सरकारको लक्ष्य र उद्देश्य पूरा गराउने कर्मचारी ः अर्थमन्त्री शर्मा

सरकारको लक्ष्य र उद्देश्य पूरा गराउने कर्मचारी ः अर्थमन्त्री शर्मा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अर्थमन्त्री जनार्दन शर्माले सरकारको लक्ष्य र उद्देश्य पूरा गर्न राष्ट्रसेवक कर्मचारीले दत्तचित भएर काम गर्नुपर्ने बताउनुभएको छ ।  जिल्ला प्रशासन कार्यालय मोरङको सभाहलमा राष्ट्रसेवक कर्मचारीलाई आज निर्देशन दिँदै उहाँले अपराध अनुसन्धानमा सुरक्षा निकायले गम्भीरतासाथ काम गर्नुपर्ने निर्देशन दिनुभयो । मन्त्री शर्माले कोभिड प्रभावित गरीब परिवारलाई सरकारले राहत स्वरुप दिने रु १० हजार कार्यविधिअनुसार वितरण गर्नुपर्ने भन्दै सरकारले सबै प्रदेशमा एक हजार शैय्याको सरकारी अस्पताल बनाउने योजना लिएको छ भत्रुभयो ।

विकास निर्माणमा सम्बन्धित निकायले अनुगमन गर्नुपर्ने धारणा राख्दै अर्थमन्त्री शर्माले भौतिक पूर्वाधारमा रहेका बजेट अपेक्षित खर्च हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले नपुगेको ठाउँमा बजेटको माग हुने र हुने ठाउँमा खर्च हुन नसक्ने कारणले समस्या देखिएको छ भन्दै तत्काल सवारी साधन खरिद गर्न नसकिने भत्रुभयो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले कात्तिक महिनाको पहिलो साता आएको बाढीबाट भएको जनधनको क्षति बारेमा जानकारी दिनुभयो । उहाँले विपद्का कारण दुई जनाको मृत्यु भएको र दुई जना बेपत्ता भएको जानकारी दिँदै मृतक परिवारलाई राहत दिइसकेको र बेपत्ता परिवारलाई राहत दिने तयारी भइरहेको स्पष्ट पार्नुभयो । प्रजिअ दाहालले जिल्लामा विकासका गतिविधि निरन्तर सञ्चालन भइरहेको बताउँदै विकासमा सङ्घ, प्रदेश र स्थानीय तहमा समन्वयको अभाव रहेको जनाउनुभयो । उहाँले सडक र अन्य पूर्वाधारको काम ठेक्का लागेर पनि काम नभएकोमा जनताको व्यापक गुनसो रहेको जनाउँदै विराटनगर विमानस्थलको स्तरोत्रति गर्न यस वर्ष बजेट विनियोजन नभएको जानकारी गराउनुभयो ।

सो अवसरमा विराटनगर महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत उमेश बस्नेत, कोशी अस्पतालका प्रमुख डा चुमनलाल दास, कृषि ज्ञान केन्द्रका नुनुलाल उराव, ग्रामीण हुलाकी सडकका प्रमुख विजयकुमार थापाले पनि आ–आफ्ना समस्या राख्नुभएको थियो ।

यो पनि – पार्टीमा सबैको उचित मूल्याङ्कन हुन्छ : अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादीमा विधि, पद्धति, क्षमता र योगदानका आधारमा सबै नेता तथा कार्यकर्ताको उचित मूल्याङकन गरिने बताउनुभएको छ ।

नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने बुद्धिजीवी, चिकित्सक तथा इञ्जिनीयरलाई आफ्नो पार्टीमा स्वागत गर्दै उहाँले आफ्नो पार्टीमा आउने सबैको उचित मूल्याङकन गरिने बताउनुभएको हो । उहाँले अहिले देशव्यापीरूपमा एकीकृत समाजवादीमा प्रवेश गर्नेको लहर बढेको बताउँदै अबको निर्वाचनमा ठूलो दलका रूपमा आफ्नो पार्टी स्थापित हुने जिकिर गर्नुभयो । अध्यक्ष नेपालले भन्नुभयो, “अहिले हाम्रो पार्टीमा प्रवेश गर्नेको लहर चलेको छ, हाम्रो पार्टी आउँदो निर्वाचन देशव्यापीरूपमा जित्नेछ, हामीसँग टक्कर लिनेहरुको हालत खत्तम बनाउने छौँ ।”

कार्यक्रममा माओवादी केन्द्रका नेता ओमचरण अमात्य, नारायणप्रसाद वैद्य, न्हुच्छेबहादुर ढुकुछु र जयन्द्र अमात्य तथा अन्य पार्टीबाट डा दिनेश भुजु, डा लक्ष्मी शिल्पकार, डा राजन सुवाल, डा प्रकाश सुवाल, डा तिलक श्रेष्ठ, डा अनुपमा अमात्य, इञ्जिनीयर रविन ढुकुछुलगायत एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको जिल्ला अध्यक्ष श्यामसुन्दर बस्नेतले जानकारी दिनुभयो ।

पार्टी प्रवेश गर्नेहरुलाई अध्यक्ष नेपाल, उपाध्यक्ष प्रवेश हमाल, महासचिव डा बेदुराम भुसाल, उपमहासचिव डा विजय पौडेल, सचिव गङ्गालाल तुलाधर, पोलिटब्युरो सदस्य डा राजेन्द्रमान श्रेष्ठ, प्रदेश सचिव लक्ष्मण लम्साल, भक्तपुर जिल्ला अध्यक्ष बस्नेतलगायतले पार्टीमा स्वागत गर्नुभएको थियो ।