स्थानीय तहबाट विकास निर्माणका प्रभावकारी कार्य हुनुपर्ने

स्थानीय तहबाट विकास निर्माणका प्रभावकारी कार्य हुनुपर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तहबाट हुने सेवा प्रवाह र विकास निर्माणका कार्य प्रभावकारी भएमा समृद्ध नेपालको परिकल्पना पूरा हुने बताउनुभएको छ ।  बूढानिलकण्ठ नगरपालिकाको आठौँ नगर स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा काठमाडौँ क्षेत्र– ५ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य पोखरेलले संविधानमा दिइएको स्थानीय तहको अधिकारको प्रभावकारी कार्यान्वयनमा एमाले नेतृत्वको अघिल्लो सरकारले थालेका राम्रा कामको निरन्तरता हुनुपर्नेमा पनि जोड दिनुभयो ।

एमालेका केन्द्रीय सदस्य डा राजन भट्टराई, वाग्मती प्रदेशसभा सदस्य दीपक निरौलालगायतले नगर स्थापना दिवसका अवसरमा शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा सो नगरका १०० वर्षमाथिका पाँच जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो भने कोभिड–१९ का समयमा जनसेवामा समर्पित स्वास्थ्यकर्मी, कर्मचारीलगायतलाई सम्मान गरिएको थियो । नगर प्रमुख उद्धव खरेलले पालिकालाई विकास निर्माण र जनसेवाका लागि नमूनायोग्य बनाउन सक्दो कोसिस भइरहेको बताउनुभयो ।

यो पनि – कांग्रेस घमण्ड नभई विनम्रताको तागतले सबैलाई लिएर अघि बढ्छ ः महामन्त्री खड्का

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले घमण्ड र अहङ्कारले होइन कि विनम्रताको तागतले कांग्रेस सबैलाई लिएर अघि बढ्ने बताउनुभएको छ । कांग्रेसको प्रथम कर्णाली प्रदेश अधिवेशनलाई आज वीरेन्द्रनगरमा सम्बोधन गर्दै उहाँले धैर्यता, सहिष्णुता र लोकतान्त्रिक संस्कारकै कारण केन्द्रदेखि सातै प्रदेशको शासनमा सहभागी हुने अवसर प्राप्त भएको बताउनुभयो ।

महामन्त्री खड्काले केन्द्रदेखि स्थानीय तहसम्मको शासन प्रक्रियामा सहभागी कांग्रेस नेताले असल आचरणको माध्यमबाट जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने बताउनुभयो । “विसं २०७४ को निर्वाचनमा हामी प्रतिपक्षी थियौँ, कम्युनिष्ट पार्टीहरुले शासन चलाउन सकेनन्, त्यो दायित्व कांगे्रसकै काँधमा आयो”, उहाँले भन्नुभयो, “समय र स्रोत साधन सीमित भए पनि जनतालाई पीर पर्ने काम नगरौँ, जनतालाई मन फर्काएर आउने वातावरण बनाउन अहिलेदेखि नै तयार पारौँ ।”

उहाँले जनता रिसाउने काम नगर्न नेतृत्वमा रहेका कांग्रेसका जिम्मेवार नेताहरूलाई आग्रह गर्नुभयो । विगतको भड्किलो जीवनशैली, बोली, व्यवहार, तौरतरिका परिवर्तन गरेर जनताको मन जित्नतर्फ ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।

महामन्त्री खड्काले वर्तमान सत्ता समीकरणको परिवर्तनको बाहक र उद्गम थलो कर्णाली भएको बताउँदै भन्नुभयो, “हामीले कर्णालीमा सत्ता समीकरणको गृहकार्य नगरेको भए दुईतिहाइ कम्युनिष्टको बलशाली सरकार ढल्थेन, यहाँबाटै सत्ता समीकरणको प्रारम्भ र बिजारोपण भयो, एमाले सरकारविहीन भयो ।” पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा आफूलाई चित्त नबुझ्नेबित्तिकै अन्तर्घात गर्ने, टिकट नपाएपछि विपक्षी पार्टीलाई भोट दिने प्रवृत्ति त्याग्नसमेत कार्यकर्तालाई उहाँले निर्देशन दिनुभयो । साथै उहाँले कूटनीतिक संवादका माध्यबाट मिचिएका भूमिहरु फिर्ता ल्याउनुपर्ने दायित्व पनि कांग्रेसकै काँधमा रहेको बताउनुभयो ।

कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत रहनुभएका कांग्रेस केन्द्रीय सदस्य एवं प्रदेश अधिवेशन आयोजक समितिका संयोजक जीवनबहादुर शाहीले आफ्नो नेतृत्वको सरकारले जनतालाई केन्द्रबिन्दुमा राखेर काम गरिरहेको प्रष्ट पार्नुभयो । उद्घाटन कार्यक्रममा कांगे्रसका विभिन्न जिल्लाका सभापतिहरु, सङ्घीय र प्रदेश सांसदहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।