हुम्लामा हिमपात भएपछि हवाई सेवा बन्द

हुम्लामा हिमपात भएपछि हवाई सेवा बन्द

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सदरमुकाम सिमकोटमा आज बिहानदेखि नै लगातार पानी तथा हिमपात भएपछि चिसो अत्यधिक बढेको छ । हिमपातका कारण यस वर्ष मङ्सिर महिनामै चिसो बढेको छ । हिमपातका कारण सदरमुकामका स्थानीय बासिन्दासमेत प्रभावित भएका छन् । त्यस्तै सिमकोटभन्दा माथिको उत्तरी भेगको विकास निर्माणसमेत हिमपातका कारण अत्यधिक चिसोले प्रभावित भएको हिल्सा–सिमकोट सडक योजनाका योजना प्रमुख विसुनदास लामाले बताउनुभयो ।

नेपालगञ्जबाट सिमकोट सदरमुकाम विमानस्थलमा आउने उडान पानी तथा हिमपातले गर्दा बन्द भएका छन् । हिमपातका कारण लिमीको तीनवटा गाउँ जाङ, हल्जी र तिलगाउँका जनतालाई सिमकोट सदरमुकाम तथा अन्य ठाउँमा आवतजावत गर्न कठिन भएको छ । त्यस ठाउँका बासिन्दालाई सानातिना काम गर्न पनि धेरै मुस्किल भएको गाउँपालिका अध्यक्ष पाल्जोर लामाले फोनबाट जानकारी गराउनुभयो ।

यो पनि  – जुम्लामा स्थानीयवासीद्वारा होमस्टे सञ्चालन

जुम्लाको पातारासि गाउँपालिका– ७ का स्थानीयवासीले गाउँमै होमस्टे सञ्चालन गरेका छन् । गैरसरकारी संस्था ‘हातेमालो नेपाल जुम्ला’ले नमूनाका रुपमा पट्मारा गाउँका ६ घरलाई होमस्टे बनाएको छ ।

हातेमालो नेपाल जुम्लाका कार्यकारी निर्देशक टेक रावतका अनुसार विस्तारै अन्य घरमा पनि होमस्टे सञ्चालन गरिने छ । “सफल भएमा अन्य घरलाई पनि होमस्टे बनाउने योजना छ”, उहाँले भन्नुभयो । हाल रेडपाण्डा (रातो हाब्रे) संरक्षण नेटवर्कको सहयोगमा ६ घरलाई होमस्टे बनाइएको छ । रावतले भन्नुभयो,“ मुगुको रारा जाने पर्यटकलाई लक्षित गरी पट्मारा गाउँमा होमस्टे सञ्चालन गरिएको होे ।”,

गतवर्ष चैतदेखि सुरु भएको होमस्टेमा कोरोना भाइरसको महामारीका कारण उल्लेख्य पाहुना आएका छैनन् । कोरोनाको सङ्कट कम भएर पर्यटनले लय समात्नेमा रावत विश्वस्त हुनुहुन्छ । आन्तरिक र बाह्य पर्यटक आकर्षित हुने उहाँ बताउनुहुन्छ ।

पाहुनाको पर्खाइमा रहेको होमस्टे सञ्चालिका राज्यलक्षी रावतले बताउनुभयो । “पहुनालाई न्यानो स्वागतका साथै रैथाने बालीका परिकार खुवाउन हामी आत्तुर छौँ । लोकल कुुखुराको सुप र मासु, कालीमार्सी चामलको भात, फाँपरको परिकार र चिनोको खिरलगायत परिकार तयार पाछौँ”, उहाँले भन्नुभयो ।

रारा जाने तथा पट्मारा गाउँको महारुद्र सामुदायिक वनमा भेटिएको दुर्लभ वन्यजन्तु रेडपाण्डा हेर्नका लागि आउने पर्यटनलाई लक्षित गरी होमस्टे सुरु गरिएको रावतले बताउनुभयो । “रेडपाण्डा हेर्न पट्मारा गाउँमा एक पटक आउन आन्तरिक तथा बाह्य पर्यटकलाई आग्रह गछौँ । होमस्टे गाउँमै पहिलो भएकाले पाहुनालाई आर्गानिक परिकार पस्कने छौँ”, उहाँले भन्नुभयो ।