संयुक्त राष्ट्रसङ्घको आह्वाननमा शान्ति स्थापनाका सिलसिलामा अफ्रिकी मुलुक कङ्गोमा तैनाथ हुन २८औँ डफ्फाको पहिलो टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ । त्यहाँ तैनाथ भवानीदल गण २७औँ डफ्फालाई बदली गर्न फष्ट रैफल गण २८औँ डफ्फाको शान्ति सेनाको पहिलो टोली प्रस्थान गरेको हो । प्रमुख सेनानी वसन्तबहादुर गौतमको नेतृत्वमा २१९ शान्ति सैनिक मिशन ईलाका प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सेनाले छ दशकदेखि संयुक्त राष्ट्रसङ्घका विभिन्न मिसनमा सहभागी भई द्वन्दग्रस्त मुलुकमा शान्ति स्थापना कार्यमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । कोभिड–१९ सङ्क्रमणबीच सम्पूर्ण स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप अदली बदलीको व्यवस्थापन गरिएको सेनाले जानकारी दिएको छ ।
यो पनि – तालिबानद्धारा महिला अधिकारको रक्षाका लागि निर्देशिका जारी
१८ मङ्सिर (रासस÷सिन्ह्वा) ः अफगानिस्तानमा सत्ता सञ्चालन गरिरहेका तालिबानहरुले महिलाको अधिकारको रक्षा गर्ने जनाएका छन् । उनीहरुले महिला अधिकारको रक्षा गर्न नसकेको भनेर विश्वमा नै आलोचना भइरहेका बेला यस्तो प्रतिबद्धता सार्वजनिक गरेका हुन् । यहाँका सर्वाेच्च नेताले सो अधिकारको रक्षाका लागि भन्दै निर्देशिका जारी गरेका हुन् । शुक्रबार यहाँको तालिबान सरकारका सर्वाेच्च नेता हैबतुल्लाह अखुन्जादाले सो निर्देशिका जारी गरेका छन् ।उक्त निर्देशिकामा महिलालाई स्वतन्त्रता दिइएको बताइएको छ । उनीहरुले विद्यालय जान पाउने र बिवाहका क्रममा पनि महिलामाथि कुनै दबाब दिन नपाइने बताइएको छ ।
त्यसैगरी महिलालाई उनीहरुका अधिकारमा जबर्जस्ती गर्न नपाइने बताइएको छ । एकल महिलाले पनि आफ्नो इच्छा बमोजिम विवाह गर्न पाउने कुरा पनि सो कानुनमा जनाइएको छ ।त्यसैगरी कुनै पनि व्यक्तिले एकभन्दा बढी श्रीमती राखेको छ भने पनि उसले इस्लामिक कानुनअनुसारका अधिकार महिलालाई दिनुपर्ने कुरा पनि सो कानुनमा जारी गरिएको बताइएको छ ।
अफगानिस्तानमा महिला अधिकार हनन् भएका कैयौँ उदाहरणहरु रहेका छन् ।अहिले तालिबानहरु सत्तामा आएपछि पनि उनीहरुले महिला र बालबालिकालाई अधिकार नदिएका र दबाब दिएका भनी विश्वव्यापी रुपमा आलोचना भएको थियो ।



प्रतिक्रिया