महाधिवेशनमा २६६ जनाको उम्मेदवारी दर्ता

महाधिवेशनमा २६६ जनाको उम्मेदवारी दर्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा १९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २६६ जनाले उम्मेदवारी दर्ता गरएका छन् । यही मङ्सिर १५ देखि भृकुटीमण्डपमा जारी महाधिवेशनबाट अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारीसहित उम्मेदवारी दर्ता भएको नेता सुन्दर पाण्डेले जानकारी दिनुभयो । अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनको उम्मेदवारी दर्ता भएको छ । उपाध्यक्ष र महामन्त्रीमा कम्तीमा एक महिला निर्वाचित गर्ने व्यवस्था गरिएको छ । चार उपाध्यक्ष, तीन महामन्त्रीका साथै अन्य केही पदाधिकारी नयाँ कार्य समितिले मनोनित गर्ने व्यवस्था छ ।

उम्मेदवारी दर्ताबाट करिब रु ५० लाख सङ्कलन भएको जनाइएको छ । करिब दुई वर्ष अगाडि राप्रपा र राप्रपा (संयुक्त) को एकतापछि पहिलो पटक हुन लागेको उक्त अधिवेशनमा यसपटक नेतृत्वका लागि तीव्र प्रतिस्पर्धा देखिएको छ । देशभरबाट चार हजार ७०० प्रतिनिधि छनोट भएका छन् । प्रतिनिधि आफ्नो पक्षको नेतृत्वका लागि मत माग्नमा व्यस्त छन् । शनिबार बिहान ८ बजेदेखि ५ बजेसम्म निर्वाचनको कार्यतालिका राखिएको छ । निर्वाचनमा अध्यक्ष पदका लागि मतपत्र तथा पदाधिकारीका साथै केन्द्रीय सदस्यमा भने विद्युतीय मतदान गर्नुपर्ने व्यवस्था छ ।

यो पनि – परिवर्तनमा शिक्षकको योगदान उल्लेखनीय ः अध्यक्ष ओली

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको आर्थिक, राजनीतिक र सामाजिक परिवर्तनमा शिक्षकको ठूलो योगदान रहेको बताउनुभएको छ ।नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति ललितपुरले आज आयोजना गरेको ‘शिक्षक भवन उद्घाटन एवम् १२आँै जिल्ला अधिवेशन’ समारोहमा उहाँले शिक्षकले कर्तव्यनिष्ठ, नैतिकवान र असल नागरिक तयार गर्नमा सराहनीय काम गरेको बताउनुभयो । “एक कुशल शिक्षकले दैनिक विद्यालयमा गएर पढाउने मात्रै नभएर समाजको जागरणमा समेत काम गर्नुपर्छ, एमालेले शिक्षकको काम र योगदानको सदैव सम्मान गर्दछ ।”

एमालेका केन्द्रीय सदस्य शुसिला नेपालले शिक्षा प्रणालीलाई अब वैज्ञानिक बनाएर प्रगतिशिलतातर्फ रुपान्तरण गर्न आवश्यक रहेको आँैल्याउनुभयो । सांसद नवराज सिलवालले शिक्षाको स्तरलाई अझै उकासेर लैजान आग्रह गर्नुभयो । प्रदेशसभा सदस्य चेतनाथ सञ्जेल र ज्ञानेन्द्र शाक्यले शिक्षकले सहकार्यका माध्यमबाट आफनो पेशालाई अझ सुदृढ गर्दै लानुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा अध्यक्ष ओलीले ‘शिक्षक सन्देश’ नामक विशेषाङ्क विमोचन गर्नाका साथै सो विद्यालय निर्माणमा एक लाखभन्दा बढी रकम सहयोग गर्ने २७ शिक्षक दम्पत्तिलाई सम्मान गर्नुभयो । सो भवन ललितपुर महानगरपालिका–१७ ग्वार्काेस्थित साँढे तीन आना जग्गामा करिब रु पाँच करोड लागतमा १० कोठाको निर्माण गरिएको सङ्गठनका अध्यक्ष सुरेन्द्र घिमिरेले बताउनुभयो ।