‘अन्तर्राष्ट्रिय बौद्धसभा तथा ध्यानगृह’ को कामबारे राष्ट्रपतिको चासो

‘अन्तर्राष्ट्रिय बौद्धसभा तथा ध्यानगृह’ को कामबारे राष्ट्रपतिको चासो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमबुद्धको जन्मस्थलमा निर्माण भइरहेको ‘अन्तर्राष्ट्रिय बौद्धसभा तथा ध्यानगृह’ को कामबारे जानकारी लिनुभएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको १७औँ वार्षिकोत्सव तथा त्रियान प्रज्ञा सम्मेलन एवं केन्द्रीय पुस्तकालय भवनको समुद्घाटन समारोहमा सरिक हुन लुम्बिनी आउनुभएकी राष्ट्रपति भण्डारीले ‘अन्तर्राष्ट्रिय बौद्धसभा तथा ध्यानगृह’ निर्माणको कामबारे लुम्बिनी विकास कोषसँग जानकारी लिँदै काम छिटो पूरा गर्न आग्रह गर्नुभएको छ । उहाँले लुम्बिनीमा यो सभाहल अत्यावश्यक भएका कारण छिटो निर्माण पूरा गर्नुपर्ने बताउनुभयो । “सभाहल निर्माणसँगै लुम्बिनी गुरुयोजनाको काम पूरा गरेर तिलौराकोट र रामग्रामको विकासमा ध्यान दिनुस्”, उहाँले भन्नुभयो ।

राष्ट्रपति भण्डारीलाई विकास कोषका योजना प्रमुख इञ्जीनियर सरोज भट्टराईले बौद्धसभा तथा ध्यानगृहका बारेमा जानकारी गराउँदै असारसम्ममा काम पूरा हुने बताउनुभयो । उहाँले असार मसान्तसम्म निर्माणको काम पूरा भए पनि वैशाख पूर्णिमामा उद्घाटन गर्ने राष्ट्रपतिलाई जानकारी गराउनुभयो । विसं २०७६ असारसम्म सक्ने लक्ष्य राखिएको सभाहलको काम निर्धारित समयमा नसकिएपछि ठेक्काको अवधि थपिएको थियो । सभाहलसहितका संरचना बनाउन अनक–अर्घाखाँची–बाबुल जेभी सिद्धार्थनगरले ठेक्का पाएको थियो । कोरोना महामारीका कारण पनि सभाहल निर्माणमा ढिलाइ भएको कोषको भनाइ छ ।

विसं २०७४ को बुद्ध जयन्ती मूल समारोह हावाहुरीका कारण बिथोलिएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षभित्र तीन हजार क्षमताको अस्थायी सभाहल र तीन वर्षभित्र पाँच हजार क्षमताको स्थायी सभाहल निर्माण गर्न निर्देशन दिनुभएको थियो । प्रधानमन्त्रीको सोही निर्देशनानुसार कोषले तीन हजार क्षमताको अस्थायी सभाहल निर्माण गरी त्यसपछिका बुद्ध जयन्ती समारोह आयोजना गर्दै आएको छ ।

लुम्बिनीमा बुद्ध जयन्ती समारोह तथा विभिन्न धार्मिक कार्यक्रम तथा ध्यान गर्न सभाहल नभएपछि विकास कोषले आधुनिक र भव्य सभाहल निर्माण सुरु गरेको हो । पच्चीस सय ६२औँ बुद्ध जयन्तीका अवसरमा विसं २०७५ वैशाख १८ गते राष्ट्रपति भण्डारीले यो सभाहलको शिलान्यास गर्नुभएको थियो । दक्षिण एशियाकै नमूना र फरक शैलीमा स्टिल र फलामको प्रयोगबाट डिजाइन गरिएको सभाहल निर्माणको काम सकिने चरणमा रहेको कोषले जनाएको छ ।

यो पनि –  अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा अनुभूत हुने गरी सेवा दिन राष्ट्रपतिको आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा अनुभूत हुने गरी संवैधानिक तथा कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयनमार्फत शिक्षा, स्वास्थ्य, रोजगारीलगायत राज्यबाट प्रदान गरिने सार्वजनिक सेवा, सुविधा र अवसरमा समान पहुँच स्थापित गर्न जोड दिनुभएको छ ।अपाङ्गता भएका व्यक्तिहरूको ३०औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले अन्य नागरिकसरह राज्यका निर्णय प्रक्रियामा उनीहरूको अर्थपूर्ण सहभागितालाई सुनिश्चित गर्न नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको स्मरण गराउनुभएको छ ।

संवैधानिक प्रावधानको कार्यान्वयनका लागि नेपाल सरकारले आवश्यक कानुन तथा नियमावलीको समेत तर्जुमा गरिसकेको छ । राष्ट्रपतिको सन्देशमा विद्यमान कानुन र नीतिको कार्यान्वयनका लागि राज्यले आफ्नो क्षमता विकास गर्न आग्रह गरिएको छ ।विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवद्र्धन तथा उनीहरूको समावेशीकरण र सशक्तीकरणका लागि सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित सन् १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ लाई ‘ अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस’का रूपमा विश्वभर मनाउने गरिएको छ ।

यस वर्ष ‘समावेशी, सुलभ र दिगो कोभिड–१९ पछिको विश्वतर्फ अपाङ्गता भएका व्यक्तिको नेतृत्व र सहभागिता’ भन्ने नारासहित विश्वभर यो दिवस मनाइँदैछ । नेपालमा पनि ‘हाम्रो प्राथमिकताको आधार, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाउन लागिएको छ ।