सिरुटार–बिरुवा सडक निर्माण सुरु

सिरुटार–बिरुवा सडक निर्माण सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल सरकारको रु २० करोडको लागतमा सूर्यविनायक नगरपालिका–१ स्थित सिरुटार–बिरुवा सडक निर्माण आजदेखि सुरु गरिएको छ । सडकको आज बागमती प्रदेशसभा सदस्य शशिजङ्ग थापाले शिलान्यास गर्नुभयो । ढलसहित ११ मिटर चौडाइ कालोपत्र सडकमा फुटपाथ, कुलो, सडकपेटी, हरियाली र उज्यालो सडक अभियानअन्तर्गत सडकबत्ती जडान सम्पन्न गर्ने गरी निर्माण सुरु भएको उहाँले बताउनुभयो ।

नेपाल सरकारको रु. २० करोडको लागतमा सूर्यविनायक नगरपालिका वडा नं. १ स्थित सिरुटार-बिरुवा सडक निर्माण योजनाको शनिबार शिलान्यास गर्दै बागमती प्रदेश सभा सदस्य शशीजंग थापालगायत । तस्वीर ः रमेश गिरी, रासस

प्रदेशसभा सदस्य थापाले भन्नुभयो, “बालकोट र सिरुटारको सिमाना पुलबाट सिरुटार–बिरुवा सडकखण्ड पहिलो चरणमा निर्माण सम्पन्न हुँदैछ, यसका लागि प्रदेशबाट रु १५ करोडको बजेट आएको छ, बिरुवाबाट तर्खगालसम्म सङ्घीय सरकारबाट रु पाँच करोड बजेट आएको छ, सडकमा ठेक्का आह्वान गर्दा आएको बिलोसहित यो सडकमा करिब रु २६ करोड बराबरको काम सम्पन्न हुनेछ ।”

यसअघि सङ्घीय, प्रदेश सरकार तथा नगरपालिकाबाट समेत रु १२ करोडको लगानीमा सडक फरोकिलो पार्ने र सडकको दायाँबायाँ पर्खाल लगाउने काम सम्पन्न भएको जनाउँदै उहाँले आगामी एक वर्षभित्रमा यो सडकको सम्पूर्ण निर्माण पूरा गरिने बताउनुभयो । सिरुटारमा अधिकांश भित्री सडक फराकिलो पार्ने, कालोपत्र गर्ने र ढलान गर्ने काम सम्पन्न भएको तथा केही सम्पन्न गर्ने चरणमा रहेको उहाँले जानकारी दिनुभयो ।

उहाँले सङ्घबाट आएको रु ४३ करोडको बजेटबाट बालकुमारीबाट बालकोट, दधिकोट, गुण्डु हँुदै रानीकोट काभ्रे सडक विस्तार भइरहेको जनाउँदै देशभरिमध्ये भक्तपुरमा धेरै बजेट ल्याएर विकासका पूर्वाधार निर्माण गरिएको थापाले बताउनुभयो ।

कार्यक्रममा नगर उपप्रमुख जुना बस्नेतले नगरपालिकाले दुई अस्पताल निर्माण गरेको, सबै वडाका स्वास्थ्यचौकीको स्तरोन्नति गरेको, १९ विद्यालय भवन निर्माण गरेको, १७ सामुदायिक भवन निर्माण गरेको, २६ पुल निर्माण गरेको, गाउँगाउँमा कालोपत्र सडक पु¥याइएको बताउनुभयो ।

त्यस अवसरमा सूनपा–१ सिरुटारका वडाध्यक्ष सानुकाजी कायस्थले सिरुटारका सबै भित्री सडक पक्की गरिसकेको जनाउँदै अब मूल सडक पनि फराकिलो र कालोपत्र सम्पन्न हुन लागेको बताउनुभयो । गुणस्तरीय सडक निर्माणका लागि वडाले स्थानीय सबै राजनीतिक दलका प्रतिनिधि र स्थानीयवासी गरी १६ सदस्यीय अनुगमन समितिसमेत निर्माण गरी परिचालन गरेको छ ।