भारतीय नम्बरको जीपले ठक्कर दिँदा वृद्धको मृत्यु,राजमार्ग अवरुद्ध

भारतीय नम्बरको जीपले ठक्कर दिँदा वृद्धको मृत्यु,राजमार्ग अवरुद्ध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ बंक नजिक पूर्व–पश्चिम राजमार्गमा भारतीय नम्बरको जीपले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ । आज बिहान वाणीदेखि झलारीतर्फ आइरहेको डिएल १७ सी ४७५४ नं को जीपले ठक्कर दिँदा स्थानीयवासी ६५ वर्षीय तारानाथको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।

वृद्धको मृत्युपछि आक्रोशित स्थानीयवासीले शव पूर्व–पश्चिम राजमार्गमै राखेर यातायात अवरुद्ध गरेका छन् । स्थानीय प्रशासनले राजमार्ग सञ्चालन गर्ने प्रयास गरिरहेको छ । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कर्ण बोहराले जीप र चालकलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । उहाँले अत्यावश्यक सवारीसाधन सञ्चालनका लागि वैकल्पीक सडक बनाइरहेको बताउनुभयो ।

कृष्णपुर नगरपालिका–२ वाणी स्थित पूर्व पश्चिम राजमार्गमा आइतवार बिहान भारतीय डिएल १ जेडसि४७५४ नंको गाडीको ठक्करबाट पैदल यात्रुको मृत्यु भएपछि शव सडकमै राखेर स्थानीय बासिन्दाले क्षतिपूर्तिको माग गर्दै अवरुद्ध गरेको सडक । गाडीको ठक्करबाट स्थानीय अन्ताजी ७० वर्षिय तारा नाथको मृत्यु भएको छ । तस्वीर ः राजेन्द्रप्रसाद पनेरु ÷रासस

यो पनि – दाङमा बसको ठक्करबाट एकको मृत्यु

दाङमा बसको ठक्करबाट एकको मृत्यु भएको छ । लमही नगरपालिका–७ बनघुस्री निवासी ५५ वर्षीय रामचरण चौधरीको मृत्यु भएको हो । घाइते चौधरीलाई लमही अस्पताल पु¥याए लगत्तै चिकित्सकले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ । चौधरीलाई बनगैँ जङ्गल नजिकै पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको रा १ ख १७७७ नम्बरको बसले आज बिहान करिव सवा ६ बजे ठक्कर दिएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । बिहानै बजारमा दुध छाडेर फर्कदै गर्दा बसले ठक्कर दिएको बताइएको छ । बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि – मोटरसाइकलको ठक्करबाट मृत्यु

डुम्रे–बेँसीसहर सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका–२ भकुण्डेमा मोटरसाइकलले ठक्कर दिँदा भारतीय नागरिकको मृत्यु भएको छ । गए राति बेँसीसहरबाट उदीपुरतर्फ जाँदै गरेको ना३५प १८०० नंको मोटरसाइकलले ठक्कर दिँदा पैदल हिँडिरहेका भारत मोतिहारी जिल्ला घर अन्दाजी ४० वर्षीय शिवनारायण पटेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भकुण्डेमा घर बनाउने मिस्त्री काम गर्दै आएको र पैदल हिँड्ने क्रममा सो मोटरसाइकलले ठक्कर दिँदा टाउकोमा गम्भीर घाइते उनको बेँसीसहरस्थित जिल्ला अस्पतालमा उपचारका क्रममा चिकित्सकले मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिनुभयो । मोटरसाइकल चालक बेँसीसहर नपा–१ उदीपुरका २१ वर्षीय सुजन खवासलाई नियन्त्रणमा लिएको प्रहरी जनाएको छ ।

यो पनि – गाडीको ठक्करबाट बृद्धको मृत्यु

कृष्णपुर नगरपालिका–२ बाणीस्थित पूर्व–पश्चिम राजमार्गमा आज भारतीय नम्बरको गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार मृत्यु हुनेमा नाथ कृष्णपुर–२ बाणीका ७० वर्षीय तारा नाथ रहेका छन् । “ठक्कर दिने गाडीको पहिचान भइसकेको छ”, प्रहरी निरीक्षक बोहराले भन्नुभयो, “चालक सम्पर्कमा नरहेकाले खोजी गरिरहेका छौँ ।” स्थानीय बासिन्दाले ठक्कर दिने गाडीको पहिचान गरी कारबाही गरिनुपर्ने र मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै पूर्वपश्चिम राजमार्गमा अवरुद्ध गरेका छन् ।

यो पनि – किशोरीलाई आत्मरक्षा तालिम

हिंसाबाट जोगिन यहाँका किशोरीलाई आत्मरक्षा तालिम प्रदान गर्न थालिएको छ । यहाँको दिपायल सिलगढी नगरपालिकाले महिला हिंसा न्यूनीकरण गर्ने उद्देश्यले ४० किशोरीलाई सो तालिम प्रदान गरेको हो । महिला तथा किशोरीमाथि हुनसक्ने आपराधिक घटना तथा क्रियाकलापलाई निरुत्साहित गर्नेे ध्येयले उक्त तालिम दिन थालिएको महिला तथा बालबालिका शाखा प्रमुख सानुमाया लिम्बूले बताउनुभयो ।

महिला, बालिका तथा किशोरीमाथि हुने दुव्र्यवहार अन्त्य गर्न उक्त तालिमले निकै सहज हुने अपेक्षा लिइएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खेमराज गुरुङले जानकारी दिनुभयो । उक्त तालिममा किशोरीहरू आपराधिक व्यक्तिको आक्रमणबाट कसरी बच्ने, संवेदनशील अङ्ग कसरी बचावट गर्नेदेखि आफूले प्रतिकार कसरी गर्ने भन्नेलगायतका सीपसहित प्रशिक्षण प्रदान गरिएको छ । उक्त तालिममा यहाँका स्थानीय बिद्यालयका किशोरीलाई समावेश गरिएको छ ।

विषेशगरी छात्रालाई विद्यालयमा वा घरमा आउने जाने समयमा त्यस्ता आपराधिक घटना घट्न सक्ने भएकाले आत्मारक्षा तालिमको सुरुआत गरिएको नगरप्रमुख मञ्जु मलासीले बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालय जाने किशोरी प्रायः गरी आपराधिक घटनाका सिकार हुन थालेकाले त्यस्ता घटनाको सामना गर्न र सक्षम बनाउन हामीले किशोरीलाई तालिम दिन थालेका छौँ ।”

पहिलो चरणमा यहाँको पद्म पब्लिक मुक्तिनारायण माध्यामिक विद्यालयका ४० किशोरीलाई उक्त तालिममा सहभागी गराइएको छ । उक्त तालिम निकट भविष्यमै नगरपालिकाका सबै वडामा रहेका बिद्यालयका किशोरीलाई दिइने लक्ष्य रहेको नगरपालिकाले जनाएको छ ।