नेकपा(एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रलाई व्यापारीकरण हुन नदिई व्यावसायिक र जनहितमा अघि बढाउन पर्ने आवश्यकतामा जोड दिनुभएको छ । प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको पहिलो राष्ट्रिय अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले शिक्षा र स्वास्थ्य क्षेत्रलाई नाफा कमाउने माध्यम बनाउन हुन्न भन्नुभयो । अध्यक्ष नेपालले भन्नुभयो, “शिक्षक परिवर्तनका सम्वाहक हुन्, समाजवाद भनेको सामाजिक न्याय र रुपान्तरण हो, शिक्षकले असल कुराको परिपालना गराउन, खोज र अनुसन्धानका लागि अरुलाई सिकाउनुपर्छ ।’’
शिक्षकको सेवा सुविधा, मर्यादा र शैक्षिक गुणस्तर वृद्धिमा राज्य र सङ्गठनलाई आवश्यक ध्यान पु¥याउन सुझाव दिँदै उहाँले भन्नुभयो, “अधिकारको विषय उठेपनि कर्तव्य पालनाको पाटोमा खोजी नीति नहुँदा समाजमा विकृति र विसङ्गति बढेको हो ।” अर्काे एक प्रसङ्गमा मुलुकको राजनीतिमा सर्वसत्तावाद प्रवृत्तिले संविधानलाई मिच्ने काम गरेको बताउँदै उहाँले निष्ठा र समर्पणको भावना कमजोर तुल्याएपछि पार्टीमा विद्रोह गर्न बाध्य भएको जानकारी गराउनुभयो ।
सम्मेलन आयोजक समितिका अध्यक्ष एवं संयोजक भीमबहादुर बस्नेतले सङ्गठन वैचारिक ढङ्गबाट स्खलित र साङ्गठनिक हिसाबले एकलौटीको प्रयास भएपछि नयाँ सङ्गठन बनाएर अघि बढ्ने प्रयासमा जुटेको जानकारी दिनुभयो । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका संस्थापकद्वय बद्रीप्रसाद खतिवडा र वेधनिधि निरौला र नवगठित सङ्गठनका उपाध्यक्ष भगवती राजभण्डारीले कक्षा कोठाप्रति इमान्दार भएर दक्षताका साथ काम गर्ने शोषित पीडित शिक्षकलाई सङ्गठनले उत्प्रेरणा जगाउने काममा कुनै कसर बाँकी नराख्ने विश्वास दिलाउनुभयो ।
‘शैक्षिक, पेशागत र ट्रेड युनियन अधिकारको लागि हाम्रो अभियान, सुदृढ, सशक्त र वैचारिक प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक सङ्गठन हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ आयोजना गरिएको दुईदिने सम्मेलनमा मुलुकका ७३ जिल्लाबाट प्रतिनिधिमूलक रुपमा शिक्षक शिक्षिकाको सहभागिता रहेको जानकारी दिइयो ।
यो पनि – कांगे्रस कर्णालीको सभापतिमा तीन जनाको उम्मेदवारी
नेपाली कांगे्रसको कर्णाली प्रदेश कार्यसमितिको सभापति पदमा तीन जनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिका अनुसार ललितजङ्ग शाही (जुम्ला), भुपेन्द्रजङ्ग शाही (कालीकोट) र मोतिराज बम (कालीकोट) ले सभापति पदमा उम्मेदवारी दिनुभएको हो ।ललितजङ्ग संविधानसभाका सदस्य, भुपेन्द्रजङ्ग तरुण दलको महामन्त्री र बम महासमिति सदस्य हुनुहुन्छ । निर्वाचन समितिका सदस्य अधिवक्ता विवशकुमार बस्नेतले सभापतिसहित १२८ जनाको विभिन्न पदमा उम्मेदवारी परेको जानकारी दिनुभयो । उपसभापति पदमा कालीबहादुर सहकारी, सनतकुमारी कार्की, देवेन्द्रबहादुर शाही, तिलकबहादुर भण्डारी, महामन्त्रीमा नीरञ्जन केसी, कृष्णकुमार रोकाया, कृष्णबहादुर वीसी, खगेन्द्रबहादुर मल्ल, गोविन्दबहादुर कोइरालाले उम्मेदवार दर्ता गर्नुभएको छ । सहमहामन्त्री पदमा पुरुषतर्फ उपेन्द्रबहादुर थापा, एकराज डांगी, नेत्रलाल पौडेल, जयनन्द उपाध्याय तथा महिलातर्फ रामछायाँकुमारी शाही र देविकाकुमारी साउद हुनुहुन्छ ।
कांगे्रसको विधानमा प्रदेश उपसभापति दुई, महामन्त्री दुई र महिला र पुरुषतर्फ एक÷एक सहमहामन्त्री हुने व्यवस्था छ । उक्त पदका लागि शनिबार १२ बजेदेखि पाँच बजेसम्म मतदानको समय तोकिएको छ ।
प्रतिक्रिया