जैविक विविधतायुक्त प्राकृतिक सम्पदाबारे खोज, अनुसन्धान गर्न विश्वविद्यालयलाई आग्रह

जैविक विविधतायुक्त प्राकृतिक सम्पदाबारे खोज, अनुसन्धान गर्न विश्वविद्यालयलाई आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सुदूरपश्चिम प्रदेशको जैविक विविधतायुक्त प्राकृतिक सम्पदा तथा पर्यटनका अनन्त सम्भावनालाई पहिल्याएर खोज अनुसन्धान गर्न सुदूरपश्चिम विश्वविद्यालयलाई आग्रह गर्नुभएको छ । सुदूरपश्चिम विश्वविद्यालयको नवौं वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै उहाँले प्राविधिक तथा व्यावसायिक शिक्षालाई जोड दिनुपर्ने बताउनुभयो । विश्वविद्यालयले अनुसन्धानमुखी, गुणस्तरीय, नैतिकवान एवम् योग्य जनशक्ति उत्पादनलाई पहिलो प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ । सहकुलपतिसमेत रहनुभएका पौडेलले विश्वविद्यालयलाई आवश्यक पर्ने जनशक्ति तथा आवश्यक स्रोत साधन उपलब्ध गराउन सरकार प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “आवश्यकता र मागअनुसारको अनुसन्धानमुखी शिक्षा सर्वसुलभरुपमा व्यवस्था गर्न विश्वविद्यालयले प्रमुख भूमिका निर्वाह गर्नुपर्छ ।’

आजको प्रतिस्पर्धात्मक युगमा नेपालका विश्वविद्यालयबाट उत्पादित जनशक्ति राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका विविध क्षेत्रमा अग्रणीस्थान हासिल गर्न सफल भएको बताउँदै उहाँले थप योग्य जनशक्ति उत्पादनलाई पहिलो प्राथमिकतामा राख्न सुझाव दिनुभयो ।उहाँले कोभिड–१९ का कारण उत्पन्न असहज परिस्थितिमा पनि विश्वविद्यालयले उपलब्ध सीमित स्रोत साधन एवम् प्रविधिको उपयोग गरी वैकल्पिक माध्यमबाट पठन पाठनमा दिएको निरन्तरता प्रशंसनीय रहेको बताउनुभयो ।विश्वविद्यालयको समृद्धि एवम् सफलताका लागि प्रशासनिक तथा सांगठनिकरुपमा सबल नेतृत्व, पारदर्शीता र जवाफदेहिता अपरिहार्य भएको मन्त्री पौडेलको भनाइ छ ।

यो पनि – न्यायपालिकालाई सहयोग गर्छौँ : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद् पुनःस्थापनका लागि न्यायपालिकाबाट सकारात्मक काम भएको बताउनुभएको छ । पत्रकारसँग आज कुराकानी गर्दै उहाँले संसद् पुनःस्थापनाका लागि न्यायपालिकाबाट भएको सकारात्मक कामको गुन तिर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यो तपाईंहरुले थाहा पाइराखेकै कुरा हो नि ! संसद् पुनःस्थापनाका लागि न्यायपालिकाबाट सकारात्मक काम भएको छ । त्यो बिर्सेका छैनौँ । अहिले न्यायपालिकालाई समस्या पर्दा त्यसलाई सहयोग गर्छाैँ ।” उहाँले थप्नुभयो, “हामीले सहयोग हिजो पनि गरिहाल्यौँ नि ! गठबन्धनको बैठक बसेर प्रधानन्यायाधीश अस्पतालमा बसेको समयमा कम्तीमा पनि बिदा बसेर कार्यवाहक तोक्नु राम्रो हुन्छ भनेर भनियो । त्यो पनि सहयोग नै गरेको हो ।”

सहयोग न्यायपालिकालाई सहयोग गर्दै जाने उहाँको भनाइ थियो । प्रधानन्यायाधीश डिस्चार्ज भएर आउनुभएको भन्दै उहाँले अब फेरि सत्ताधारी गठबन्धन दल बसेर सल्लाह गर्ने उहाँले बताउनुभयो ।

फरक प्रसङ्गमा अध्यक्ष दाहालले सरकारले यही मङ्सिर २८ गतेका लागि आह्वान गरेको संसद् बैठकले आफ्ना नियमित कामलाई अघि बढाउने बताउनुभयो । एमालेले संसद् बैठक अवरुद्ध गर्ने भनेको छ नि भन्ने पत्रकारको प्रश्नमा उहाँले भन्नुभयो, “उहाँहरुले सुरुदेखि नै अवरोध गरिराख्नुभएको छ तर अधिवेशन पनि चल्यो, बजेट पनि प्रस्तुत भयो, पारित पनि भयो । त्यसैगरी चल्छ ।” उहाँहरुको नियत चाहिँ ठीक छैन भन्नेकुरा पूरै नेपालीले देखिसकेको उहाँको भनाइ थियो ।

उहाँले थप्नुभयो, “अहिले महाधिवेशन गरेपछि सकारात्मक हुन्छ कि भनेको त्यो पनि नहुने भो भन्ने कुरा आजको वक्तव्यबाट देखियो ।” पेल्ने भन्ने कुरा नभएको भन्दै उहाँले सदनबाट गर्नुपर्ने काम अघि बढ्दै जाने बताउनुभयो । अहिले तत्काल निर्वाचन सम्भव नभएको उहाँको भनाइ थियो । उहाँले निर्वाचनका लागि आयोग र राजनीतिक दलसँग सल्लाह गरेर मात्रै निर्वाचन अघि बढ्ने बताउनुभयो । अहिले निर्वाचनको टुङ्गो लागि नसकेको भन्दै उहाँले भन्नुभयो, “मलाई जहाँसम्म लाग्छ तत्काल निर्वाचन हुँदैन ।”