नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादीमा विधि, पद्धति, क्षमता र योगदानका आधारमा सबै नेता तथा कार्यकर्ताको उचित मूल्याङकन गरिने बताउनुभएको छ । नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने बुद्धिजीवी, चिकित्सक तथा इञ्जिनीयरलाई आफ्नो पार्टीमा स्वागत गर्दै उहाँले आफ्नो पार्टीमा आउने सबैको उचित मूल्याङकन गरिने बताउनुभएको हो । उहाँले अहिले देशव्यापीरूपमा एकीकृत समाजवादीमा प्रवेश गर्नेको लहर बढेको बताउँदै अबको निर्वाचनमा ठूलो दलका रूपमा आफ्नो पार्टी स्थापित हुने जिकिर गर्नुभयो । अध्यक्ष नेपालले भन्नुभयो, “अहिले हाम्रो पार्टीमा प्रवेश गर्नेको लहर चलेको छ, हाम्रो पार्टी आउँदो निर्वाचन देशव्यापीरूपमा जित्नेछ, हामीसँग टक्कर लिनेहरुको हालत खत्तम बनाउने छौँ ।”
कार्यक्रममा माओवादी केन्द्रका नेता ओमचरण अमात्य, नारायणप्रसाद वैद्य, न्हुच्छेबहादुर ढुकुछु र जयन्द्र अमात्य तथा अन्य पार्टीबाट डा दिनेश भुजु, डा लक्ष्मी शिल्पकार, डा राजन सुवाल, डा प्रकाश सुवाल, डा तिलक श्रेष्ठ, डा अनुपमा अमात्य, इञ्जिनीयर रविन ढुकुछुलगायत एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको जिल्ला अध्यक्ष श्यामसुन्दर बस्नेतले जानकारी दिनुभयो ।
पार्टी प्रवेश गर्नेहरुलाई अध्यक्ष नेपाल, उपाध्यक्ष प्रवेश हमाल, महासचिव डा बेदुराम भुसाल, उपमहासचिव डा विजय पौडेल, सचिव गङ्गालाल तुलाधर, पोलिटब्युरो सदस्य डा राजेन्द्रमान श्रेष्ठ, प्रदेश सचिव लक्ष्मण लम्साल, भक्तपुर जिल्ला अध्यक्ष बस्नेतलगायतले पार्टीमा स्वागत गर्नुभएको थियो ।
यो पनि – नेकां प्रदेश १ सभापतिमा दुईजनाको उम्मेदवारी
नेपाली कांग्रेस प्रदेश नं १ सभापति पदका लागि आज दुई जनाले मनोनयनपत्र दर्ता गर्नुभएको छ । सो पदमा उम्मेदवारी दर्ता गर्नेमा गुरुराज घिमिरे र उद्धव थापा रहनुभएको निर्वाचन अधिकृत भरत थापाले जानकारी दिनुभयो । यसैगरी दुई उपसभापतिका लागि गोविन्द ढुङ्गाना, रमेजजङ्ग रायमाझी, टङ्क राई र विश्वनाथ रिजालले उम्मेदवारी दिनुभएको छ । दुई महामन्त्रीका लागि दिपेन श्रेष्ठ, भुपेन्द्र राई, उमेश थापा र पदमसुन्दर पालुङगले मनोनयन दर्ता गर्नुभएको छ । सहमहामन्त्रीका लागि ११ जनाले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
उक्त पदका लागि भोलि बिहान आठ बजेदेखि मतदान शुरु हुने नेका मोरङका सचिव मोदराज घिमिरेले बताउनुभयो । प्रतिनिधि छान्नका लागि एक हजार ७०० प्रदेश प्रतिनिधिले मतदान गर्ने छन् ।
प्रतिक्रिया