्षति हुन नदिन विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले उच्च सतर्कता अपनाउन सवैलाई आह्वान गरेको छ ।

सङ्गठनले कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टले विश्वभरि नै सङ्क्रमणको उच्च जोखिम बढाउने चेतावनी पनि दिएको छ ।नयाँ भेरिएन्ट अफ्रिकी मुलुक बाहेक बेलायत, क्यानाडा, पोर्चुगल, बेल्जियम र नेदरल्याण्डलगायत थुप्रै देशमा पनि देखिइसकेको डब्लुएचओले जनाएको छ ।नयाँ भेरिएन्ट पुष्टि भएपछि अमेरिका, बेलायत, युरोपेली सङ्घलगायत दर्जनौ देशले दक्षिण अफ्रिकी देशका नागरिकलाई आफ्नो देश आउन नदिने निर्णय गरिसकेका छन् ।

अस्ट्रेलियाले पनि सीमा प्रतिबन्ध खुकुलो पार्ने लामो समयदेखिको योजना स्थगित गरेको छ भने अस्ट्रेलिया जान चाहने विदेशी विद्यार्थी र कामदारलाई डिसेम्बर १५ तारिखसम्मका लागि जान नपाइने गराइएको छ ।अमेरिका, बेलायतलगायतका देशमा ओमिक्रोनको सङ्क्रमण न्युनिकरण गर्न थोरै भएपनि सहयोग हुने विश्वासका साथ १८ वर्षमाथिका सबैलाई कोरोनाभाइरस विरुद्धको खोपको अतिरिक्त मात्रा दिन थालिएको छ । अमेरिकी राष्ट्रपति जो वाइडेनले त घरभित्र बस्दा पनि मास्क लगाउन आह्वान गर्नुभएको छ । तर लकडाउन लगाउने की नलगाउने भन्ने बारेमा भने स्पष्ट पार्नुभएको छैन ।