वीरगञ्जमा मानवीय सहायतास्थल तयार

वीरगञ्जमा मानवीय सहायतास्थल तयार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आपत्कालीन तयारी क्षमता वृद्धिका लागि प्रदेश नं २ को वीरगञ्जमा नयाँ ‘मानवीय सहायतास्थल’ तयार गरिएको छ ।  दुई हजार ३२ वर्ग मेट्रिक टन भण्डारण क्षमता भएको उक्त मानवीय सहायतास्थल बेलायतको आर्थिक सहयोगमा संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले गृहमन्त्रालय र नेपाल इन्टरमोडल यातायात विकास बोर्डको सहकार्यमा निर्माण गरेको हो । सो स्थलको आजदेखि शुभारम्भसमेत गरिएको छ । गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डे, यहाँस्थित डब्लुएफपीका नेपाल प्रतिनिधि रोबर्ट कास्का तथा बेलायती राजदूतावासका प्रतिनिधि शुभारम्भ कार्यक्रममा सहभागिता रहेको डब्लुएफपीद्वारा आज यहाँ जारी विज्ञप्तिा जनाइएको छ ।

सो अवसरम गृहसचिव पाण्डेले मानवीय सहायतास्थलबाट मुलुकको प्रमुख आर्थिक नाका वीरगञ्ज सहित प्रदेश नं २ को आपत्कालीन पूर्वतयारीको क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यस मानवीय सहायतास्थलले स्थलमार्गबाट आउने आपत्कालीन सामग्रीको प्राप्ति, भण्डारण र देशको अन्य विपद् प्रभावित क्षेत्रमा ढुवानीमा समेत उल्लेखनीय योगदान पुग्नेछ ।”

सो अवसरमा डब्लुएफपीका देशीय प्रतिनिधि कास्काले धनजनको सुरक्षाका लागि विपद्भन्दा अगाडि आकस्मिक तयारीमा लगानी गर्नु एउटा प्रभावकारी तरिका भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले हरेक प्रदेशको विपद्का समयमा चाँडो र प्रभावकारी ढङ्गले काम गर्नसक्ने क्षमताको अभिवृद्धि होस् भनेर नेपाल सरकारसँग मिलेर काम गर्न खुसी छौँ ।” अन्य प्रदेशमा सातवटा यस्ता मानवीय सहायतास्थल छन् । कोभिड–१९ महामारी र अन्य आकस्मिक विपद्का अवस्थामा सरकारको उद्धार तथा राहत कार्यक्रममा महत्वपूर्ण सहयोग पु¥याइरहेका छन् । डब्लुएफपीले सन् २०१३ देखि नेपालमा आपत्कालीन तयारी र क्षमता वृद्धिलाई सुदृढ सहयोग पु¥याइरहेको छ । सन् २०१५ को विनाशकारी भूकम्पको एक महिना अगाडि बेलायतको आर्थिक सहयोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा मानवीय सहायतास्थल स्थापना गरिएको थियो । यसले भूकम्पपछिको विपद्को उद्धार कार्यमा ठूलो सहयोगसमेत पु¥याएको थियो ।

यो पनि – नेपाली कांग्रेस बागमती प्रदेशको सभापतिमा तीन जनाको उम्मेदवारी

नेपाली कांग्रेस बागमती प्रदेशको सभापति पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । उम्मेदवारी दर्ता गराउनेमा क्रमशः इन्द्रबहादुर बानियाँ (मकवानपुर), जगदिश्वरनरसिंह केसी (नुवाकोट) र भीमसेनदास प्रधान (काठमाडौँ) हुनुहुन्छ ।

यसैगरी केसीको प्रस्तावकमा मधुप्रसाद आचार्य र सर्मथकमा कृष्ण बानियाँ (सवुज) हुनुहुन्छ । त्यस्तै अर्का सभापति पदका प्रत्यासी बानियाँको प्रस्तावकमा तीर्थ लामा र सर्मथकमा दुर्लभ थापा हुनुहुन्छ । अर्का उम्मेदवार प्रधानको प्रस्तावकमा शिवप्रसाद हुमागार्इँ र सर्मथकमा कुन्दनराज काफ्ले हुनुहुन्छ ।

उहाँहरुले छुट्टाछुट्टै प्यानलसहित उम्मेदवारी घोषणा गरेर निर्वाचान कार्यालय हेटौँडामा आज उम्मेदवारी दर्ता गर्नुभएको हो । कांग्रेस बागमती प्रदेश समितिको सभापति र पदाधिकारीसहितको प्यानल बानियाँ आज उम्मेदवारी घोषणा गरी मनोनयन दर्ता गराउनु जानुभएको थियो ।

बानियाँको प्यानलमा उपसभापति पदका लागि मदनकृष्ण श्रेष्ठ (भक्तपुर) र धर्मराज गौतम (काठमाडौँ), महामन्त्रीमा राजु श्रेष्ठ (काठमाडौँ) र तिलक रुवाली (धादिङ), सहमहामन्त्रीमा हरिशरण श्रेष्ठ(सिन्धुपाल्चोक), महेन्द्र थिङ र निरु खड्का (ललितपुर) उम्मेदवार हनुुहुन्छ । यससमेत ८३ सदस्य निर्वाचनमा भाग लिनुहुनेछ ।

यसैगरी सभापतिमा प्रत्यासी उम्मेदवार केसीको प्यानलमा उपसभापतिमा राजेन्द्र बुर्लाकोटी र मोहनबहादुर बस्नेत, महामन्त्री पदका लागि रामचन्द्र अर्याल (माइकल) र कञ्चनचन्द्र बादेलगायत हुनुहुन्छ । निर्वाचनअन्तर्गत यही मङ्सिर १८ गते बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ । प्रदेश प्रतिनिधिका रुपमा चुनिएर आएका करिब दुई हजार १०० मतदाताले मतदान गर्ने प्रदेश निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता केशवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

उक्त अधिवेशनबाट प्रदेश सभापति एक, उपसभापति दुई, महामन्त्री दुई, सहमहामन्त्री तीनसहित ९१ जनाको प्रदेश कार्यसमिति चयन गरिने भएको छ । प्रदेशको संरचनाअनुसार कांग्रेसको प्रदेश निर्वाचन पहिलोपटक हुन लागेको हो ।