परिवर्तनमा शिक्षकको योगदान उल्लेखनीय ः अध्यक्ष ओली

परिवर्तनमा शिक्षकको योगदान उल्लेखनीय ः अध्यक्ष ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको आर्थिक, राजनीतिक र सामाजिक परिवर्तनमा शिक्षकको ठूलो योगदान रहेको बताउनुभएको छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति ललितपुरले आज आयोजना गरेको ‘शिक्षक भवन उद्घाटन एवम् १२आँै जिल्ला अधिवेशन’ समारोहमा उहाँले शिक्षकले कर्तव्यनिष्ठ, नैतिकवान र असल नागरिक तयार गर्नमा सराहनीय काम गरेको बताउनुभयो । “एक कुशल शिक्षकले दैनिक विद्यालयमा गएर पढाउने मात्रै नभएर समाजको जागरणमा समेत काम गर्नुपर्छ, एमालेले शिक्षकको काम र योगदानको सदैव सम्मान गर्दछ ।”

एमालेका केन्द्रीय सदस्य शुसिला नेपालले शिक्षा प्रणालीलाई अब वैज्ञानिक बनाएर प्रगतिशिलतातर्फ रुपान्तरण गर्न आवश्यक रहेको आँैल्याउनुभयो । सांसद नवराज सिलवालले शिक्षाको स्तरलाई अझै उकासेर लैजान आग्रह गर्नुभयो । प्रदेशसभा सदस्य चेतनाथ सञ्जेल र ज्ञानेन्द्र शाक्यले शिक्षकले सहकार्यका माध्यमबाट आफनो पेशालाई अझ सुदृढ गर्दै लानुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा अध्यक्ष ओलीले ‘शिक्षक सन्देश’ नामक विशेषाङ्क विमोचन गर्नाका साथै सो विद्यालय निर्माणमा एक लाखभन्दा बढी रकम सहयोग गर्ने २७ शिक्षक दम्पत्तिलाई सम्मान गर्नुभयो । सो भवन ललितपुर महानगरपालिका–१७ ग्वार्काेस्थित साँढे तीन आना जग्गामा करिब रु पाँच करोड लागतमा १० कोठाको निर्माण गरिएको सङ्गठनका अध्यक्ष सुरेन्द्र घिमिरेले बताउनुभयो ।

यो पनि – सरकारको लक्ष्य र उद्देश्य पूरा गराउने कर्मचारी ः अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले सरकारको लक्ष्य र उद्देश्य पूरा गर्न राष्ट्रसेवक कर्मचारीले दत्तचित भएर काम गर्नुपर्ने बताउनुभएको छ ।  जिल्ला प्रशासन कार्यालय मोरङको सभाहलमा राष्ट्रसेवक कर्मचारीलाई आज निर्देशन दिँदै उहाँले अपराध अनुसन्धानमा सुरक्षा निकायले गम्भीरतासाथ काम गर्नुपर्ने निर्देशन दिनुभयो । मन्त्री शर्माले कोभिड प्रभावित गरीब परिवारलाई सरकारले राहत स्वरुप दिने रु १० हजार कार्यविधिअनुसार वितरण गर्नुपर्ने भन्दै सरकारले सबै प्रदेशमा एक हजार शैय्याको सरकारी अस्पताल बनाउने योजना लिएको छ भत्रुभयो ।

विकास निर्माणमा सम्बन्धित निकायले अनुगमन गर्नुपर्ने धारणा राख्दै अर्थमन्त्री शर्माले भौतिक पूर्वाधारमा रहेका बजेट अपेक्षित खर्च हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले नपुगेको ठाउँमा बजेटको माग हुने र हुने ठाउँमा खर्च हुन नसक्ने कारणले समस्या देखिएको छ भन्दै तत्काल सवारी साधन खरिद गर्न नसकिने भत्रुभयो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले कात्तिक महिनाको पहिलो साता आएको बाढीबाट भएको जनधनको क्षति बारेमा जानकारी दिनुभयो । उहाँले विपद्का कारण दुई जनाको मृत्यु भएको र दुई जना बेपत्ता भएको जानकारी दिँदै मृतक परिवारलाई राहत दिइसकेको र बेपत्ता परिवारलाई राहत दिने तयारी भइरहेको स्पष्ट पार्नुभयो । प्रजिअ दाहालले जिल्लामा विकासका गतिविधि निरन्तर सञ्चालन भइरहेको बताउँदै विकासमा सङ्घ, प्रदेश र स्थानीय तहमा समन्वयको अभाव रहेको जनाउनुभयो । उहाँले सडक र अन्य पूर्वाधारको काम ठेक्का लागेर पनि काम नभएकोमा जनताको व्यापक गुनसो रहेको जनाउँदै विराटनगर विमानस्थलको स्तरोत्रति गर्न यस वर्ष बजेट विनियोजन नभएको जानकारी गराउनुभयो ।

सो अवसरमा विराटनगर महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत उमेश बस्नेत, कोशी अस्पतालका प्रमुख डा चुमनलाल दास, कृषि ज्ञान केन्द्रका नुनुलाल उराव, ग्रामीण हुलाकी सडकका प्रमुख विजयकुमार थापाले पनि आ–आफ्ना समस्या राख्नुभएको थियो ।