निर्वाचनपछि कांग्रेसको बहुमतको सरकार : उपसभापति निधि

निर्वाचनपछि कांग्रेसको बहुमतको सरकार : उपसभापति निधि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आगामी निर्वाचनपछि प्रदेश र देशमा कांग्रेसको बहुमतको सरकार बनाउने दाबी गर्नुभएको छ । जनकपुरधाममा नेपाली कांग्रेसको प्रदेश–२ को अधिवेशनलाई आज उपसभापति निधिले सारा देशले अहिले कांग्रेसको एकमना सरकार आउनुपर्ने आसमा बसेको बताउँदै प्रदेश–२ को सबै जिल्लाको क्षेत्रबाट बहुमत सिट कांग्रेसले जित्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

उहाँले प्रदेश–२ मा कांग्रेसले सबै सिट नजिते कांग्रेसको बहुमतको सरकार बनाउन गाह्रो बताउनुभयो । उहाँले प्रदेश अधिवेशनमा भाग लिन आउनुभएका सबै जिल्ला र क्षेत्रका नेतालाई निर्देशन दिँदै भन्नुभयो, “तपाईंहरु कांग्रेसको जिल्ला र क्षेत्रका नेता हुनुहुन्छ, अहिलेदेखि नै सबै स्थानीय तहको सबै वडादेखि प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कांग्रेस कसरी जित्छ, त्यस्तो अभियानमा लाग्नुहोस् । अगामी निर्वाचनमा कांग्रेसको बुहमतको जित सुनिश्चित छ ।”

उहाँले राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, सङ्घीयता, समावेशिता, मिश्रित निर्वाचन, धर्म निरपेक्षता, अहिंसा र शान्तिका मान्यतासहित बनेको संविधान र प्रणालीलाई जनताको हित एवं चाहनाअनुसार सफल कांग्रेसले मात्र बनाउन सक्ने भएको हुँदा कांग्रेसको बहुमतको सरकार जनताले चाहेको बताउनुभयो ।

यो पनि – मुलुकको संविधान, राष्ट्रियता र लोकतन्त्र जोगाउने दायित्व कांग्रेसको काँधमा : मन्त्री बडू

कैलाली, १६ मङ्सिर (रासस) ः कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले मुलुकको संविधान, राष्ट्रियता र लोकतन्त्र जोगाउने दायित्व फेरि नेपाली कांग्रेसको काँधमा आएको बताउनुभएको छ ।

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आज यहाँ भर्चुअल माध्यमबाट गर्नुभएको कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै मन्त्री बडूले मुलुकको संविधान, राष्ट्रियता र लोकतन्त्र जोगाउने ऐतिहासिक दायित्वसामु मुलुक उभिएको र मुलुकको यो दायित्वसामु कांग्रेस उभिएको बताउनुभयो ।

“कांग्रेसका सामुन्नेमा यति धेरै चुनौतीहरु अहिले छन् र ती चुनौतीको सामना गर्नका निमित्त पनि कांग्रेस तयार छ, संविधानले अहिलेको व्यवस्था पाँच वर्ष नबितिकन ताजा जनादेशमा जाने र खोज्ने ठाउँ छुट दिएको छैन”, मन्त्री बडुले भन्नुभयो, “त्यसकारण यो संविधानले एकपटक दिएको जनादेश पाँच वर्षसम्म ताजा रहन्छ र पाँच वर्षपछि मात्रै ताजा जनादेशको खोजी गर्छ ।” नयाँ चुनाव गराउनका निम्ति पनि पार्टीमा दायित्व आएको उहाँको भनाइ थियो ।

उहाँले संविधानअन्तर्गत ठीक समयमा स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचन गराउने दायित्व पूरा गर्नका निमित्त आज हामी यो अधिवेशनको अभियानमा रहेको उल्लेख गर्नुभयो । कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री बडूले १४औँ महाधिवेशनबाट तयार हुने सङ्गठन एकीकृत, तन्दुरुस्त र अनुशासित मात्र नभई सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी सबैलाई अटाउने र सबैलाई समेट्न सक्ने कांग्रेस जनताले आज खोजेको बताउनुभयो ।

एकताबद्ध, सुदृढ, प्रतिष्ठित र अनुशासित कांग्रेस बनाउने अभियानमा हामी रहेको मन्त्री बडूले बताउनुभयो । महाधिवेशनका लागि प्रदेशका नौवटै जिल्लाका प्रतिनिधि धनगढी पुगिसकेका छन् भने केही पहाडी जिल्लाबाट नेता तथा कार्यकर्ता आउने क्रम जारी रहेको अधिवेशन मूल आयोजक समितिले जनाएको छ ।
–––