पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडका ९६ लाख कित्ता शेयरको रु ९६ करोड बराबरको प्राथमिक शेयर निस्काशनको शेयर प्रत्याभूतिकर्तामा नागरिक लगानीकोष रहने भएको छ । सो हाइड्रोपावर कम्पनीको शेयर प्रत्याभूतिकर्तासम्बन्धी सम्झौतामा आज हस्ताक्षर गरिएको कोषले जनाएको छ । सम्झौतापत्रमा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरका तर्फबाट कम्पनीका प्रबन्ध सञ्चालक केशवबहादुर रायमाझीले हस्ताक्षर गर्नुभएको थियो । यस हाइड्रोपावर कम्पनीले लमजुङको दोर्दी नदीबाट ५४ मेगावाट विद्युत् उत्पादन गर्नेछ । कम्पनीको निस्काशन तथा बिक्री प्रबन्धका रुपमा सानिमा क्यापिटल रहेको छ ।
यो पनि – कक्षा १२ को परीक्षाफल सार्वजनिक
राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले आज कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । बोर्डको आज बसेको बैठकले नतिजा सार्वजनिक गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।उहाँका अनुसार कक्षा १२ मा तीन लाख ७४ हजार १५ परीक्षार्थीमध्ये सात हजार ३६ जनाले ‘ए’ प्लस ग्रेड ल्याएको, ४८ हजार २३९ जनाले ‘ए’ ग्रेड ल्याएको, ७० हजार एक जनाले ‘बी’ प्लस र ९९ हजार ५३७ परीक्षार्थीले ‘बी’ ग्रेड ल्याएका छन् । ‘सी’ प्लस ग्रेड परीक्षार्थी ७५ हजार ८८ जना र ‘सी’ ग्रेड ल्याउने २४ हजार ५१५ परीक्षार्थी रहेको उहाँले जानकारी दिनुभयो ।
बोर्डका अनुसार ‘डी’ प्लस ल्याउने परीक्षार्थीमा तीन हजार ८७५ रहेका छन् भने ‘डी’ प्लस ल्याउने परीक्षार्थी २९६ जना छन् भने १० हजार ७३ परीक्षार्थीले ‘इ’ ग्रेड ल्याएका छन् । परीक्षामा सहभागीमध्ये ४६ जना परीक्षार्थीको सम्पूर्ण विषयको परीक्षा रद्द गरिएको र चार जना परीक्षार्थीलाई आगामी एक वर्षसम्म बोर्डको कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी रद्द गरिएको बोर्डले जानकारी दिएको छ ।
बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै भदौ ३० गतेदेखि असोज ८ गतेसम्म होम सेन्टरमा कक्षा १२ को परीक्षा लिएको थियो । बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट धधध।लभद।नयख।लउ, नेपाल टेलिकमको वेबसाइट धधध।लभद।लतअ।लभत।लउ मा गएर हेर्न सकिन्छ । यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि लभद लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नम्बरमा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ ।
प्रतिक्रिया