ट्र्याक्टर दुर्घटना श्रीमानको मृत्यु, श्रीमती घाइते

ट्र्याक्टर दुर्घटना श्रीमानको मृत्यु, श्रीमती घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आज बिहान ३ बजे रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–७ औलमा रा१प ४४१२ नंको ट्र्याक्टर दुर्घटना श्रीमान् मृत्यु भएको छ । श्रीमती घाइते भएकी छिन् ।आठबीसकोट नगरपालिका–७ दाजेबाट वडा नं ९ राडी झर्दै गरेको ट्र्याक्टर ओलमा दुर्घटना भएको हो । दुर्घटनामा ट्र्याक्टर चालक गोपाल विकको घटनास्थलमै मृत्यु भएको छ । उनकी श्रीमती सपना विक घाइते भएकी छिन् । उनको आठबीसकोट नगर अस्पतालमा उपचार जारी रहेको नेकपा (माओवादी केन्द्र) आठबीसकोटका नगर कमिटीका अध्यक्ष रबि केसीले बताउनुभयो ।

यो पनि- न्युयोर्कमा एकैदिन ओमिक्रोनका पाँच संक्रमित भेटिए

१७ मङ्सिर ९रासस÷सिन्ह्वा० ः पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन भाइरसका संक्रमितहरु अमेरिकाको न्युयोर्क सहरमा एकैदिनमा कम्तीमा पनि पाँच जनामा देखा परेको अमेरिकाको न्युयोर्क सहरका गभर्नर क्याथी होचुलले जानकारी दिनुभएको छ।

अमेरिकाका स्वास्थ्य अधिकारीहरुले यो नयाँ भेरियन्ट बुधबार अमेरिकाको क्यालिफोर्नियामा पत्ता लागेको पाइएको बताएका थिए ।त्यसको भोलिपल्टै अर्थात् बिहीबार मात्र यो भेरियन्ट न्युयोर्कमा पनि पाइएको समाचार विभिन्न विदेशी सञ्चारमाध्यमहरुले दिएका छन् ।
\
यही नोभेम्बर २२ मा दक्षिण अफ्रिकाबाट आएका एक जना व्यक्तिमा सो भेरियन्ट देखिएको जानकारी क्यालिफोर्नियाको स्वास्थ्य विभागका अधिकारीहरुले बुधबार जानकारी दिएका थिए ।उनको परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि युनिभर्सीटी अफ क्यालिफोर्नियामा थप परीक्षण गरिएको थियो ।

त्यसैगरी बुधबार नै अमेरिकाको अर्को शहर मिनेसोटामा पनि कोरोना भाइरसको नयाँ अर्थात् पछिल्लो घातक भेरियन्ट भनिएको ओमिक्रोन पत्ता लागेको बताइएको थियो । अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनले क्यालिफोर्निया, मिनेसोटा राज्य र न्युयोर्क सहरमा ओमिक्रोनको संक्रमण भएको पुष्टि गरेको पनि समाचारमा जनाइएको छ । यो भाइरस हप्ता दिनमात्र अघि दक्षिण अफ्रिमा पत्ता लागेको बताइएको थियो । अहिले यो विश्वका करिब ३० देशमा भेटिइसकेको छ ।