नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज पोखरामा भएको गण्डकी प्रदेश कार्यसमितिको उम्मेदवारी मनोनयनमा सभापति पदमा शुक्रराज शर्मा र अर्जुनप्रसाद जोशीको उम्मेदवारी परेको छ । कार्यसमितिको उपसभापतिमा दुई पदका लागि मेखलाल श्रेष्ठ, नेत्रबहादुर महत, हरिप्रसाद श्रेष्ठ र कल्पना तिवारीको उम्मेदवारी परेको छ ।
त्यस्तै महामन्त्री दुई पदका लागि कुमार खड्का, ईश्वर पाण्डे, किरणबाबु श्रेष्ठ र विष्णुप्रसाद लामिछानेको उम्मेदवारी परेको निर्वाचन समितिका सदस्य विष्णुकुशल भुजेलले जानकारी दिनुभयो । सहमहामन्त्री एक महिलामा ओमकला गौतम र कोपिला रानाभाटको उम्मेदवारी परेको छ भने सहमहामन्त्री खुल्ला सदस्य दुई पदका लागि छ जनाको उम्मेदवारी परेको छ । अधिवेशनले सभापति, उपसभापति महमन्त्री, सहमहामन्त्रीका साथै सदस्यमा प्रत्यक्ष जिल्लाबाट खुल्ला तथा महिला ११÷११, आदिवासी जनजाती खुल्ला पाँच, मधेशी एक, दलित महिला र खुल्ला दुई÷दुई, थारु एक, मुस्लिम एक, खस आर्य महिला तथा खुल्ला चार÷चार, आदिवासी जनजाति महिला पाँच, दलित खुल्ला दुई, अपाङ्गता भएका÷अल्पसङ्ख्यक एक जनासहितका सदस्य निर्वाचित गर्ने निर्वाचन समितिले जनाएको छ ।
यो पनि – कांगे्रस कर्णालीको सभापतिमा तीन जनाको उम्मेदवारी
नेपाली कांगे्रसको कर्णाली प्रदेश कार्यसमितिको सभापति पदमा तीन जनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिका अनुसार ललितजङ्ग शाही (जुम्ला), भुपेन्द्रजङ्ग शाही (कालीकोट) र मोतिराज बम (कालीकोट) ले सभापति पदमा उम्मेदवारी दिनुभएको हो ।
ललितजङ्ग संविधानसभाका सदस्य, भुपेन्द्रजङ्ग तरुण दलको महामन्त्री र बम महासमिति सदस्य हुनुहुन्छ । निर्वाचन समितिका सदस्य अधिवक्ता विवशकुमार बस्नेतले सभापतिसहित १२८ जनाको विभिन्न पदमा उम्मेदवारी परेको जानकारी दिनुभयो । उपसभापति पदमा कालीबहादुर सहकारी, सनतकुमारी कार्की, देवेन्द्रबहादुर शाही, तिलकबहादुर भण्डारी, महामन्त्रीमा नीरञ्जन केसी, कृष्णकुमार रोकाया, कृष्णबहादुर वीसी, खगेन्द्रबहादुर मल्ल, गोविन्दबहादुर कोइरालाले उम्मेदवार दर्ता गर्नुभएको छ । सहमहामन्त्री पदमा पुरुषतर्फ उपेन्द्रबहादुर थापा, एकराज डांगी, नेत्रलाल पौडेल, जयनन्द उपाध्याय तथा महिलातर्फ रामछायाँकुमारी शाही र देविकाकुमारी साउद हुनुहुन्छ ।
कांगे्रसको विधानमा प्रदेश उपसभापति दुई, महामन्त्री दुई र महिला र पुरुषतर्फ एक÷एक सहमहामन्त्री हुने व्यवस्था छ । उक्त पदका लागि शनिबार १२ बजेदेखि पाँच बजेसम्म मतदानको समय तोकिएको छ ।



प्रतिक्रिया