नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आजदेखि हेटौँडामा बागमती प्रदेश अधिवेशन सुरु भएको छ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल माध्यमवाट सो अविधेशनको उदघाट्न गर्नुभयो । सो अधिवेशन तीन दिनसम्म चल्नेछ । उक्त अधिवेशनमा बागमती प्रदेशका १३ जिल्लाका करिब दुई हजार अधिवेशन प्रतिनिधिको सहभागिता रहेको छ । उद्घाटन समारोहमा पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिहंले राष्ट्रमा सङ्कट परेको बेला कांग्रेसले निकास दिने गरेकाले यस अधिवेशनबाट सही ण्नेतृत्व चयन गर्न अधिवेशन प्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।
कांग्रेसले देशमा सधै नेतृत्वदायी भूमिका खेलेको बताउँदै उहाँले कांग्रेस लोकतान्त्रिक, सिद्धान्तवादी तथा शान्तिमा विश्वास राख्ने पार्टी भएको बताउनुभयो । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले यो अधिवेशन चुनौती र अवसरका रुपमा रहेकाले यसले सही र उत्तरदायी नेतृत्वलाई चयन गर्नुपर्ने बताउनुभययो । उहाँले आउँदो आम निर्वाचनमा कांगे्रसले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।
अधिवेशनका संयोजक तथा नेता सिहंको सभापतित्वमा भएको सो कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना, नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ र नेता राजन केसीले सो अवसरमा अधिवेशन सफलताको कामना गर्नुभयो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
यो पनि – बागमती प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक
बागमती प्रदेश सरकार सञ्चालन समन्वय कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरिएको छ ।कार्यदलका संयोजक युवराज दुलालले प्रदेश सरकारलाई प्रस्ताव गरिएको न्यूनतम साझा कार्यक्रम आजै सार्वजनिक गर्दै मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई हस्तान्तरण गर्नुभयो । प्रदेशमा गठबन्धन सरकार गठन भएको ३५ दिनपछि न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको हो ।
कार्यदलले प्रदेश सरकारलाई कोभिड–१९ को सामना तथा स्वास्थ्य क्षेत्रको सुदृढीकरण, सङ्घीयताको कार्यान्वयन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, शान्ति सुरक्षाको प्रत्याभूति र सुशासन, आर्थिक नीति तथा कार्यक्रम तथा पर्यावरणीय सुरक्षामा प्रादेशिक भूमिकालगायत विषयमा प्राथमिकताका साथ काम गर्न योजनासहित प्रस्ताव गरिएको मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।
सो अवसरमा मुख्यमन्त्री पाण्डेले वाम लोकतान्त्रिक गठबन्धनको कार्यदलले समसामयिक जनहितका कार्यक्रम तय गरी प्रदेश सरकारलाई हस्तान्तरण गरेकामा प्रशन्नता व्यक्त गर्नुभयो । उहाँले प्रदेश सरकारसँगको समन्वयमा कार्यदलले साझा कार्यक्रम बनाएको उल्लेख गर्नुहुँदै प्रदेश सरकारले उक्त साझा कार्यक्रमलाई कार्यान्वयन गर्ने दृढता व्यक्त गर्नुभयो । न्यूनतम साझा कार्यक्रममा कार्यदलका संयोजक दुलाल, कांग्रेस बागमती प्रदेशका प्रमुख सचेतक राधा घले, नेकपा (एकीकृत समाजवादी)को तर्फबाट माधव पौडेल र मीना ज्ञवाली, नेकपा (माओवादी केन्द्र)को तर्फबाट बुद्धिमान माझीले हस्ताक्षर गर्नुभएको थियो ।
प्रतिक्रिया